२०८१ वैशाख १४ गते | 26th of April 2024

सुनकान्ड र यसको करुण कथा

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख २१ गते २:३२

– लक्ष्मण सिटौला

सुन सुन्दर धातु हो । यहि सुन्दरता भित्र यस्को कुरुप अनुहार पनि छ । सुन आफै कुरुप होइन । यस्लाइ कुरुप असुन्दर बिचार बोक्ने सुनका भरियाहरुले बनाइरहेका छन। सुन एउटा सामान्य धातु हो। जस्तो फलाम ,तामा ,चादी ,पित्तल सामान्य लाग्छन। सुनलाइ चाहि किन यति बिघ्न महत्त्वपूर्ण स्थान दिइयो ? आजसम्म यो बारेमा कसैले बिचार नै गरेको छैन। तर सुन जीवन सिर्जनाको कुनै पनि क्षेत्रमा आउदैन। सुनलाइ बेकारमा मानिसले मुल्य दिइरहेका छन । गरीबहरुलाई सुनको होइन नुनको चासो हुन्छ ।

सुनको पलङ्गमा सुते पनि निन्द्रा आइदिएन भने सुनको महत्त्व के ?

सुन पृथ्वीको गर्भमा उसरीनै मिल्छ जस्तो अरु सामान्य धातुहरु मिल्छन । सुन खान पनि मिल्दैन । सुन कुनै ओखती पनि होइन । सुनको प्राचीनता जति छ त्यतिनै फलामको पनि प्राचीनता छ । सुन भन्दा फलाम धेरै मुल्यवान धातु हो किनभने यसबाट कृषकले कृषि उत्पादनका लागि औजार बनाउछ । फलामको उत्खनन र आविष्कारबाट नै हो आज बिश्व उन्नतिशील बनेको, आज सन्सारको प्रगतिमा सुनको देन कुनै छैन जति फलामको छ । आदिम युग देखिनै फलाम प्रयोगमा आएको छ तर सुनको प्रयोग नवीन छ । कुनै पनि आदिवासीले सुनको हसियाले घाँस काटेन । त्याहा फलामनै प्रयोग भएको छ । कृषिमा क्रान्ति सुन बाट होइन फलाम बाट बनेका औजारहरु बाट भएको हो ।

सुनले सुन्दरताका नाउँमा मान्छे र उस्को मानवीय मुल्य माथी घातक प्रहार गरिरहेको छ सयौ बर्ष देखि र मान्छेले सुनको दासता स्वेच्छाले स्वीकार गरिरहेको छ ।

सुनबाट न हतियार बन्छ , न सुनबाट कृषि औजार बन्छ ! न सुन बाट निर्माण सामाग्री नै बन्छ किनभने यो कडा धातु होइन । आज बिश्व सुनको कारणले गर्दा असुन्दर बन्दै गएको छ । मानिसमा झगडा , हत्या , तस्करी , युद्ध , लोभ , पाप, डकैती, अपहरण ,द्वन्द , मनमुटाव , भय , सन्त्रास ,ज्यादती , स्वार्थ, कुविचार , र कलुषित भावना उत्पन्न गराउन सुनले हदैसम्म मद्दत गरिरहेको छ ।

सुन भगवानको गजूरमा चढ्ला या कसैको चाकरी र हजूरीमा चढ्ला वा एउटा सानो फुलिका रूपमा कुनै गरीब युवतीको नाकमा चढ्ला वा सुनको दात हालेर फिस्स हास्दै अठ्ठाइस दात र चार बुद्धि बङ्गारा देखाउन गर्भ गर्ने बुद्धि बहादुरकोमा चढ्ला । सुनपानी छर्केर जात बोलाउने कुलीन बर्गले सुन प्रयोग गरे होलान् अतितमा र अझैसम्म पनि गाउँ घरमा अद्दापी त्यही जमिनदारी प्रथा कायमै छ । मान्छे भन्दा पनि सुन मुल्यवान हुँदै गएको परिवेशमा मान्छे दिनानुदिन सुनकै कारणले अवमूल्यनमा पर्दैछ । सुन खाएर मान्छेले आफ्नो आयु लम्ब्याउन सक्ने भए यहाँ तेस्रो बिश्वयुद्ध भैसक्ने थियो होला ।

सुनलाइ फलामकै कोटिमा राख्ने हो भने सन्सारमा अपराध अवश्य नै घट्ने छ । सृष्टिमा जति पनि जड कुराहरु छन तिन्लाइ चेतना भएका मनुष्य जातिले मान्यता दिएर नै तिन्को मुल्य निर्धारण भएको हो ।

