२०८१ वैशाख १४ गते | 26th of April 2024

डिसीमा अमेरिकी पेशागत पत्रकारहरुको संस्था एसपीजेको समेत सहभागितामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख २१ गते २:१७
वाशिंगटन डिसी । पेशागत पत्रकारहरुको विश्वको सबैभन्दा प्रतिष्ठित सञ्जाल सोसाइटी अफ प्रोफेशनल जर्नलिस्ट एसपीजेकी अध्यक्ष रिबेका बेकर वाशिंगटन डिसीमा स्थानीय नेपाली मिडियाहरूद्वारा आयोजित २५औं “विश्व प्रेस स्वतन्त्रता दिवस” सम्बन्धी विचार गोष्ठीमा भाग लिन आउने भएकी छिन । नेपाली अमेरिकी पत्रकारहरुको इतिहासमा यसरी कुनै अन्तरराष्ट्रिय स्तरको संस्थाको प्रतिनिधित्व हुनलागेको यो पहिलो पटक हो । सन १९०९ मा स्थापना भएको सोसाइटी अफ प्रोफेशनल जर्नलिस्ट एसपीजे अमेरिकामा पेशागत पत्रकारहरुलाई प्रतिनिधित्व गर्ने धेरै पुरानो संस्थाको रुपमा चिनिन्छ ।
एसपीजेले दिंदै आएको सिग्मा डेल्टा ची पत्रकारिता पुरस्कार संसारकै प्रसिद्ध पुरस्कारको रुपमा मानिन्छ । स्थापनाकालमा सिग्मा डेल्टा ची भनिने यो संस्थाले अमेरिकाको वाक स्वतन्त्रता सम्बन्धी पहिलो संविधान संसोधनको खुलेर समर्थन गरेको थियो । पत्रकारिताको पढाइ हुने सवै जसो विश्व विद्यालय र पेशागत एवं स्वतन्त्र पत्रकारहरु समेतलाई आफ्नो छातामा समेटेको यो संस्थाका ३ सय बढी शाखाहरु छन् भने तिनमा आवद्ध करीव ९ हजार संचारकर्मीहरु यसका सदस्य रहेका छन् । Image result for world press day
स्थानीय संचार माध्यमको तर्फबाट संयोजन सहयोग गरिरहनु भएका पत्रकार गुणराज लुइटेलले कार्यक्रमको सवै तयारी पूरा भएको जानकारी दिनु भएको छ । यस्तै प्रचार प्रसारको संयोजन गरिरहनु भएका पत्रकार विजय थापाले सवै संचार माध्यमहरुले सहभागी हुन अभिरुचि राखेको वताउनु भयो । सो विचार गोष्ठीमा अमेरिकी पत्रकारिता क्षेत्रमा प्रसिद्ध अनुसन्धाता मानिएका व्यक्तित्व भर्जिनियाको जर्ज मेसन युनिभर्सिटीका प्रोफेसर क्रिष्टोफर जे फरेलले पनि अमेरिकी पत्रकारिताको वर्तमान अवस्थाका बारेमा विचार व्यक्त गर्नु हुने भएको छ । यस्तै उत्तरी भर्जिनियामा लोकप्रिय मानिएको इन्साइड नोभा पत्रिकाका प्रकाशक तथा सम्पादक ब्रुस पोर्टर पनि अतिथि पत्रकारको रुपमा सहभागीहुनु हुने छ भने नेजाका अध्यक्ष भोला आचार्यलाई पनि अतिथिको रुपमा आमन्त्रण गरिएको छ । 
अन्तरक्रियाको माध्यममा गरिने उक्त विचार गोष्ठीको मोडरेट वरिष्ठ पत्रकार योगेश उपाध्यायले गर्नु हुने छ भने पत्रकार सच्ची मैनाली र गुणराज लुइटेलले संयुक्त रुपमा नेपाली र अमेरिकी डायस्पोरा पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गर्नु हुने छ । कार्यक्रमको संचालन न्युयोर्क स्थित पत्रकार कीरण मरहट्ठाले गर्नुहुने छ । विगत २५ वर्ष देखि संयुक्त राक्ष्ट्रसंघ युनेस्कोले मनाउदै आएको विश्व प्रेस स्वतन्त्रता दिवसको यस पटकको नारा शक्तिको सन्तुलनः संचार, न्याय र कानूनको राज भन्ने राखिएको छ । नेपालमा पनि पत्रकार महांघको पहलमा यस अवसरमा मे तीन तारिका दिन प्रभात फेरि लगायतका कार्यक्रमहरु गरिएको थियो । यस अघि हालै भर्जिनियाको रिचमण्डमा भएको एसपीजे र भर्जिनिया प्रेस एसोसिएसनको सम्मेलनमा नेपाली पत्रकारहरु योगेश उपाध्याय, गुणराज लुइटेल, कीरण मरहट्ठा र विश्व थापाले सहभागिता जनाएर आए पछि नेपाली पत्रकारहरुको संस्थागत रुपले नै अमेरिकी पत्रकारिता क्षेत्रमा प्रवेशको श्रृंखला शुरु भएको हो । 
अमेरिकामा रहेका कुनै पनि पत्रकारहरुका संघ संस्थाहरुले प्रेस स्वतन्त्रताको कार्यक्रम गर्न खास चासो नदिएको अवस्थामा डिसी क्षेत्रका धेरै संचार माध्यम, संचार कार्यक्रमहरु तथा संचारकर्मीहरुले यस किसिमको राष्ट्रिय संचार गोष्ठीको आयोजना गरेका हुन । आयोजक संस्थाहरुमा सगरमाथा टेलिभिजन, नेपाली पोष्ट डट कम, इनेप्लिज डट कम, डिसी नेपाल डट कम, नेपाल मदर डट कम, ग्लोबल नेपाल टेलिभिजन, ग्लोब नेपाल डट कम, रेडियो जीन्दगी, डाउन टु अर्थ कार्यक्रम, द नेपाल टुडे डट कम, बाल्टिमोर खबर डट कम, नमस्ते म्यागेजिन, विश्व परिक्रमा पत्रिका, प्रश्न एक उत्तर अनेक कार्यक्रम, खुल्ला मञ्च डट कम—डिसी, युएस खबर डट कम —डिसी, राजीव श्रेष्ठ फोटो बैंकका साथै इन्साइड नोभा अमेरिकी पत्रिका, फेयरफाक्स कनेक्सन अमेरिकन पत्रिका समेत रहेका छन् । आयोजकहरुले कार्यक्रममा सबै पत्रकारहरु र संचारमा चासो राख्नेहरुलाई उपस्थितिको लागि अपील गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *