1

परेर, पढेर र परेड

676 पटक पढिएको

गोकुल ढकाल

सोचिरहने, घोचिरहने र एनआरएनको नाममा होचीईरहने न्यूजर्सी निवासी पत्रकार, कथाकार, नायक, एनआरएनका खलानायक, कसा-कसैका नरुचाईएका ‘पत्रुकार’, अभियान्ता, खै किन हो जीवनको रास्ता पत्ता लगाउने जिपिएस छोडेर कुन पदरी गुछ्न हो, टिपिएस पछाडी कुदेका मेरा ‘दाई शैलेश श्रेष्ठले हप्तामा एकचोटी फोन गर्छन् र भन्छन, ‘भाई यो जनसम्पर्के राजनिती छोड्देउ यार । केही लेख, ह्रस्व दीर्घ म मिलाइदिन्छु । किनकी च्याउसरी उम्रिएका अनलाईनमा पपुलर बन्न आउने भोकको प्यासी भन्दा बाहिर भएर लेख ।’ ‘जिन्दगी राजनितिमा रमाउनु भन्दा लेखेर शत्रु कमाउनुमा बढी आनन्ददायक छ ।’

मैले भने ‘दाजु, पश्चिमतिर जाडोमा चिसो र गर्मीमा तातै चल्ने मौसमे पिज्जाको रापजस्तो कसैको हल्लाको सल्लाहमा लागेपनी ‘शालिन’ आनन्द बिष्टको निर्वाचित सदस्य हुँ, म । दाजुले भनेजस्तो चट्ट रुमाल क्या मालुम तालमा जनसंपर्क छोड्न सक्ने हालतमा छैन म ।’ ‘ मलाई पनि ‘ईमान्दारितामा मन पर्ने’ तर पिजाको रापमा जाडो छल्न हात सेकाउने मेरा आदरणीय सभापती आनन्द बिष्टसंग म दुश्मनी हुन चाहन्न ।’ मेरा आदरणीय अरुहरु प्रमोद सिटौला र सिपी पौडेलको निगाहले अमेरिकामा हारेर प्लेअफमा भाग्यले पुगेको बास्केटबल टिमजस्तो जनसंपर्कको प्रचार बिभागको ‘नपाएर पाएको’ जिम्मेवारीको प्रमुख, जो मिलेको छ ।

रातको काम सकेर हलिवूडको डांडांमा उदाउने घामको जिस्कानीसंगै मलाई छाडेर अलिकती टाढा हानिएका अमेरिकामा नेपाली पत्रकारीताका एक हस्ताक्षर राजेश मिश्र दाईलाई फ्रीवेको जाम कटाउने वाहनामा फोन गर्छु – किशोर नेपालका भाई, ओमबिक्रम बिष्टका दोस्त, योगेश्वर अमात्यसंग चुस्की चियर्स गरेका मिश्र दाई ट्याक्क फोन उठाउंछन र भन्छन, ‘ब्रो, जनसंपर्क छाड ।’

‘ह्या दाई पनि, अमेरिकामा हिजोको शक्तिशाली, मरेर पनि भोली धुपौरेको हातमा नपरे ब्युझिन सक्ने जनसंपर्कको ‘अघोषित प्रवक्ता हुँ’, म बुढा । यत्रो ठुलो प्रवासी पदको गन्ने-मान्ने मलाई दाईले के सल्लाह दिनुभा’को क्या ?’

‘छाड भाई, नौटन्की । मेरा सहपाठी नेपालका मन्त्री भईसके । तिमीले जनसंपर्क-जनसंपर्क भनेर पाउने भनेको महासमिती सदस्य हो, त्यो पनि तिम्रो चाकडी पुग्यो भने । तीनवटा बच्चा, मेरी बुहारी, त्यो दु:ख, यो विवशता अगाडी जनसंपर्कको तिम्रो रवाफ म छेउ बग्ने महासागरको सालीनतासंग मेल खाँदैन । प्लिज जनसंपर्क छाड, तिम्रो पत्रकारिताका शब्दहरुमा डिका लगाउन सहयोग गर्नेछु ।’

नेजाका सभापति मेरा अभिन्न मित्र भोला आचार्य, एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशी, असली पत्रकारिताका अभ्यासकर्ता/सफल सतिश चापागाईं, बिजय पौडेल, किशोर पन्थी, सुर्य थापा, योगेश आदी, सच्ची मैनाली, शरद पोखरेल, सुदिप पन्त, बिकासराज न्यौपाने, अग्नी चौलागाईं, निदेश अधिकारी, भानु पोखरेल, केदार तिमील्सिना, शम्भु दवाडी, डोल्मा घिसिङ्ग, अकुर लुईंटेल  र शिव नेपालहरुसंग कुरा हुन्छ, भन्छन, ‘जनसंपर्क छाडिदेउ ।’ म भन्छु ‘हस सर ।’

किन लाग्यारछु त, यो जनसंपर्क भन्ने संस्थामा ? मैले पाएको पदको समानन्तर टकराव छ । पिज्जाको राप जसरी समानन्तर मेरो समितीको अवमुल्यन हुन्छ । मेरा सभापतीका हरेक वक्तब्यहरु कसैका फेसबुकबाट आउंछन । संस्थाको अधिकारिक साईटबाट जनसम्पर्कका महासचिव बाहेक कसैका बक्तब्य आउंदैनन, त्यसैले जनसंपर्कको वेबसाईट अहिले बन्द छ । गर्न खोजेको प्रयास सफल नभएपछी ‘छ मात्रै छ भन्ने नाटक देखाउन’ विभागीय जिम्मेवारीको अट्टहासले त्यो साइट अहिले बन्द छ । हिसाबकिताब, लेखाजोखा, जिम्म्मेवारी, सदुपयोग-दुरुपयोगको बारेमा पछी लेखुम्ला । यो लेखको बलमा साहस गरेर प्रतिकृया दिनेको सार्वजानिक बहस गरिनेछ ।

त्यसो त म वा अमेरिकामा आएर कोही सेवा र राजनीतिमा लागेको छ भने, त्यो कि राजनैतीक शरणार्थीको बिलखबन्दनमा परेर लागेको छ । कि त्यो जनसम्पर्क समितिको अनिश्चित महाधिवेशनको संयोजक बन्ने लोभमा लागेको छ । वा, कोही कलेजमा पुलिसको बुटको लात्तीका वावजुद रांके जुलुश बालेको जोशले परेर लागेको छ ।

जो लागेको छ जीवनमा रंग र धुप, ईमान वा बेईमान, स्वाभिमान वा कर्तब्यले लागेको छ । जो लागेको छ, जीवनमै लगाना ‘परेर’ लागेको छ, कि उपहासको साँवाँ पारेर लागेको छ ।

प्रकारान्तले प्रवासमा भासिनेहरुका आफ्नै कहानी छन । रहरले यो सात समुन्द्रपारी स्वास्नीको अंगालोमा आँशुका बलिन्द्राधारा चुहाउंदै, बच्चाका गालामा बिछोडका चुम्बन छाड्दै, निधारमा बिधुवा आमाको रातो टिका ग्रहण गर्दै वा बिदुर बाबुको प्यारको अंकमाल थाप्दै नेपाली नेवानी हाजात हुंदै, कतारे झापडे सेवाको आकाशे सहायताले हङ्कङ, मलाया, दुबई, कतार हुंदै खुबैको रहरले मात्र यो मुलुकमा पालिने महाशयहरु कमै होलान ।

जसरी तपाईं हामी आयौं । दुनियाँ फुर्ती नलगाम, तर हामी आयौं । यो देशमा पैसा कमाउन कि पढ्नुपर्दोरहेछ, कि ब्यापार भन्ने साधानामा रामदेवजस्तो सड्नपर्दोरहेछ कि पिजाको प्यानमा राजनैतीक चाकडीका लागि आगो सहेरै चड्नुपर्दोरहेछ । जसरी जिम्मेवारीविहिन जनसंपर्कको प्रचार विभाग छ वा प्रवक्ता र मिडिया संयोजकको लडाईंजस्तो एनआरएन अमेरिकाको छ । पढेर कयौं उदाहरणजस्तै गौरीराज जोशी, केशब पौडेल, सुनील शाह, विश्व शाह हुन सक्न पर्‍यो कि ब्यापारबाट ॠषि ढकाल, गौरी जोशी, सुनिल शाहहरुजस्तै थुप्रै उदाहरण हुन सक्नुपर्‍यो, प्रवासी सफलता, घर घडेरी, तिनले चढ्ने गाडी र तिनका श्रीमतीहरुले लाउने हातका सुनका बाला र फेशनकाहरु ‘कम्प्यारिजन’ गर्ने हो भने ।

हो जीवनमा बैभव, सौभाग्य सबैले खोज्दछ । तर सफलता निधारमा कोठी हुने सौभाग्यशालीहरुले नै लिएका हुन्छन । कसैका कर्ममा त भाग्य पनि लेखेरै ल्याएको हुनुपर्नेरहेछ । सम्पती र तिनले चढ्ने मर्सिडिज-बिएम्डब्ल्युको कुरा होईन, महत्वाकांक्षाका आ-आफ्नै लेखानले अमेरिकी नेपाली समाजमा को कती ‘पावरफुल’ भन्ने चिनाउने खेल छ । घण्टा हान्ने घन्टे मन्दिर जांदा वास्ता हुंदैन । आफ्नो परिश्रमले हानेको घण्टाको पौरखले किनेको घरको फेसबूकमा आएपछी त्यो घन्टे त्यही मन्दिराको भावी कार्यसमितिको सदस्यको दावेदारी गर्ने हैसियत राख्दछ, जसले त्यो मन्दिर बनाउने नाममा जातिय सहभागीता भन्दा सिवाय सिन्को भांचेको हुंदैन ।

छाना किनेको नाममा नव-धनाढ्य हेपाईं सहनेहरु तपाईंहरुपनि हुनुहोला, कतिपय । हुन त १३ बर्षको अमेरिकी बसाईमा छानो नठाड्याउने उदाहरण मध्यको एउटा पात्र हुं, म । तर लाग्छ, जिन्दगीको सम्पती भनेको बोली हो भने त्यो सम्पतीको ब्याज भनेको हिजो शाक्य भाउजुको देहावशानमा टेक्सासमा लागेको मलामीको लर्को जस्तै माया हो ।

त्यसैले जिन्दगी आँफैंमा आफ्नो बिद्धालय हो । तपाईं हामी बिद्धार्थी । आफुलाई चाहेको जती सबैले पढेको छ ।

जिन्दगी कि परेर जानिन्छ कि पढेर ।

पत्रकार शेर केसी भाईले फोनमा सोधे, ‘दाजु अन्य मिडियाले जस्तै बर्ष ब्यक्ती छाप्न पर्‍यो, आखिर हल्लै त हो ।’हल्लै त हो भनेर हल्लिएर धेरै बिग्रिएका छन । प्रवासमा शैलेश श्रेष्ठ र राजेश मिश्रहरुले भनेजस्तो असम्भव पत्रकारिता सजिलो छैन । त्यसमाथी मैले-कसैले सिफारिश गरेको मान्छे ‘टप टेन’ हुन दुनियाँले पत्याउनपर्‍यो । अपवादबाहेक चर्चित बन्न अपुष्ट चाकरीका लेख लेख्नेहरु घाममा सुकेका उदाहरणहरु भाईलाई थाहै छ । पैसा पाउने नाममा बर्ष ब्यक्ती नछाप्नु’, मैले भने ।

भाईको दिमागमा भएका टप टेन मान्छेका नाम सुनें, मैले । भनें, ‘वरियातामा प्रमोद सिटौला र सिपी पौडेलहरु जवर्जस्त टप फाइभ हुन, जसरी पत्रकारितामा राजेश मिश्र र शैलेश श्रेष्ठहरु जवर्जस्त हुन । जनसम्पर्कमा जानेर नजानेर लागेको फाईदा वा वे-फाईदाले सिकाएको एउटा लेसन हो, प्रमोद सिटौला र सिपी पौडेलको लगाव । कांग्रेसको नाममा खुलेवाम वकालत गर्न सक्ने प्रमोद र सिपिको निरन्तर जनसंपर्कको परेडलाई टप नाईन र टप टेनमा होईन केसी भाई, टप फोर र टप फाईभमा राख ।

च्याउसरी उम्रिएका अनलाईन पत्रिकाले फाईदाको लागि हावाको भरमा राख्ने (अपवाद वाहेक) विवादित नाम राख्न एनआरएन चुनावताकको मुखपत्र हिमालपाटीले आंट गरेन, न त एनआरएन चुनावका भित्री चेस गेमका मन्त्रीचालक शिव मल्लले साहस गरे । म आँफैंले सकिन, किनकी नचाहेरै प्रमोद र सिपिहरु टप फोर र फाईवमा पर्दथे ।

यो राजनैतीक निरन्तरताको परेड हो । मैले मस जुटाउन सकिन, प्रचार विभागमा । म हारें, असफल भएं । तर चुनावको ठम्म्याई नभएको जनसंपर्कको श्वास कमसेकम प्रमोद र सिटौलाले धानेका छन, यो चाकडीको भाषा होईन । 

अन्तमा परेड :
समाजसेवाका न्यूयोर्कका हे पादरीहरु हो, कृपया परेड गर हो । उडेरै आठ घण्टा लाग्ने समयमान्तरमा बसोवास गर्ने हामी निमुखालाई त के थाहा ? तर साधारण प्रवासीको नाताले, संसारको शक्तिशाली राज्यको स्थानिय नगरले ‘नेपाल डे परेड’ भनेर तोकेको दिनमा बेईज्जतीको अपमानी झन्डा नफर्फराओ । डा. बिष्णुमाया परीयार, नवराज केसी, रबी कोईराला, उदय पाण्डे, ख्यामलाल भट्टहरुले बोल हो, यार । परेड अस्मिता हो, ईमान होईन । हामीहरु त तिमीहरुले पठाएको लाइभ र फोटाहरु छाप्ने भिजिलान्तेहरु हौं । पठाए छाप्छौं, नपठाए कपी गर्छौं ।

हामीले भोली छप्ने भन्दा पनि नेपाली समाजमा न्यूयोर्कका अभियान्ताहरु ईज्जतका लागि छौने बेला हो । विसौं बर्ष जनसंपर्कको राजनीति गरेर ग्रीन कार्ड त्यागी सिन्धुपाल्चोकको बिकट गाउंको मेयर बंशलाल तामाङ्गहरु जन्माउने ठाउं हो यार, न्यूयोर्क । यो टिपिएस मुद्दा कसैले हस्ताक्षर गरे सम्भव छ, तर जन्मभुमी नेपालको अस्मिता र ईमान दर्शाउने नेपाल डे परेड तिमीहरुले हस्ताक्षर नगरिकनै नबाझे सम्भव छ ।

डा. बिष्णुमाया परियारहरुले आफ्न लाइब्रेरीमा दुनियाँका जन्म-केक काट्ने होईन, विवादित नेपाल डे परेडको विवाद सुल्झाउन चिया पकाउन पर्‍यो, लाईब्रेरीको ‘मिलनको बिन्दु’ शिर्शकको किताब झगडालुहरुलाई दिनुपर्‍यो । तपाईंको लाईब्रेरी र करेसाबारी राम्रो छ, प्रदिपजीको फेसबुके लाईभमा हामीले देखेका छौं । पृथ्वीनारायण शाहकी चेली तपाईं डा. पदको मर्यादाले सामाजिक एकिकरणमा लाग्नुस् । न्यूजर्सीको मेयरको पुरस्कार थापेको हात भन्दा नेपाल परेड डेमा नेपाली झन्डा बोक्ने तपाईंको हातहरु हामी छाप्नेछौं, शैलेश श्रेष्ठले न्युज लेख्नेछन, किरण मरहट्ठाले लाईभ गर्नेछ । कपी पेस्ट हामी गर्नेछौं ।

ख्याम भट्ट, मंगलदास श्रेष्ठ, लुईसन्ङ वाईवा, बासु फुलारा, दुर्गेश कार्की, डा. श्याम कार्की, डा. तारा निरौला, मुनिन्द्र नेम्वाङ्ग, श्री पराजुली, खगेन्द्र जिसी, सुर्य लम्साल, आनन्द बिष्ट, बेद खरेल र बिष्णु सुवेदी, सन्जय थापाहरु हो, जाग हो, जसरी पुराणमा उधारो बोल्न र उधारो विज्ञापन दिन बोल्नुभएको थियो । जाग्ने भनेको सहभागीता जनाउन हो, सहभागी हुन्छु भनेर पुराण, जनसंपर्क र प्रवासी मन्च मनाउन होईन ।

गुटको प्रवेश होईन, गुणको परेड गर हो । डटेर कसरी लाग्ने प्रमोद र सिपिलाई सोध हो ।

जय नेपाल डे परेड ।
gokulvivas@gmail.com

 

 

तपाईको प्रतिक्रिया

मुम्बई - नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह बिहे गनृका लागी इटाली पुगेका छन् ।उनीहरुले.. ...

न्यूयोर्क - विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गांस्ने अभियान शुरु भएको छ । सबैको.. ...

- लक्ष्मण सिटाैला तिमी एक्लो हुनुलाइ अभिशाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु सिर्जनात्मक हुनु.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...