२०८१ वैशाख ८ गते | 20th of April 2024

वैशाख १२ मा ‘चक्रबहादुर ठकुरीको स्मृतिमा’ नामक स्मारिका विमोचन हुँदै

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ९ गते १५:४५

काठमान्डौं – चक्रबहादुर ठकुरी फाउण्डेशनले ठकुरीको तेस्रो स्मृति दिवसको अवसरमा यही वैशाख १२ गते राजधानीमा विशेष कार्यक्रम गर्ने भएको छ । फाउण्डेशनले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा चक्रबहादुर ठकुरीको स्मृतिमा नामक स्मारिक विमोचन गर्न लागेको हो ।

स्मारिकामा ठकुरीलाई नजिकबाट चिन्ने राजनीतिक दलक नेता, आफन्त, साथीभाइ, परिवारजन, साहित्यकार, पत्रकार गरी २९ जनाको लेख रचना संलग्न गरिएको छ । साथै ठकुरीको समग्र जीवनी झल्किने गरी ५० भन्दा बढी तस्विरहरु पनि स्मारिकामा राखिएको फाउण्डेशनका अध्यक्ष तथा समाजसेवी गजेन्द्रकुमार लामाले जानकारी दिनुभयो । स्मारिकाको प्रधान सम्पादकमा गोविन्दप्रसाद घिमिरे तथा सम्पादकमा निर्मल अर्याल रहनु भएको छ । स्मारिका विमोचन कार्यक्रम विहान ८ बजे जोरपाटी ओरालोमा रहेको पीस बैंकटमा शुरु हुनेछ ।

ठकुरीको २०७२ वैशाख १२ को महाभूकम्पमा परी रसुवामा निधन भएको थियो । नेपाली कांग्रेसका चर्चित नेता समेत रहनु भएका पूर्व सभासद् ठकुरी सामाजिक क्षेत्रमा पनि उत्तीकै क्रियाशील हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *