२०८१ वैशाख ७ गते | 19th of April 2024

एमाले-माअाेवादी विघटन : महासचिवमा पाैडेल र प्रवक्तामा नारायणकाजी

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ३ गते १२:१३

काठमान्डौं – एमाले-माअाेवादी विधिवतरूपमा विघटन भएका छन् । दुर्इ पार्टीकाे एकीकरण पश्चात् बन्न लागेको ‘नेपाल कम्युनिष्ट पार्टी’को सचिवालय टिम ९ सदस्यीय बन्ने भएको छ । एमाले नेता विष्णु रिमालका अनुसार सचिवालयमा केपी ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहेका छन् । 

एकीकृत पार्टीको महासचिवमा पौडेल र प्रवक्ताको जिम्मेवारीमा श्रेष्ठ रहने पनि उनले जानकारी दिए । यता, २४१ सदस्यीय केन्द्रीय टिम बन्नेमा ४५ सदस्यीय स्थायी समिति बनाउने भएको छ । यसअघि ४३ सदस्यीय स्थायी समिति बनाउने निर्णय गरेकामा दुई नेता छुटेकाले थप गरिने भएको छ । प्रचण्ड र अाेलीले अालाेपालाे अागामी महाधिवेशनसम्म पार्टी चलाउने समझदारी यसअघिनै कायम भइसकेकाे छ । 

एकीकृत कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यद्वारा शपथग्रहण

एमाले र माओवादी केन्द्र बिघटन भएपछिको संयुक्त बैठकमा एकीकृत पार्टीको केन्द्रीय समितिका सदस्यले शपथग्रहण गरेका छन् । उनीहरुलाई प्रधानमन्त्री एवं पूर्व एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।केन्द्रीय समितिको शपथग्रहण अघि प्रचण्डले ओलीलाई र ओलीले प्रचण्डलाई शपथग्रहण गराएका थिए । 

एमाले माओवादी केन्द्रबीचको एकता पछिको एकीकृत पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति  र ४५ सदस्यीय स्थायी कमिटी रहनेभएको छ । स्थायी कमिटीमा एमालेका तर्फबाट २६ र माओवादी केन्द्रका तर्फबाट १९ नेताहरु रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *