२०८१ वैशाख १३ गते | 25th of April 2024

” लिभ इन रिलेसनसिप “-२

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ५ गते ३:५२
  – लक्ष्मण सिटौला 
पारिजात स्मृति भवनबाट  नयाँ बजारतिर मोडिइ उ ।
खुट्टा एक रत्ती पनि अगाडि बढिरहेको थिएन। आफू सग भएको एउटा  जिवित  मुटु नै  त्यतै छोडेर आए जस्तो अनुभुती भो उस्लाइ ।आँखा अगाडि आएर “राज”को मायाले बाटो छेकिरह्यो । कति कुराहरू भन्न बाकी नै थिए तर समय नै पुगेन । छोरा बुझ्ने भैसकेको थियो । धेरै कुराहरू राजलाइ शेयर गर्छु र मज्जाले रुन्छु आजै हो मौका भन्ने योजनामा थिइ उ तर छोरा सामुन्ने थियो।
अन्त्स्चेतना भित्र बर्सौ देखि दबिएर रहेका अब्यक्त कुराहरूको पहाड थियो उस्को छाती भित्र । मन्दिर फर्किएर जादा छोराले अनेक प्रश्न गर्यो । त्यो अन्कल को हुन? तपाईं किन रुनु भएको ? उहाँ तपाईंको बच्चा बेलाको साथी हो ? आदि आदि । नेपाल आएपछि केहि दिनत उ अलमल्लिएकी थिइ । लगभग नौ बर्ष भित्र जिन्दगीमा आएको परिवर्तनलाइ उस्ले स्वीकार गर्दै अगाडि बढीरहि ।
आउने बाटो अझैसम्म अज्ञात नै थियो ।
उ सग अस्ट्रेलियाको पि आर त थियो तर त्यही पि आर सबैथोक होइन रहेनछ भनेर  बुझ्दै गइ । केही साचेर राखेका आँसु थिए छातीको दह भित्र । बेस्सरी रोइ राज सग आज । अतीतले पहिलो चोटि यसरी कोपर्यो कि यति बिचलित उ कहिले पनि भएकि थिइन ।
बैनीको बिहे भैसकेको थियो । बालाजुको सिग्देल परिवार सग । ज्वाइँ रास्ट्रबैंकमा अधिकृत थिए । बैनीको मागी बिहे भएको थियो । उसोत प्रेम बिहेमा उ बिश्वास राख्दैनथी । रिटायर्ड बुबालाई यसोतेसो भनेर उ चित्त पनि दुखाउन चाहन्नथी । अब जे भने पनि आमा सग नै हो । मायालाई एउटा खेद थियो मनमा कि बुबाले नै आफुलाइ जवर्जस्त अस्ट्रेलिया पठाउनु भएको भन्ने कुराले । म्हेपीबाट आएपछि उस्को अनुहारमा छाएको एउटा नमीठो न्यास्रो आमाले देखिन । आसुले धोएको आखाको डिल अलि सुन्निएको थियो ।
 जिन्दगीले यो नौ बर्षमा उस्लाइ  यसरी लखेटेर लग्यो कि आफ्नो प्रेमको बारेमा समेत कहिले सोच्नै भ्याइन । राज सगको आजको एक्कासि भेटले जिन्दगीको उस्को पहिलो प्रेमको बन्द ढोका फेरि उघारीयो । अतीतको एउटा सुनौलो उज्यालो आखामा छायो । उ पुलकित भइरहि । घर पुगे पछि उही आफ्नो पुरानो कोठामा एक्छिन सोचमग्न भइ । आज राज लाई भेट्ने कुनै योजना पनि थिएन तर सन्जोगले भेटायो ।
एक्लै कोठामा चुकुल हालेर सोचिरहेकी थिइ । ढोका ढक् ढक् गर्यो । उस्ले चुकुल खोलिदीइ । आमा भित्र पसिन ।
” आज तिम्लाइ हेर्न केटा आउदै छन “
” को केटा ! मलाई किन हेर्न आउनी ममी ?”
”  बिहे गर्न “
” के भन्नू हुन्छ दिमाग त ठिक छ तपाईंको ममी ?”
” मेरो दिमाग बिल्कुल ठिक छ । छोरालाई यहि छोडेर जाउ
   उस्लाइ हामी यहि हुर्काउछौ बढाउछौ पढाउछौ । तिमी बिहे
   गरेर दुलहा सहित अस्ट्रेलिया जाउ । हामी तिम्रो साथ छौ ।
” तपाईंलाई आफ्नो छोरीको माया लाग्छ भने मलाई पनि
   मेरो छोराको माया लाग्छ्नी ममी । म नाबालक छोरालाइ एक्लै
   छोडेर  कसरी बिहे गरि जाउ? के भन्छ मलाई इन्द्रले पनि ।
   जो सग म लिभ इन रिलेसनमा छु ।”
” तिम्ले अहिलेसम्म कसैसग कानुनत बिहेत गरेकी छैनौनी ?
” छैन “
” हामीले यो छोरा कस्को हो भनेर सोधपुछ गरेका पनि
  छैनौ । हाम्रो एक गल्तीको कारण तिमीले सधैं किन दुख
  पाउने? तिम्रो जीवन तिम्रो अधिकार हो छोरी!”
” मेरो जीवन मेरो अधिकार भनेर त्यतिबेला किन सोच्नु भएन?
” अब बिगतमा गएर किन पछुताउने ? अहिले पनि के बिग्रेको छ?
     – आखिर त्यो दिन मायालाइ हेर्न एउटा केटा घरमा आयो ।
– के हामी बिहे गर्दै छौ ?
– म कसरी भन्न सक्छु ?
– म तपाईलाई कस्तो लाग्यो?
– पहिलो पटक भेट्दैछु सङ्गत नगरी कसरी भनु ?
– के अब हामी सङ्गत गर्न सक्छौ ?
– के को लागि सङ्गत गर्ने ? बिहेको लागि हो भने म त छोराकी
  आमा हु  र बिहे भनेको एक पटक हुन्छ ।
– थाहा छ तपाईंको छोरा छ ।
– अनि केको लागि मलाई हेर्न आउनु भएको ?
– तपाईलाई अस्ट्रेलिया पढ्न जादा मेरो बाबाले बीस लाख ऋण
  हालिदिनुभएको थियो । त्यो पैसा अझैसम्म फिर्ता पाएको छैनौ
  हामी पेपर म्यारिज गर्छौ र डिपेन्डेन भिसामा म तपाईं सग
  अस्ट्रेलिया जान्छु र उतै काम गर्छु । तपाईहरुले त्यो पैसा
  हामीलाई फिर्ता गरिरहनु पर्दैन । वास्तविकता यहि हो ।
एउटा नमीठो सपना देखेर एक्कासि ब्युझिए जस्तो लाग्यो मायालाइ । वास्तविकता त्यो पो रहेछ । मानिस आखिर जता गए पनि जाहा रहेपनि यथार्थ उसैसग हिडिरहन्छ । छोरा अब अस्ट्रेलिया नजाने भयो । बीस लाख ऋणको कारण काखको छोरालाई छोडेर माया अस्ट्रेलिया जाने भै । पेपर म्यारिज सकियो । छोरालाइ नजिकैको बोर्डिङ स्कुलमा भरणा गरेको भोलिपल्ट उ अस्ट्रेलिया उडि ।
छोरालाइ जुन बोर्डिङमा उस्ले भर्ना गरेकी थिइ त्यही स्कुलको प्रीन्सिपल थियो राज । तर मायालाई यो कुरा थाहा थिएन । आफ्नो प्रेमिकाले केहि नभनी गएकोमा राजलाइ दुख लाग्यो ।
अस्ट्रेलियाको सिडनी एयर्पोर्ट झरेर सेन्टर पुगि र पारामाटाको लागि रेल चढि । साझ परिसकेको थियो ।
पारामाटा पुग्दा बेलुकीको नौ बजिरहेको थियो । कोठामा पुग्दा फेरि उ अचम्मित भै । इन्द्र  सग फेरि त्यो जापानीज केटी यासिरा साथमा थिइ । उसलाई देख्नासाथ यासिरा खुसी भै र हग गरि । उनीहरूले त्यो दिन रमाइलो गरे । वाइन पिए । नेपाल बाट लिएर गएको केही कोसेली सबैले बाडिचुडि खाए उनीहरूले । धेरै समयपछि भेट्न् पाउदा यासिरा माया सग खुसी थिइ । डाइनिङ्ग टेबुलमा बसेर तिनैजनाले खाना खादै गर्दा यासिराले इन्द्रलाइ ओठमा चुम्बन गरि । त्यो देखेर मायालाई इन्द्र  प्रति घृणा लाग्यो । आखिर त्यत्रो समय सगै बसेको आफ्नो हक लागेको पुरुषले आफ्नै अगाडि
अर्की केटीलाई माया गर्दा मायाको छाती जल्नु स्वाभाविक पनि थियो ।
उस्ले हपार्न सक्थी इन्द्रलाइ तर त्यसो गरिन ।
 उस्ले बुझेकी थिइ जिन्दगीको नियती । चुपचापले बसि । खाना खाइ । वाइन पिइ । रुम सफा गरि । इन्द्र यसिरा सग गफिन थाल्यो वाइनको मातमा । म नेपाल गएपछि उ यता आएकी रहिछ । म नभए पछि इन्द्रले उस्लाइ यता बोलाएछ । आखिर पुरुषहरु किन एक्लै सुत्न सक्तैनन ह ?  कस्तो जात हो यो पुरुष ? स्त्री भोगका लागि मात्रै जन्मेका हुनत पुरुष ? मायाको मन त्यो रात धेरै दुख्यो । उस्तै थियोे रात जस्तो अघिपछि । हिजो आफ्नो छोरा थियो। स्नेहले कर्ली कपाल सुमसुम्याउदै छोराको निन्द्रा बोलाएपछी मात्रै उ निदाउथी तर आज उही एक्लै पुरानो  भान्सा कोठामा छे । समय पनि पृथ्वी जस्तै गोलो छ । घुमिरहन्छ फनफनी ।
धेरै दिन पछि पिएर होकि । वाइनले उस्का गाला नि राता भए  । यासिरा र इन्द्र सगै सुते । माया भान्सामा एक्लै । सुरुका दिनको याद आयो उसलाई । यासिरा र इन्द्र ओछ्यानमा चलेको आवाज सुन्थी उ । जति कोल्टे फर्किय पनि निन्द्रा आइरहेको थिएन ।
उ कल्पना गर्थी इन्द्र आइदिए पनि हुन्थ्यो । नभन्दै रातको १ बजे इन्द्रले ढोका ढक् ढक्यायो । उस्ले चुकुल खोली । बत्ती बाली । इन्द्र अगाडि देखि ।वाइनको मादमा थिइ उ केही भनिन । फेरि फर्किएर ओछ्यानमा सुति । इन्द्रले बिस्तारै साउती गर्यो – ” तिमी रिसाकी “?
 असरल्ल परेको मायाको कालो लामो कपाल सम्हाल्दै इन्द्र उस्को छेउमा पल्टियो ।
– यासिरा भोलि जान्छे,
– स्त्री बिना एक्लै सुत्न सक्नु हुन्न तपाईं ?
– यासिरा मेरी पुरानी प्रेमीका हो । तिमी भन्दा पहिला मैले उस्लाइ
  भेटेको । म प्रती पहिलो हक त उस्को हो नि । यता नर्थस्वरमा
  जागिर मिलेको छ उस्लाइ त्यसैले मैले नै जापानबाट
  आउ भनेको बिचरी उस्को के गल्ती ?।
– गल्तित मेरो थियो नि कसैले आउ भन्दा आउने जाउ भन्दा जाने
  अलिकति लाज लागेन तपाईलाई कि मेरै अगाडि उस्को ओठमा
   मुवाइ खानलाइ। मलाई देखाउनु जरुरी थियो ? मान्छे के पशु
   हो र ? के सोच्नुहुन्छ ह आफुले आफैलाइ ?”
– धेरै सतीसावित्री नबन । यही भान्साकोठा हो जो तिमी तिम्रो
  आफन्त पर्नी हरी हो कि ह्यारी भन्ने मनुष्य सग सुतेकी ।
  अरुलाइ चरीत्र सिकाउनु पहिले आफ्नो चरीत्र तिर पनि ध्यान
  दिनु नि किन वाहियात बकबक गर्नु !
– सरि इन्द्र मेरो आँखा खोल्दियौ
दुवैको चर्को आवाज सुनेपछि पल्लो कोठामा सुतेकी यासिराले ढोका खोल्नु भनी । तीनै जना वाइनको मातमा थिए । सबै एकै ठाउमा सुते । झगडा तत्काल अन्त भो । झगडा के कारणले भयो र कसरी साम्य भयो । मनुष्य यौनको भोक लिएर बाचेको हुन्छ।
ती तीनकै भोक तृप्ती सगै झगडाको पनि अन्त भो ।
भोलि देखि यासिरा एक घन्टाको बाटो हुँदै नर्थस्वरमा काममा जान थाली ।
इन्द्रले बैन्कस्टाउनको मिप्रो कम्पनीमा काम पायो ।
माया आफ्नै पुरानो रेस्टुरेन्टमा काममा फर्की । केही दिन समय चुपचापले बगिरह्यो जसरी बहन्छ बर्षा सक्किए पछिको नदी ।
निशब्द बग्छ यो । कुनै दिन किनारालाइ भत्काएको र उजन्डता मच्चाएको बिर्सन्छ उस्ले । तीनै जना कामबाट थाकेर आउथे।
मिलेर खाना बनाउथे । मिलेरै ग्रोसरी किन्थे । मिलेर खान्थे । दैनिक रमाइलो गर्थे वाइन पिउथे । इन्द्र दुवैमा बराबर बाडिन थाल्यो । लाज र सन्कोच हराए । आखिर मान्छे हुन । मिलेर बस्नुको विकल्प देखेनन तिनीहरूले । यति मिल्दै गएकी ती तीनको ओछ्यान पनि एकै भए  । सोच्दा अचम्म लाग्छ तर यथार्थ त यहि थियो ।
यासिरा अब नर्थस्वर डेरा नसर्ने भै ।
माया ,यासिरा र इन्द्र सगै बस्न थाले । मन मिलेपछि अन्य  कुराहरु सामान्य लाग्छन । दुइटा स्त्री साथी एउटा पुरुष एकै कोठामा सगै बस्नु अरुलाइ देख्दात शायद असमान्य लाग्यो होला तर उनीहरूले यस्लाइ सामान्य ढंगले लिए ।
जीवनमा कतिपय घटनाहरू सुरुमा असमान्य लाग्छन तर पछि तिनै कुराहरू सग समन्वित हुन्छ मान्छे  । लाखौ ऋण गरेर अस्ट्रेलिया पुगेकी माया यो दश बर्षको दौरानमा उस्ले आफुलाइ कति परिवर्तन गर्न सकि त्यो उसैलाई थाहा होला ।
बालक छोरा छोडेर आउनुपर्दाको पीडा उस्ले सहि । हजूरबुबा हजूराआमाको काखमा छोडेर आउँदा पनि घरी घरी काम गर्दा उ झल्यास्स हुन्थी । उस्ले काखको छोरा किन छोडेर आइ ? उ आफैलाइ प्रश्न गर्छे तर उत्तर पाउदिन । जस्ले ऋण दियो उसैको छोरा सग उस्ले अदालतमा गएर पेपर म्यारिज गरि । अब केही दिनमा उस्ले आफ्नो कानुनी लोग्नेलाई भिषा प्रोसेसिङ्गका लागि पेपर पठाउदै छे । सिर्फ अस्ट्रेलिया झिकाइदिनु मात्रै जिम्मेवारी थियो उस्को । त्यसपछिको तपसिलका कुराहरू केटो आफैले जानोस ।
यहि शर्तमा पेपर म्यारिज दर्ता गरिएको थियो ।
मायाले यो घटना आफ्नो रुम पार्टनर इन्द्रलाई भनेको थिइन । यो भनिरहनु उस्ले आवश्यक पनि ठानिन । यो मायाको आफ्नो निजि कुरा पनि थियो । यतिका समयसम्म कमाएको पैसा खासै बचेको पनि थिएन । अरुले दुई दुई ठाउमा फुल टाइम काम  गर्थे तर मायाले गर्न सकिन । कमाएको जति पैसा कलेज फि कोठा भाडा र खानामै खर्च भयो । उ आउदा चौध लाख खर्च लागेको सुनेकी थी उस्ले तर पछि ब्याज जोडदा बीस लाख पुगेको रहेछ ।
उता काठमाडौ बाट उस्को कानुनी लोग्नेले पेपर छिटो पठाउ भनेर दबाब दिन थाल्यो । र घरबाट उस्की आमाले जति सक्तो पेपर बनाएर पठाइदेउ भनिरहेकी थिइन । एक दिन उ आफू पढेको कलेज गइन सिफारिस ल्याइन र बाकी अन्य कागजात तयार पारिन । पोस्ट गरेर पठाउदा धेरै समय लाग्ने हुदा एकजना चिनेकी साथी नेपाल जाँदै थिइन उनकै हातमा डिपेन्डेन भिसा प्रोसेसका लागि कागजपत्र पठाइदिइ ।
यासिराले मायाको लागि पनि उतै आफ्नो अफिसमा काम खोजिन । अब हरेक दिन दुवै पारामाटा बाट नर्थस्वर धाउन थाले
 । एकदिन हर्स्टभिलमा काम छ भनी यासिराले । दुवैजना त्यही ओर्लिए । शुक्रबारको दिन थियो । यासिराको एकजना पुरानो नेपाली केटा साथी रहेछ। आज त्यही रमाइलो गर्नी कुरा भयो ।
बेलुकी भएपछि हरि पनि त्याहा आयो एक्कासि । यासिराको जुन नेपाली साथी थियो त्यो साथीको साथी पो रहेछ हरि जस्ले मायालाई एक महिना आफ्नो रुममा राखेको थियो । हरि लागू औषधीमा जेल परेको थाहा थियो मायालाई । तर जेलबाट निस्केको थाहा थिएन । मायालाई देख्ना साथ हरिले आफ्नी  प्रेमीकालाइ हग गर्यो र भन्यो “हाम्रो छोरा कत्रो भो ?”
