२०८१ वैशाख ८ गते | 20th of April 2024

नेपालको टीपीएस नथप्ने ट्रम्प प्रशासनको तयारी

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख १२ गते ११:४६

अमेरिका – अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गर्दै आएको टीपीएस सुविधा नथप्ने तयारी गरेको छ । टीपीएस सुविधा नथपिएपछि अमेरिकामा टीपीएस सुविधा लिएका झण्डै ९ हजार नेपालीहरुले संकटको सामना गर्नेछन् भने कैयनले देशनिकाला हुनुपर्नेछ ।

होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले देशनिकालाका लागि योग्य टीपीएस प्राप्त नेपालीहरुलाई अमेरिका छाड्नका लागि एकबर्षको ग्रेस अवधि दिने भएका छन् । जस अन्तरगत सन् २०१९ को जुन २४ पछि उनीहरुले अमेरिका छाड्नुपर्नेछ ।

झण्डै १४ हजार नेपालीहरुले अमेरिकामा टीपीएस सुविधा लिएकोमा नविकरणका लागि झण्डै ९ हजार नेपालीहरुले योग्य थिए । अब टीपीएस नथपिएपछि त्यसमध्ये झण्डै १५ सय नेपालीहरुले एकैपटक देशनिकालाको सामना गर्नुपर्नेछ, खसोखासमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *