२०८१ वैशाख ७ गते | 19th of April 2024

श्रीनिवासाचार्य गुरुको गोरु वुद्धी

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख २४ गते २३:३६

मोरङ – केहि हप्ता पहिले धार्मिक गुरु श्रीनिवासाचार्यमाथि एकाएक गोली बर्षियो । उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइयो । भाग्यले उनी बचे पनि । हिन्दुधर्मका धार्मिक गुरुमाथि गोली प्रहार भएपछि हिन्दु धर्मालम्बीहरुले कडा भत्र्सना मात्र गरेनन्, तत्काल दोषीलाई पक्राउ गरी कारवाही नगरे जे पनि हुने चेतावनी समेत दिए ।

त्यसैअनुरुप नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने पार्टीका नेताहरुले पनि गोली प्रहार काण्डको विरोध गर्दै तत्काल दोषीलाई कारवाही गर्न माग राखे । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुणकुमार विसी पनि के कम ? तत्काल उनले गोली प्रहार गर्नेको खोजी गर्न मातहतलाई निर्देशन दिए । प्रहरीले गोली प्रहार गर्ने अभियुक्त खोज्ने क्रममा चितवन भरतपुर वेलचोकका २९ बर्षीय माधव चौधरी र नवलपरासी गौडाकोट–५ का ३२ बर्षीय सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई पक्राउ गर्यो ।

पक्राउ परेका चौधरी र अधिकारीले धार्मिक गुरु श्रीनिवासाचार्य योजना मुताविक उनीमाथि गोली प्रहार गरेको बयान दिए । त्यसपछि प्रहरी नै तीन छक मानत्र परेनन्, तत्काल धार्मिक गुरुलाई पक्राउ गर्नुपर्ने देखिएपछि उनको खोजीमा लागे । त्यतिबेलासम्म उनी राजधानी आइसकेका थिए । उनलाई काठमाडौंबाट आइतबार पक्राउ गरियो ।

‘धार्मिक गुरु श्रीनिवासचार्यले आफूमाथि गोली प्रहार गर्न लगाएर उनी धार्मिक हिंसा भड्काउन चाहान्थे । चौधरी र अधिकारीका बयानपश्यात हामीले उनलाई समेत दोषी देखेपछि पक्राउ गर्न गरेका हौं ।’–पत्रकार सम्मेलन गर्दै एसपी अरुण विसीले भने । श्रीनिवासले आफूलाई गोली हान्न उनकै अंगरक्षक चौधरीलाई लगाइएको थियो । गोली हातमा हान्ने योजना थियो । तर दुुर्भाग्यवश गोली उनको बायाँ छातीमा लाग्यो ।

उनी भर्खरै उपचार गरी घर फर्केर भारत जाने तयारीमा थिए । आफू पक्राउ पर्ने चाल पाइसकेका कारण उनी भारत भाग्ने तयारीमा थिए । तर मोरङ प्रहरीको सफल अनुसन्धानबाट धार्मिक गुरु स्वयम् आफैले खनेको खाल्डोमा आफै फसे । अन्ततः उनी अहिले प्रहरीको खोरमा परेका छन् । अनुत्तरित प्रश्न–यदि उनी धार्मिक हिंसा भड्काउन चाहान्थे भने त्यसको ग्राण्ड डिजाइनर को हुन् ? उनलाई कसको साथ र सहयोग रहेको छ ? 

Leave a Reply

Your email address will not be published. Required fields are marked *