मायाले केहि भन्न सकिन । उ चुपचापले बसि । यासिरा भान्सामा केहि पकाउन थाली । माया, हरि र उपनिवेश गफिन थाले । हरि र माया बिच त्यस्तो झगडा पनि भएको थिएन । कलेज अपाएक परेर उ पारामाटा सरेकी थिइ । जे भए पनि उ त्यो अतीतलाई बिर्सन चाहन्थी । तर घरीघरी त्यही अतीतले उसलाई कतैन कतै बाट घेरा हाल्थ्यो ।  ” आज शुक्रबार रमाइलो गर्नी होइन ” हरिले मायाको आखामा आँखा जुधाउदै अनुरोध गर्यो । उपनिवेशले सपिङ्ग मलबाट वाइन किनेर ल्यायो ।
उपनिवेश र हरि लगौटिया साथी रहेछन । आज था भो यासिरालाइ । एक्छिनपछी यासिराको मोबाइलमा इन्द्रको फोन आयो । इन्द्र आज बेलुकी  बैन्क्सटाउन साथीकोमा बस्नी भनेर । इन्द्र पारामाटा नआउने भए पछि यासिरा र माया पनि आज हर्स्टभिलमै बस्नी भए ।
साझ रमाइलो भो ।
अघिपछि सबै जना आ आफ्नै काममा ब्यस्त आज शुक्रबार हो उनीहरूले अलिकति रमाइलो गर्ने दिन त्यो पनि काम सकेर फर्किएपछि ।
हप्तान्तमा बैक एकाउन्टमा पैसा हालिदिन्छ कम्पनीले । शुक्रबार सबैको एकाउन्टमा तलब जम्मा भैसकेको हुन्छ । उनीहरू नौ बजेसम्म वाइन पिएर रमाइलो गरे ।
नौ बजेपछि रेल स्टेशन नजिक रहेको रात्रीकालिन पबमा गए ।
यासिरालाइ अघि कोठामै पिएको वाइन लागिसकेको थियो । त्याहा पब पुगेपछि पनि चारैजनाले फेरि फुल एक एक गिलास बियर पिए ।
यासिरा डान्स गर्न थाली नसामा । केहि बेरपछी उपनिवेश लाई पनि सगै नचाउन थाली । दुवै मस्तले म्युजिकको आनन्द लिन थाले । हरि पनि फ्लोरमा बियरको बोतल लिएर नाच्न थाल्यो ।
माया पनि हरि सगै नाच्न थाली । दुवै आनन्द बिभोरले नाचे।
उनीहरू त्यताबाट फेरि टाउनहलतिर गए । फेरि अर्को पबमा छिरे । यासिरा एक गिलास बिएर पिउदै नाच्न थाली । उपनिवेश र हरि पोकर खेल्न थाले । उपनिवेशले दुई शय डलर हार्यो । आज हरिलाइ खुब दाउ लागिरहेको थियो । अचानक उस्लाइ पाँच हजार डलरको ज्याकपोट पर्यो । सब हल्ला खल्ला भो । रमाइलो गरे उनीहरूले । जितेको रमाइलोमा हरिले मायालाइ बोक्यो । दुवै खुसी भए  । उपनिवेश र यासिरा हर्स्टभिल गए रुममा । हरिले उपनिवेशलाइ पाँच शय जिताउरी दियो । हरि र माया आफ्नै पुरानो कोठामा गए ट्याक्सि चढेर । आकाश बाट मिर्मेरे उज्यालो धरती तिर खसिरहेको थियो।….. क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *