२०८१ वैशाख १३ गते | 25th of April 2024

प्रेरक छात्रबृत्तिका लागि राजु थापा द्धारा १ लाख २७ हजार सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख २४ गते २३:५४

काठमाडौं – सामाजिक अभियानमा सदैव अग्रसर अमेरिका निवासी राजु थापा र नमुना बस्नेत थापाले शैक्षिक सत्र २०७५ मा ग्रामिण सरकारी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीको लागि रु १ लाख २७ हजार ८ सय ५ रुपयाँ सहयोग गर्नु भएको छ ।
सबैका लागि गुणस्तरिय शिक्षा अभियान अन्तर्गत पिस फर पिपुलले सुरु गरेको यस अभियानमा थापाले जम्मा १४ जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नु भएको हो । माध्यामिक तहमा अध्ययन गर्ने २ र नि.मा.बि अध्ययन गर्ने १२ जनाले यस छात्रबृत्ति मार्फत यस शैक्षिक सत्रमा अध्ययन गर्नेछन् ।
उहाँले गत बर्ष पनि सोही बिद्यार्थीहरुलाई सहयोग गर्नु भएको थियो । बिद्यार्थीको अनुगनम मुल्यांकन पश्चात पढाईमा भएको सुधारलाई ध्यानमा राखी निरन्तरता दिईएको हो ।

कार्यक्रमको बारेमा :
१) प्रेरक छात्रबृत्ति ग्रमिण सरकारी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने मुख्य उदेश्यले सुरु गरिएको हो ।
२) सन् २०१५ मा १० जनालाई , सन् २०१६ मा ६५ जनालाई र सन् २०१७ मा १३१ जनालाई हामीले यस छात्रबृत्ति मार्फत छात्रबृत्ति प्रदान गरेको छौ ।
३) यो कुनै वर्ग र समुदायलाई भन्दा पनि अध्ययन गर्ने चाहने तर आर्थिक अवस्था कमजोर भएकाले पढाई छोडेका लाई पुन बिद्यालय नियमित ल्याउन र पढाई छोड्नु पर्ने अवस्था भएका बिद्याथीलाई केन्द्रमा राखेर बितरण गरिरहेको छौ ।
४) सरकारी बिद्यालयमा निःशुल्क शिक्षा भनिए पनि सामान्यतया बिद्यालयहरुले भर्ना शुल्क वापत, कोचिङ्ख कक्षा वापत, फारम शुल्क वापत, परिक्षा शुल्क वापत, अतिरित्त क्रियाकलाप वापतको शुल्कहरु लिगिरहेको हुन्छन् त्यस्ता रकमहरु तिर्नको लागि यो छात्रबृत्ति मार्फत रकम प्रदान गरिन्छ ।
५) बिद्यार्थीहरुलाई आवश्यक पर्ने, स्टेशनरी, बिद्यालय पोशाक,ब्याग, डिस्नेरी, क्यालकुलेटर, ज्यामिटि वक्स लागएतको शैक्षिक सामाग्रीहरु यस छात्रबृत्ति मार्फत बिद्यार्थीहरुलाई प्रदान गरिन्छ ।
६) सरकारी बिद्यालयमा अत्तिरित्त क्रियाकलाप कमी हुनाले बिद्याथीहरुले आफ्नो कुराहरु प्रष्टसँग राख्न नसक्ने , डराउने, लजाउने जस्ता कुरालाई कमी गराँउदै उनीहरुलाई आफ्नो क्षमता र दक्षता बिकास गर्नको लागि हामीले एक शैक्षिक सत्रमा ६ वटा क्षमता बिकास ,ब्यत्तित्व बिकास सँग सम्बन्धित कार्यक्रमहरु समेत गर्ने गर्दछौ । 
७) हरेक ४ महिनामा एक पटक अर्थात बर्षमा ३ पटक यस कार्यक्रमको अनुगमन तथा मुल्यांकन गर्दछौ जसको आधारमा बिद्यार्थीको प्रगती प्रतिबेदन सन्तोष जनक छ की नाई भनेर अथवा सुधार गर्नु पर्ने कुराहरुलाई ध्यानमा राखेर , बिद्यार्थी , अभिभावक र बिद्यालयहरुलाई सुझाब प्रदान गर्ने गर्दछौ ।
८) बर्षमा एक पटक अभिभावक शिकाई कार्यक्रम समेत संचालन गर्ने गर्दछौ जसवाट सामान्यतया आफ्नो बालबालिकाहरुको बारेमा उनीहरुको सिकाईको बारेमा, बानी ब्यवाहारको बारेमा, शारिरिक परिवर्तनको बारेमा अभिभावकहरुले केही बुझुन उनीहरुसँग निरन्तर संवाद गरुन् भन्ने हाम्रो अभिप्राय हो ।
९) यो कुनै आईएनजिओ हरुको परियोजना नभई सानो सानो सहयोग संकलन गरि संचालन गरिएको अभियान भएकाले यहाँहरुको निरन्तर सहयोग, सहकार्य , सल्लाह अनी शुझावको लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु । हामी निरन्तर यसलाई परिमार्जन गर्दे बिद्यार्थीहरुले गुणस्तरिय शिक्षा प्राप्त गर्न सफल बनाउन सकियोस उनीहरुलाई केवल किताबी ज्ञान मात्र भन्दा पनि समय सापेक्ष कुरा बिभिन्न माध्यामवाट सिकाई , शिकाईको फरक अभ्यास गर्ने सकियो भन्ने हाम्रो मान्यता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *