२०८१ वैशाख ८ गते | 20th of April 2024

ज्याक्शन हाइटमा नेपाली उबर चालक लुटिए

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ३ गते १८:२४

न्यूयार्क – हिजो राती करिब १२ बजे न्यूयोर्क ज्याक्शन हाइटमा एक नेपाली लक्ष्मण वाग्ले लुटिएका छन् । लुटेराको समुहले वाग्लेसंग रहेको करिव सात सय रुपैंयाँ नगद, क्रेडिट, डेबिट कार्ड, लाइसेन्स लगायत अन्य महत्वपूर्ण काजजात लगेको छ ।

कामबाट घर फर्किने क्रममा ज्याक्शन हाइटस्थित ९० र डेनम्यान स्ट्टिमा उनि लुटिएका हुन् । उबर चालक वाग्लेले लत्काल प्रहरीलाई खबर गरि अनुसन्धान गरिएको जनाइएको छ ।

लुटेराहरुले क्रेडिट कार्ड समेत प्रयोग गरेको वाग्लेले जानकारी दिएका छन् । उनको क्रेडिट कार्डबाट दुई सय रुपैंया बराबरको खरिद गरेको जनाइएको छ । साथै लुटेराहरुले वाग्लेको मोवाइल समेत फुटाएका छन् । लुटिने क्रममा वाग्ले एक्लै थिए ।

लुटेराहरुले आफुलाई कुटपिट समेत गरेको वाग्लेले जानकारी दिएका छन् । उनले भने तिन जनाको समुहमा आएका गहुँ गोरो वर्णका हिस्पानिस जस्ता देखिने लुटेराहरुसंग प्रतिकार गर्ने क्रममा मलाई मुख मुक्का हाने र शरिरमा समेत कुटपिट गरे ।

रातीको बेलो थियो कसैले सहयोग मागे जस्तो लाग्यो त्यसैले झ्याल खोलेँ तर मलाई लुटियो, लुटिएको बयान दिँदै वाग्लेले भने, रातीको बेला सबै सचेत भएर हिड्नुहोला, खसोखासले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *