२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

निर्माता छवि ओझा र नायिका शिल्पा नव-जीवनमा

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ९ गते ०:५९

काठमान्डौं – चलचित्र निर्देशक छविराज ओझा र नायिका शिल्पा पोखरेल वैवाहिक सम्बन्धमा बाँधिएका छन् । शुत्रकानुसार निर्देशक ओझा र नायिका पोखरेल तीन महिना अघि नै वैवाहिक बन्धनमा बाँधिएको खुलासा भएको हो । तेस्रो श्रीमतीका रुपमा छविले शिल्पालाई भित्र्याएका हुन । उसो त शिल्पा पनि कुमार वा कन्या भने होईनन् ।

शिल्पाको दोस्रो विहे छविराज ओझासँग भएको हो ।भिडियो सम्पादन बिकास बिसीसँग शिल्पाको पहिलो विवाह भएको थियो । विवाहपूर्व उनीहरु ‘लिभिङ टुगेदर’ मा रहेका खबरहरु पनि प्रशस्तै आएका थिए । यति लामो समय बित्दापनि बल्लतल्ल छवि र शिल्पा बैवाहिक बनधनमा बाँधिएको सुचना चुहिएको छ ।

च्याउजस्तै मिडियाहरुलाई समेत गुमराहमा राखेर यो जोडीले बीचमा ‘मंगलम’ नामक चलचित्र प्रदर्शनमा ल्याएको थियो । चर्चित अभिनेत्री रेखा थापासँगको १० वर्षे सम्बन्धलाई नदिका दुई धार बनाएका छविले चलचित्र उद्योगमा शिल्पालाई ‘डेब्यू’ गराएर आफ्नो श्रीमती बनाउन सफल भएका छन् ।

नाटकीय रुपमा उनीहरुले चलचित्रको प्रचार–प्रसारमा लागेका थिए । सामान्य रुपमा हल्ला चलेपनि सत्य भने आज आएर खुलेको छ । कलाकारहरुको प्रेम र जीवनले चर्चा पाउनु कुनै नौलो कुरा हुँदैन । कलकारहरुको जीवनमा डिभोर्सले धेरै नै स्थान पाउने हुनाले यस्ता प्रेमील सम्बन्धहरुको बारेमा निक्कै चासोको रुपमा हेरिन्छ । विगत तीन महिनादेखि सँगै बस्दै आएका छवि र शिल्पाबीचको सम्बन्धले कुन आकार लिन्छ त्यो भने हेर्न बाँकी नै छ ।

सूत्रले दिएको जानकारी अनुसार नवविवाहित जोडी हनिमुनको लागि सिँगापुर जाने कार्यक्रम रहेको छ । उनीहरु केही दिनभित्रै त्यतातर्फ प्रस्थान गर्ने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']