२०८१ वैशाख १४ गते | 26th of April 2024

नेजाका उपाध्यक्ष लुईंटेलद्वारा राजिनामा

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ४ गते १४:४०

 भर्जिनिया – नेपाल अमेरिका पत्रकार संघ (नेजा) का उपाध्यक्ष गुणराज लुईंटेलले पदबाट राजिनामा दिएका छन् । आगामी जुन महिनामा सियाटलमा सम्पन्न हुन गईरहेको अधिवेशनमा सभापति पदका सम्भावित विजेता लुईंटेलको राजिनामाले प्रवासी पत्रकारिताको एक सक्रिय सदस्यको अभाव खट्काएको छ भने सामुदायिक सेवाका लागि गरिने पत्रकारिताका सदस्यहरु रहनुपर्ने नेजा छोड्ने क्रम बढेको छ ।

बाल्टिमोरमा अधिवेशन गराउने चाहना राखेका र नेजाका सल्लाहकार वरिष्ठ पत्रकार योगेश उपाध्यायको सोही रहरलाई बहुमतको बलमा सियाटल सारिएपछि लुईंटेल असन्तुष्ट रहदैं आएका थिए । फलस्वरूप नेजाबाट टाढिएर ‘डाउन टु अर्थ्’ कार्यक्रम संचालन गर्दै आएका थिए ।

त्यसो त अदृश्य राजनितिले गांजेको नेजामा  अमेरिकामा धुरन्धर सक्रिय  पत्रकारिता गर्ने धेरै पत्रकारहरुको समुह बाहिरै छ । लुईटेलको राजिनामाले नव-आगन्तुक सदस्यहरुलाई सोचने बाध्य पारेको छ ।

अधिवेशनको संघारमा आफ्नो राजिनामा घोषणा गरेका नेजाका संस्थापक सदस्य लुईटेलको बक्तव्य :

नेजा उपाध्यक्षबाट मेरो राजीनामा ! 

नेजाका पदाधिकारी तथा सदस्य साथीहरु,
मेरो विचारमा अमेरिका क्यानडामा रहेर हामी पत्रकारहरुले पत्रकारिताको मूल प्रवाहमा प्रवेश गर्दै नेपाल-नेपाली चासो र पहिचानका विषयहरुलाई अन्तरराष्ट्रियकरण गर्न अतिनै जरुरी छ । पत्रकारिताले चाहे, गरे र सकेमात्र नेपाली भाषा, साहित्य, संस्कृति साथै नेपाली पत्रकारिता, विज्ञान, प्रविधि र ब्यापारको छिटो अनि भरपर्दो रुपमा अन्तरराष्ट्रियकरण हुन सक्दछ । डायस्पोराको संचारको मूल मर्म पनि यही होला ।

यस दिशामा नेजा पूर्णत: उदासिन र असक्षम बन्दै गएको र यसमा सुधार गर्न सक्ने सम्भावना पनि दिन प्रतिदिन क्षीण हुदै गएको अवस्थामा नेजा नेतृत्वबाट बाहिर रहेरै एक संचारकर्मीको भूमिका निर्वाह गर्ने निर्णयमा पुगेको कुरा यहॉहरुलाई अवगत गराउन चाहन्छु । मेरो बुझाईमा आफ्नो लक्ष्य अनुसारको काम गर्न न त पदै चाहिन्छ न त कसैको बुई नै । नेजामा यी दुबै कुराप्रतिको मोह अतिनै बढेको मात्र होइन मलजल गर्दै हुर्काउदै लगिएको धेरै साथीहरुले महसुस गर्नु भएकै छ । नेजा नेतृत्वमा नरहे पनि नेपाली पत्रकारिताको विश्वब्यापी अभियानमा म तपाइहरु संगै हुनेछु । Let’s move forward together!
(Photo: Bimal Nepal ji)

फोटो : बिमल नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *