२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएन बौद्धिक भेला तथा साधारण सभाको तयारी तिव्र

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ११ गते २०:३१

सान-फ्रान्सिस्को – क्यालिफोर्निया स्थित सनफ्रान्सिस्कोमा जुन १६ र १७ तारिखमा हुन लागेको एनआरएन विज्ञ भेला तयारीलाई तिव्र वनाउने र नेपालवाट सरकारका उच्चतहका व्यक्तिलाई सहभागी गराउन प्रकृया अघि वढाउने निर्णय भएको छ । बौद्धिक भेला सम्पन्न गर्न गठित मुल आयोजक समिति स्टेरिगं कमिटीको वुधवार भएको छलफलमा उक्त निर्णय भएको हो ।

बौद्धिक भेला एनआरएन अमेरिकाको प्रतिष्ठाको विषयसंग पनि जोडिएको हुदां यसलाई पुर्ण रुपमा सफल वनाउन अमेरिकाज् क्षेत्रका संयोजक गौरी जोशी, एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल, एनआरएन क्यानडावाट गोपी काफ्ले लगायतले सवैसंग आग्रह गर्नु भएको थियो ।

यो एनआरएन अमेरिकाको प्रतिष्ठाको विषयपनि हो यसलाई सफल वनाउन सकियो भने अमेरिकावाट सकरात्मक सन्देश जाने छ स्टेरिगं कमेटीका संयोजक जोशीले भन्नुभयो यो सम्मेलनलाई अवसरका रुपमा लिनु पर्छ । जोशीले सम्मेलनमा विदेशमा रहेर विभिन्न क्षेत्रमा दक्षता हासिल गर्नु भएका नेपाली लगायत नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीलाई निमन्त्रणा पठाउने वारेमा गहृकार्य भईरहेको जानकारी दिनु भयो ।

अर्थमन्त्री डा युवराज खतिवडा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, युवा नेता गगन थापा, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष स्वर्णिम वाग्ले, युवा अर्थशास्त्री डा विश्व पौडेल लगायतलाई भेलामा सहभागी गराउने वारेमा गृहकार्य भईरहेको छ ।

एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले बौद्धिक भेला अवसर भएको हुदां यो पुर्ण रुपमा सफल हुने वताउनुभयो । भेलासंगै एनआरएन अमेरिकाको साधारण सभा पनि भएकाले आईसीसी र एनसीसीले मिलेर काम भईरहेको डा पौडेलले वताउनुभयो । उहांले भेलाको व्यवस्थापनमा कुनै कमी कमजोरी नराख्न नहुनेवारेमा सझुाव राख्नुभएको थियो । पहिलो पुरा दिन वौद्धिक भेलामा केन्द्रित हुने छ पौडेलले भन्नुभयो दोस्रो दिन साधारण सभाका कार्यक्रम हुने उहांले जानकारी दिनुभयो ।

अमेरिकाज् क्षेत्रका उपसंयोजक नविन शेरचनले यो महत्वपुर्ण भेला भएकाले यसका लागि आवश्यक स्रोत व्यवस्थानका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त बैंठकमा आईसीसी सदश्य कुंगा शेर्पा, बेद वस्नेत, डल्ली भट्राई, राजन त्रिपाठी, एनआरएन अमेरिकाका उपाध्यक्ष उमा कार्की, एनआरएन अमेरिकाका प्रवक्ता विनोद तिवारी क्यानडावाट प्रमिला बस्नेत लगायतको सहभागिता थियो । बैठकमा भेला व्यवस्थापनसंग सम्वद्ध विविध पक्षकावारेमा पनि छलफल भएको थियो ।

विज्ञभेला संयोजक डल्ली भट्राईले संचालन गर्नुभएको उक्त बैठकमा उहांले भेलाको तयारी लगायतका विषयमा जानकारी गराउनु थियो ।
भेला नेपालको समृद्धिमा विदेशमा कार्यरत दक्ष नेपालीलाई कसरी सहभागी गराउने भन्ने विषयमा केन्द्रित छ । विज्ञ भेला लगत्तै एनआरएन अमेरिकाको वार्षिक साधारण सभा पनि रहेको छ ।

अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा रहेर आफ्नो विषय र क्षेत्रमा दक्षत्ँँ हासिल गर्नुभएका गैरआवासिय नेपालीको सहभागितामा अमेरिकाको क्यालिफोर्निया स्थित सनफ्रान्सिस्कोमा जुन १६ र १७ मा आयोजना हुन लागेको हो ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) एनआरएनए अमेरिकाज् र एनआरएनए अमेरिकाको संयुक्त पहलमा यो भेला हुन लागेको हो । यसको केही महिना पछि काठमाडौमा विदेशमा दक्षता हासिल गर्नु भएका प्रवासी नेपालीको यस्तै बृहत सम्मेलन हुने कार्यक्रम छ ।

भेलामा अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा कार्यरत बैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर, व्यवसायी, विदेशमा राजनीतिमा संलग्न लगायत कुनै विषयमा दक्षता हासिल गर्नुभएका नेपाली र नेपाली मुलका गैर आवासिय नेपाली सहभागी हुनुहने छ । सम्मेलनको मुख्य उद्देश्य विदेशमा आफ्नो विषयमा दक्ष गैर आवासिय नेपालीको ज्ञान र सिपलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने रहेको छ ।

चिकित्सा, प्रविधि, अर्थशास्त्र, विज्ञान, उद्योग व्यवसाय लगायत थुप्रै विषयमा सफल दक्ष नेपाली विभिन्न देशमा कार्यरत हुनुहुन्छ । यो सिप र दक्षतालाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ यसका लागि वौद्धिक बर्गसंगै सल्लाह सुझाव लिन भेला आयोजना गर्न लागिएको हो । भेलामा नेपाल सरकारका विशिष्ठ अधिकारी, बौद्धिक व्यक्तित्व र व्यवसायी पनि सहभागी हुनुहुनेछ । बौद्धिक भेलामा एनआरएनएका केन्द्रिय पदाधिकारीपनि सहभागी हुनुहुने छ ।

थप सम्पर्क : 
गौरीराज जोशी
क्षेत्रिय संयोजक एनआरएन अमेरिका
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *