२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

सरकारको नीति तथा कार्यक्रम शब्दजालको भुलभुलैया – प्रदीप पौडेल

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ८ गते १६:३०

काठमान्डौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारको नीति तथा कार्यक्रम शब्दजालकोे भुलभुलैया मात्र भएको टिप्पणी गर्नु भएको छ । मंगलवार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य पौडेलले इतिहासकै सबैभन्दा शक्तिशाली भनी प्रचार गरिएको सरकारको नीति तथा कार्यक्रमलाई खोक्रो भाषणको संज्ञा दिनुभयो ।

नीति तथा कार्यक्रममा यो गरिनेछ, त्यो गरिनेछ भनेर केही महत्वाकांक्षी योजनाहरु छन् तर कसरी लक्ष्य हासिल गरिनेछ, त्यो केही उल्लेख छैन, पौडेलले भन्नुभयो । विकास र समृद्धिको अर्जुनदृष्टि सहित आफू अघि बढिरहेको बताउने वर्तमान सरकारले ल्याएको फितलो नीति तथा कार्यक्रमबाट आम जनता निराश भएको पौडेलले बताउनुभयो । बेग्लै प्रसंगमा पौडेलले फौजदारी अभियोग लागेका सांसदलाई नियमावली मार्फत् नभई ऐन–कानून मार्फत नै कार्वाहीको दायरमा ल्याउनु पर्ने धारणा राख्नुभयो ।

फौजदारी अभियोग लागेका सरकारी कर्मचारी र सुरक्षा निकायका अधिकारीहरुलाई तत्काल निलम्बन गरिन्छ, सांसदहरु त अझ विशिष्ट मर्यादा भएका व्यक्तिहरु हुन्, त्यसैले उनीहरुमाथि फौजदारी अभियोग लागेमा निलम्बन नै गर्नुपर्छ, नियमावलीको साहारा लिनु हुँदैन, पौडेलको भनाइ थियो । सत्तारुढ दल नै त्यस्ता सांसदलाई जोगाउने खेलमा लागेको भन्दै पौडेलले दोष चाहिँ कांग्रेसमा थाप्लोमा हाल्न खोज्नु भद्दा मजाक मात्र भएको प्रतिक्रिया दिनुभयो । कुनै पनि ऐन कानून पास गर्ने स्पष्ट संख्या वर्तमान सरकारसँग भएकाले आम जनतालाई भ्रममा नपारी कानुनी राज्यको प्रत्याभूति दिने गरी कार्य सम्पादन गर्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']