सुनको तिम्ले हातमा औठि नलगाए के महत्व ? सुनको तिम्ले सिक्री नलगाईदिए के महत्त्व ? सुनले तिम्ले हातमा ब्रासलेट लाइदिएर महत्त्व पाएको हो । सुनको तिमीले घाटिमा नौ गेडि र शीरमा शिरबन्दी लगाइदिनाले महत्त्व भएको हो । सुनलाइ तिमीले तिल्हरी र झुम्का बनाएर पहिरिदिनाले महत्त्व भएको हो । सुनलाइ तिमीले नवोल्ने पत्थरको मुर्तिमाथी गजुरको रूपमा झुन्डियाइदिनाले महत्त्व थपिएको हो ।

खिया पर्ने फलाम हजारौं गुणाले असल देख्छु म किनकि सुनले हाम्रो देशमा गरीब र धनी बिच विभेद ल्याइदिएको छ । सुनको तस्करीले अबैध र काला धन्दाहरु दिनदिनै बढिरहेको छ । सुन छ भने बरु मलमुत्र त्याग गर्ने ठाउमा प्यान बनाएर प्रयोग गरेमा खिया पर्दैन । यस्तो जाबो सुनको लागि यो हत्या हिसा किन? यो झैझगडा बैमान किन ? यो रक्तपात र पोलापोल किन? यो दबदबा र दुष्टनियत किन? यो अतिवाद र आततायी किन ? सुनले घृणा बढाइरहेको छ । गरीब देशका लागि सुन जति अभिशाप चिज अरु केही छैन । धनी देश सुनलाइ पिसाब फेर्ने कोपराको रूपमा प्रयोग गर्छन । तर गरीब देशका जनता सुनलाइ अमुल्य सम्पत्तिका रूपमा पुजा गर्छन । सुनले आफै महत्त्व खोज्दैन । सुनलाइ हामीले महत्त्व दिएर यस्को महिमा बढ्दै गएको हो ।

सुनलाइ हामी जस्ता कंगाल बुद्धिहीन बेमानहरुले महत्त्व दिएका हौ । खाउत एक टुक्रा सुन निलत एक चिम्टि सुन तुरुन्तै मर्छौ तिमी । माटाे खायौ भने केही नहोला सुन खायौ भने जरुरत तिमी मृत्यु मुखमा जानेछौ । सुनकै निहुमा मरे मारिए महत्त्वपूर्ण मानवीय जिन्दगी ।

सुनलाइ तिमीले तोलामा जोख्यौ र पो यस्को महिमा बढेको हो धार्नी र किलोमा जोख यस्को महत्त्व बढ्दैन । जसरी फलाम किलो र धार्नीमा जोखिन्छ त्यसैगरी सुन पनि धार्निमै जोख । सुनलाइ हामी आफैले किन अबैध बनाएको हो ? जब हामी आफै यस्लाइ बैध बनाउछौ त्यो दिन देखि सुन तस्करी हुदैन । सुन छैन गरिब सग , बाचेकै छन त उनीहरू । सुन छ तस्करहरु सग खोइत उनीहरू किन आनन्दले बाच्न सकिरहेका छैनन ।

सुनको ठुलो औठि सिक्री र बाला लगाएर यात्रामा निस्कनु भएको छ भने तपाईं अकालमा मर्नुहुन्छ । सुन सज्जनको आखामा कहिले पर्दैन । बेमानको आखालाइ मात्रै सुनले आफुतिर आकर्षण गर्छ र हिम्सा जन्मिन्छ ।

सुनमा हिम्सा छ , सुनमा बेमानी छ , सुनमा कलि छ , सुनमा आततायी छ , सुनमा असमानता र बिभाजन छ , सुनमा श्मशान छ , सुनमा मुर्दा शान्ति छ , सुनमा बेमानी छ , सुनमा विभेद छ, सुनमा घमण्ड र घात छ।सुनमा छट्पटी र अनिन्द्रा छ , सुनमा बिछोड छ , सुनमा शुन्यता छ । सुनमा अँध्यारो छ , सुनमा सुगन्ध छैन । सुनमा मित्रता पनि छैन । सुनमा शत्रुता छ ।

सुन सुर्य बाट उछीटिएर आएको एउटा ग्रहको धुलोको कणबाट निर्मित धातु त हो नि । हामी सबै सुर्यकै उपज हौ । हाम्रो इतिहास त सुर्य हो । हामी पहिले सुर्य अनि पृथ्वी र त्यसपछि मानव हौ ।
हामी पहिले मानव हौ अनि नेपाली हौ त्यसपछि त हो मेरो र तेरो भन्ने भेदभाव । सुनकै कारण युद्ध, सुनैका कारण बेमानी ,सुनकै कारण मृत्युवरण । एकचोटि शान्त बिचारले एकान्त भएर सोचौ किन सुन ( निर्जीव धातु ) लाई हामीले यति धेरै महत्त्व दियौ? के कारणले? के सुनले तिम्रो समस्त जीवनको आयुमा एकदिन थप्न सक्छ ? बो

सुनले तिमीले जिन्दगीमा गुमाइसकेका आफन्तहरुलाई 

फिर्तालाएर ल्याउन सक्छ? यदि सक्तैन भने फेरि सुन प्रती तिम्रो यति धेरै आशक्ती किन? सुन प्रती तिम्रो यति धेरै लालच किन ? देखेका छौ तिमीले कसैको देहान्त हुँदा उस्ले पहिरिएको सुनको औठि फुकालिएको ,उस्को गलाबाट सिक्री चुडालिएको , उन्को पाउबाट पाउजु झिकिएको ,उन्को शीरबाट शीरबन्दी खोसिएको । सुन जहिले पनि खोसिन्छ । शीरबन्दी किन भनिएको थाहा छ? शीरलाइ बन्दी वा बन्दक बनाउने भएकोले शीरबन्दी भनिएको । फलाम -जस्को औजारबाट उब्जाएको
अन्न खादा यो पवित्र मानिएन अनि यो सुन चाहिँ कसरी पवित्र भोत? पिलरको रुपमा खडा भएर मन्दिर थाम्ने फलाम असुद्द हुने अनि त्यही पिलेरले बोकेको गजूर चाहिँ शुद्ध हुने कसरी ? हसिया बनाउने बिश्वकर्मा अछुत हुने सुन बनाउने सुनार सग चै अन्कमाल गर्ने ? अनि सुनले विभेद ल्यायोकी ल्याएनत ?

जव तिमी सुनलाइ महत्त्व दिन थाल्छौ तिमीबाट मानवीय गुण हराउँदै जान्छ । सुन सम्पत्ति होइन । जब यस्लाइ हामी महत्त्व दिन छोडछौ मानवताको हिमालय त्यसै दिनदेखी उज्यालिन्छ । सुनको श्रीपेच ढल्छ किनभने मान्छे अरुको खुसीमा कहिले खुसी हुन सक्तैन ।यहि बरदान पाएको छ उस्ले प्रकृतिबाट । मान्छे कि बराबरीमा बाच्न चाहन्छ कि अरु भन्दा अग्लो भएर बाच्न चाहन्छ ।यो उस्को गुण हो । स्वाभाव हो । यहि गुणले गर्दा नै मानिसहरू सुन प्रेमी हुँदै गएका बिशेष गरेर बिकासोन्मुख देशका जनताहरु ।

सुनको र फलामको बिक्रि भ्यालु बराबर गर्न सक्ने दिन कहिले आउला ? के यो सम्भावना छ ? सुनले बिकास निर्माणमा कसरी सहयोग गरेको छ ? सुन लुकाएर राखिन्छ यस्को उपयोग मानीषले आभुषणका रूपमा मात्रै उपयोग गर्छ ।

मैले देखिन बुद्धले सुनको सिक्री लगाएका , मैले भेटिन गान्धीले सुनको लगौठि लगाएका , मैले देखिन अल्बर्ट आइस्टाइनले औंलामा औठि लगाएको , मैले देखिन महाबीरको सुनको कन्दनी , मैले भेट्न् सकिन महाकवी देवकोटाको हातमा ब्रासलेट , मैले देखिन जेलमा परेका भानुभक्तका सुनको कलम, मैले इतिहासमा कहिले पढेको छैन कि पृथ्वीनारायण शाहको सुनको तरवार र दरबार , मैले सुनिन कविरको सुनको चप्पल , किनकि ती महान आत्माहरुले सुन र फलामलाई बराबर ठान्नु भो । सुनको खेती कस्ले गर्छ र सुन कस्ले पहिरिन्छन अब थाहा भो मलाई घाम जस्तै ।

सुनकान्ड उसैले गर्छ जस्लाइ पृथ्वीमा हजार बर्ष बाच्ने चाहना हुन्छ । सुनले सपना देखाउछ तर त्यो सपना बिपना सम्म आइपुग्दा स्खलित भैसकेको हुन्छ । मैले भात सग सुन मुछेर खाने कोहि पनि देखिन । मैले सुनको लुगा लगाएको कोहि मानिस भेटिन । सुनको मुटु बनाएर बाच्ने यदि कोहि भएको भए सुन तस्करी गर्दा राज्यले पनि केही भन्दैनथ्यो होला र कार्वाही गर्दैनथ्यो होला । सुनबाट कसैले सुन्दर बिहानी बोलाउन सक्ने भए आयात पनि फ्री हुन्थ्यो होला र यो दुर्दान्त कथा परिघटित हुँदैनथ्यो होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *