२०८१ वैशाख ११ गते | 23rd of April 2024

तामाङ्ग सोसाइटी, लस एन्जलसको कार्यसमिति पुनर्गठन

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ५ गते १७:०४

लसएन्जलस – तामांग सोसाइटी अफ लसएन्जलसका अध्यक्ष टेक लामा वाइवाले सोसाइटीको कार्यसमिति पुनर्गठन गर्नु भएको छ ।सोसाइटीको पुनर्गठित कार्यसमितिमा अध्यक्ष लामाले राम तामांग-प्रथम उपाध्यक्ष, बलराम तामांग- उपाध्यक्ष, डोल्मा लामा- महासचिव, केशर लामा-सचिव, बिन्दु लामा-कोषाध्यक्ष, सोनी लामा-सह-कोषाध्यक्ष, सदस्यहरुमा तिर्थ घिसिङ्ग, संजोग योञ्जन, सुमिधा तामांग, कमल थिङ्ग, टिका लामा, हरि पाख्रिन, सोमबहादुर तामांग, रविश वाइवा मनोनयन गर्नु भएको छ ।

२०१७ सुरु भएको तामांग सोसाइटी अफ लसएन्जलसको पुनर्गठित कार्यसमिति सर्वसम्मतले चयन गरिएको अध्यक्ष लामाले जानकारी दिनु भएको छ । अध्यक्ष लामाका अनुसार सोसाइटीले नेपालीको पहिचान झल्किने सांस्कृतिक कार्यक्रमहरु संचालन गर्दै नेपाली अमेरिकनको हितमा विभिन्न खालका लोक कल्याणकारी कार्यक्रम संचालन गर्ने जानकारी दिनुभएको छ । सोसाइटीका तर्फबाट उत्तर अमेरिकाभरि छरिएर रहेका तामांगहरुलाई एककृत गर्दै सहकार्य र एकता सहित तामांग जातिको भाषा, संस्कृति र भेषभुषा संरक्षण गर्दै आउने पुस्तालाई हस्तान्तरण गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिने छ ।

अध्यक्ष लामाले सोसाइटीले नेपाली अमेरिकनको हितमा कार्यक्रमहरु संचालन गर्न र आपतकालीन सहयोग गर्नको लागि करिव पचाश हजार अमेरिकी डलरको उत्तर अमेरिकी इमर्जेन्सी फन्ड संकलन कार्य समेत सुरु गरिएको जानकारी दिनु भयो । अध्यक्ष लामाले आपतकालीन सहयोग फन्ड संकलनमा आफ्नो हैसियत अनुसारको सहयोग जुटाई दिनु हुन सादर अनुरोध समेत गर्नु भएको छ । लामाले तामांग सोसाइटी उत्तर अमेरिकाको वार्षिक साधारणसभा अर्को वर्ष २०१९ को जनवरी महिनामा लसएन्जलसमा आयोजना गर्दै सम्पूर्ण तामांगहरुलाई स्वागत गर्ने जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *