२०८१ वैशाख १४ गते | 26th of April 2024

जोरपाटीका चापागाईलाई उत्कृष्ट प्रेसिडेन्टको उपाधी

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ६ गते ०:३४

काठमान्डौं – लायन्स क्लब अफ काठमाडौं जोरपाटीका प्रेसिडेन्ट दीपक चापागाईले मल्टिपल डिस्ट्रिक्ट मध्येमा नै लायनस्टिक वर्ष २०१७–१८ को उत्कृष्ट प्रेसिडेन्टको उपाधि जित्नु भएको छ । नेपालमा रहेका लायन्स क्लबका प्रेसिडेन्टहरु मध्ये सबैभन्दा उत्कृष्ट काम गरी संगठन विस्तारमा समेत विशेष योगदान दिएकाले चापागाईलाई उपाधि प्रदान गरिएको हो । शनिवार राजधानीमा आयोजित कार्यक्रममा लायन्स क्लबका पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतानले चापागाईलाई उपाधि प्रदान गर्नुभयो ।

यो उपाधि आफनो मात्र नभई सिंगो लायन्स क्लब अफ काठमाडौं जोरपाटीले हासिल गरेको उपाधि भएको चापागाईले बताउनुभयो । आफनो कार्यकाल सफल बनाउन सहयोग गर्ने लायन्स क्लब अफ काठमाडौं जोरपाटीका सबै सदस्यहरुलाई चापागाईले विशेष धन्यवाद दिनुभयो । कार्यक्रममा विविध क्षेत्रमा योगदान गर्ने अन्य लायन्सहरुलाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *