२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपाली चलचित्र ‘छिरिङ्ग’ अमेरिकाभर प्रदर्शन हुने

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ३१ गते १२:१९

सान-फ्रान्सिस्को –  चर्चित गायकद्वय निमा रुम्बा र यशकुमारसंगै रेड कार्पेट सहित नेपाली कथानक चलचित्र ‘छिरिङ्ग’ को प्रिमियर शो जुलाई २८ पर्यटकीय नगरी सान-फ्रान्सिस्कोमा हुने भएको छ ।

सान-फ्रान्सिस्को बे एरिया निवासी युवा नबिन बुढाथोकी समेत निर्माता रहेको नेपाली कथानक चलचित्र ‘छिरिङ्ग’ को प्रिमियर शो अमेरिकाको क्यालिफोर्निया राज्यको सान्-फ्रान्सिस्कोस्थिर अलामेडामा रहेको ‘मिचान थिएटर’ मा आउंदो जुलाई २८ मा रेड कार्पेट सहित आयोजना हुने निर्माता मध्यका एक युवा नबिन बुढाथोकीले जनाएका छन ।

चर्चित गायकहरु निमा रुम्बा, यशकुमार, कामना भुजेल सहित अन्य कलाकारहरु द्वारा अभिनित चलचित्र ‘छिरिङ्ग’ को अन्य निर्माताहरुमा सुनिल माथेमा प्रधान, एल बि दर्नाल रहनु भएको छ भने द्वन्द निर्देशक चन्द्र पन्त र नृत्य निर्देशक कविराज गहतराज रहनु भएको छ । नेपालको मनाङ्ग, मुस्तांग, जोमसोम र काठमाडौँका विभिन्न ठाउंमा छायांकन गरिएको चलचित्रको प्रिमियर शोमा कलाकारद्वय निमा रुम्बा र यशकुमार पनि सहभागी हुने निर्माता बुढाथोकीले बताए ।

लामो समयदेखि बे एरिया बस्दै आएका र नेपाली समुदायका हरेक कार्यक्रमहरुमा सकृय सहयोगिता जनाउंदै आएका युवा निर्माता बुढाथोकीले प्रवासमा पसिना बगाएर बचेँको समय र मेहनतले आफुपनी संलग्न नेपालएे कथानक चलचित्र ‘छिरिङ्ग’ को प्रदर्शनमा यस क्षेत्रवरपरका नेपाली समुदयका सदस्यहरुबाट सहयोग र हौसलाको अपेक्षा गरेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *