1

राष्ट्रवाद कुरामा होइन काममा हुनुपर्छ

1564 पटक पढिएको

– लक्ष्मण सिटाैला
एउटा छोटाे कथाबाट म यो लेखको सुरुवात गर्छु आज -” ज्यामिरे गाउँमा एक जना धनी तर कन्जुस व्यापारी बस्थे। उन्ले धेरै दुख कस्ट गरेर सम्पत्ती जोडेका थिए ।खर्च गर्न भनेसी भुत्तुक्कै हुन्थे । आफ्नै रोगको उपचार गर्न पनि लोभ गर्थे बुढा ।उनका एक छोरा थिय। तर एकदम पुल पुल्याएर राखेका। पढाए हुर्काए। बढाए। उ शिक्षित भयो। समय बित्तै गयो । उनी क्रम सगै बुढा हुँदै गए। रोग लागेको थियो। दिन दिनै गल्दै गए।
छोरा शहर बस्थे कसैले सोधपुछ गर्यो भने “बुडाैलीले छोएको अरु के हुनु भन्थ्यो  “। आधुनिकता  सभ्रान्तता  देखाउँथ्यो उ ।
-एक चोटी गाउँ बाट शहर आउदा आफुलाइ लाज हुन्छ भनेर बुढो भाको बाबूलाई  खाने सामलको भारी बोकाएर आएछ। आउँदा  एकजना उसैको साथीले बाटोमा देखेछ र सोध्यो  “उहाँ भारी बोक्ने कोहो नि भनेर” “उस्ले भनेछ- “मेरो भरिया” भनेछ। त्यो कुरा बाबुले सुनिरहेका रहेछन। बुढा रुदै रुदै शहर आएछ्न र बेलुका सुत्न लाग्दा- बाबुको आखामा आँसु देखेछ र सोधेछ -“किन रोका बाउ?” बाबुले -“भारी बोक्यो भन्दैमा भरिया भन्नू पर्थ्यो र छोरा मलाइ?भारी बोक्तैमा आफ्नो बाउ कसरी भरिया हुन्छ छोरा आज तैले मेरो चित्त दुखाइस । भो म मरेसी तैले मेरो किरिया पनि गर्नु पर्दैन अब “
बिहान घाम नझुल्किदै बाबू गाउँ गए। बिस्तारै  यहि चिन्ताले उन्को रोग पनि च्याप्तै गयो। बाचुन्जेल छोराले कहिले पनि बाबुको उपचारमा सहयोग गरेन। त्यत्रो कमाइदिए तर त्यो धन बुढालाइ कुनै काम लागेन। एइया एया भन्दै रोग पालेर बाचे।
एक दिन ज्यामिरे गाउँबाट बुबा बितेको खबर आयो। उस्ले बुबाले भनेको सम्झ्यो ,”म मरे पछि तैले किरिया गर्न पर्दैन”। उ बुबाको किरिया गर्न गएन। उस्ले सोच्यो ह्या यो आधुनिक जमानामा के को किरिया सिरिया। बरु उस्ले एउटा उपाए सोच्यो । पत्रीकामा बुबाको फोटो राखेर समबेदना छाप्ने। यसो भयो भने सबले मेरो नाम पनि थाहा पाउँछन् र बाबुलाइ खुब माया गर्दोरेछ भनेर सोचछन पनि  समाजले।
पत्रिकाको अगाडी पेजमा धेरै पैसा खर्च गरेर समबेदना छाप्यो। समबेदनामा लेखिएको थियो-
” हाम्रा कुलका कुल देवता मेरा पुज्यनीय पिताजी श्री बेख बहादुर थापाको ग्र्यान्डि  अस्पतालमा उपचार गराउदा गराउदै देहवसान भएको आज १३ औ दिनको पावन  तिथिमा उहाँ प्रती हार्दिक समवेदना ब्यक्त गर्दछु।”उही तपाइको एक्लो छोरा
टेक बहादुर थापाज्यामिरथोक,धादिङ”
 – गाउँबाट आउदा उस्को साथीलाइ मेरो भरिया भनेर चिनाएको मान्छेत उस्को पिताजी पो रहेछन । समबेदना पढेर त्यो साथी जिल्ल पर्यो र फोन गर्यो -” हरे के त पढेको मुर्ख होस ? आफ्नो भारी बोकेको बाबू चिनाउदा तलाइ लाज हुने अहिले लाख खर्च गरेर पत्रिकामार्फत  समबेदना छ्पाउनी? समबेदनाको बिज्ञापनमा लागेको लाख खर्च बुबाको उपचारमा लगाको भए अहिले बाबु उपचार नपाएर मर्नुत हुन्नथ्यो  ।सिटामोल नदिएर बाबू मारिस केको ग्र्यान्डि  महङो अस्पतालको नाम लिन्छस समबेदनामा  ?
मैले यो कथामा भने जस्तै हामी देशलाई लागेको रोगको उपचार गर्दैनौ तर अन्धरास्ट्रभक्ती गीत चाहिँ  खुबै गाइरहन्छौ । आफू सुतेको ओछ्यान ,  ओढ्ने सिरक, लगाउने लुगाफाटो, खाने चामल, टुकिमा बाल्ने मट्टीतेल सम्म अर्काको देशबाट आयात गर्छौ । आफू उत्पादन , सिर्जना र आविष्कार केही गर्दैनौं अनि गर्छौ महान रास्ट्रभक्तिका कुरा रास्ट्रवादका कुरा । उपचार नगरी बाबू मार्ने हामी अनि लाख खर्च गरेर अरुलाइ देखाउनका लागि समबेदना छपाउने पनि  हामी । पित्री भक्ति जसरी एउटा बेमान छोराले बाचुन्जेल बाबुको उपचार गर्दैन राम्रो सग पाल्दैन अनि बृद्दाश्रममा लगेर राख्छ र मरेपछि लाख खर्च गरि समबेदना छपाउछ । हाम्रो यहि हो पिता भक्ती । खै हामीले कति बुझ्यौ रास्ट्रभक्ति र पिता भक्ति । रास्ट्रभक्ती कुरामा होइन काममा हुनुपर्छ भन्ने कुराको बोध हामीले कहिले बुझ्नेहोला खै ?
भारत हाम्रो छिमेकी देश हो र नेपालीको दैनिकी सग भारत यसरी गासिएको छ कि भारतीय सहयोग बिना हाम्रो घरमा पाक्ने तरकारी  खल्लो हुन्छ ।  तर पनि हामीले भारत र भारतीयलाई गाली गर्न भने कहिले छोडेनौ । भारत र भारतीयहरुलाइ गरिने गाली सगै झ्यागिएको छ हाम्रो रास्ट्रवाद ।
 यसो किन भनेको भने अहिले हाम्रो देशको अवस्था पनि यो कथामा ब्यक्त गरेजस्तै  छ । हामी अरुलाइ देखाउनको लागि सामाजिक सेवा गरेजस्तो गर्छौ । हामीमा अन्ध रास्ट्रभक्तीले यति ब्यापार गरिरहेको छ कि हिजोआज फेसबुकको पेज केवल अन्धा रास्ट्रभक्तहरुका गाली गलौजले भरिन्छन ।
फगत फेसबुकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ तथानाम गाली गरेर हाम्रो रास्ट्रवाद अग्लिदैनथ्यो । रास्ट्रवाद छिमेकीको बदनाम र गाली गरेर उचो हुने भए पाकिस्तानले जति भारतको बिरोध अरु कस्ले गर्यो होलार ! तर पाकिस्तान अझैसम्म आफ्नो आर्थिक उन्नतिका लागि भारतकै निर्भरता ताकिरहेछ ।जातीयताको नारामा अलग भएका पाकिस्तान र बङलादेश आज पनि भारत भन्दा धेरै कुरामा पछाडि छन । सिमाना जोडिएका देशहरुमा धेरै कुराहरूको समानता हुन्छ । भाषा , धार्मिक  सास्कृतिक ,सामाजिक , रितिरिवाज , चालचलन , आर्थिक र अन्य  परम्पराहरु भारत सग मिल्छन र हामी दाजुभाइ जस्तै आदिम काल देखि मिलेर बसेका छौ ।
एकाध घटना लाइ लिएर सदियौ पुरानो मैत्रीपूर्ण ब्यवहार लाई आगो लागाउन हुदैन । मिलेर बस्नु जस्तो शौभाग्य अरु के मा हुन्छ होलार ? हाम्रो रास्ट्रवाद भगवान बुद्धको ” पन्चशील शिद्दान्त ” मा आधारित छ । हामीले भारत सग लडाइँ झगडा र वैमनस्यता साधेर के पाउछौ ?
हामी नेपालीमा मन नपरेको मान्छेलाई तुच्छ गाली दिएर उस्को खिसी उडाउने बानी छ । शायद यस्तो घटिया बानी पश्चिमाहरुमा छैन । साहस छ तागत छ बल बिबेक बर्कत बुद्धि छ आफैमा सम्पन्नता छ भने सिधै लडाइँ लड तर फेसबुके गालिले आफ्नै तुच्छता प्रकट हुन्छ । जुन फेसबुक हामी चलाइरहेछौ त्यो अमेरिकाको उत्पादन हो । जुन मोबाइल हामी अरुलाइ गाली गर्नमा उपयोग गरिरहेछौ त्यो चीनको हो ।
जुन कपडा हामी लागाएर आफुलाइ न्यानो पारिरहेछौ त्यो भारतको हो , जुन गाडी हामी यातायातका लागि चढिरहेछौ त्यो पनि भारत लगायत अन्य मुलुकहरूको हो । हामीले लेख्ने कलम, मसि ,फ्युल ,खाने दालमट सम्म भारत बाट आयात गर्छौ । हामी कृषिप्रधान देश हौ तर चामल भारतबाट आयात गर्नुपर्छ । नेपालीलाई चाहिने सबै उपभोग्य बस्तुका लागि हामी भारतमै पराश्रीत छौ । हामीले भारत सग माग्न नपर्ने चिज भनेको पानी मात्रै होला शायद  । पानीमा मात्रै हामी आत्मनिर्भर छौ । राति सुत्ने बेलामा लामखुट्टेको आक्रमण बाट बच्न समेत हामीले भारत निर्मित धुप बाल्छौ र लामखुट्टे धपाउछौ । खाजा खाने सामान्य  दालमोट समेत उत्पादन गर्न सक्तैनौ र बर्षको एक अरबकोत दालमोट खादा रे छौ है हामी ! अनि यस्तो खोक्रो रास्ट्रवादले के हुन्छ ?
एक अरबको दालमोठ अरुकै देशबाट किनेर खाने हामी नेपालीको यो रास्ट्रवादको महिमा कस्तो अपरम्पारको हो ?नदीनाला भुभाग सबै भारतले लग्यो किन्यो उपभोग गर्यौ भनेर उफ्रिनु हाम्रो बानी भैसकेको छ । जनकपुर भारतले फिर्ता माग्यो भनेर सामाजिक सन्जालमा भाइरल भएका छन ।अहिलेको सामाजिक सन्जाललाइ यति नै छाडा छोडिरहने हो भने हामी निकै धरापमा भासिने छौ कुनैदिन । खराब न्युज पढ्ने र हेर्ने आदत परेको छ हामीमा । हामी जति फुर्सदमा हुन्छौं जति बेइलमी हुन्छौ जति अनुत्पादक हुन्छौ त्यति त्यति रास्ट्रवादका नाराहरु घन्किन्छन ।
 बेफुर्सदमा हुनुपर्छ अनि थाहा हुन्न रास्ट्रवाद के हो । उत्पादनशील सिर्जनशील कर्मशील माहुरीहरुलाइ मह जम्मा गर्दैमा समय ब्यतित  हुन्छ । उ केवल रस खोज्छ उ केवल फूल खोज्छ उ केवल एकता खोज्छ आफै भित्र । आफुले जम्मा गरेको चाकाको सुरक्षा खोज्नु रास्ट्रवाद हो । तर हामी रस बिहीन अवस्थामा अन्ध रास्ट्रवादका कुरा गर्छौ । सबैथोक छ हामी सग तर केहि नभएको जस्तो दुखी छौ । यो सुख र कल्पनाको भोक मेट्न कल्पनातित अन्धरास्ट्रभक्तिले हुदैन । भूगोलको भोक हो रास्ट्रवाद तर हामी आफुले चाहिँ आफ्नो भूगोलको लागि कति खटिएका छौ त्यो पनि सोचौं ।
रास्ट्रवाद केहो बयानब्बे बर्षको उमेरमा चुनाव जितेर मलेसियालाई समृद्धिमा पुर्याउने महाथिरलाइ सोध्नुपर्छ । आफू सत्तामा रहुन्जेल सबै कुरा ठिक आफू सत्ता बाहिर भएपछि सबै कुरा बेठीक भन्ने भ्रममा छ हाम्रो नेपाली राजनीति । समय अनुसार चल्न सकियो भने मात्रै बाचिरहन्छ रास्ट्रवाद । पन्चायतकालमा महेन्द्रको रास्ट्रवाद त्यहिबेलाको समय सापेक्ष थियो होला । नेपाललाई दुई ढुङ्गा बिचको तरुल सम्झिने पृथ्वीनारायणको रास्ट्रवादी चिन्ता र चिन्तन अहिलेसम्म पनि सम्झन लायकको छ । आदर्शवादी चिन्ताले मात्रै हुनेवाला केही छैन । अहिले मानिसलाई कसरी जिवित रहने भन्ने कुराको चिन्ता छ । भोको पेटले रास्ट्रवाद हुदैन । पहिलो रास्ट्रवाद देशलाई आत्मनिर्भर बनाउने काम हो । नेपाललाई सप्पन्न बनाउन तिर लागौ पहिला त्यो नै पहिलो रास्ट्रवाद हो । कुरा होइन काममा बलियो हुन्छ नेपालीले सोचेको जस्तो रास्ट्रवाद ।

तपाईको प्रतिक्रिया

बलिउडको दबांग खान यानि कि सलमान खान हिन्दी चलचित्र उद्योगको एक सुपरस्टार हुन्। आज उनको फिल्म.. ...

जापान - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले विवेकशून्य वर्तमान सरकारमा.. ...

- लक्ष्मण सिटौला laxnanrajsitaula@gmail.com - म एक्ली छोरी । आस्था भन्छन मलाई । म असाध्य पुलपुलिएकी छु रे ! त्यही.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...