२०८१ वैशाख १३ गते | 25th of April 2024

टेक्सास र क्यालिफोर्नियामा कन्सुलेट राख्ने बिषय अध्यनमा – परराष्ट्र मन्त्री ज्ञवाली

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १० गते ९:२३

टेक्सास – नेपालीहरुको ठुलो संख्यामा बसोबास रहेका अमेरिकाको दुई राज्य टेक्सास र क्यालिफोर्नियामा नेपाली कन्सुलेट कार्यालय राख्ने बिषयमा आफुहरुले अध्यन गरिरहेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताउनुभएको छ । पत्रकार सूर्य थापासंग कार्यक्रम यु स्टाट अगेनका लागि सिंहदरबारमा कुरा गर्दै मन्त्री ज्ञवालीले अमेरिकाको टेक्सास र क्यालिफोर्निया राज्यमा रहेका नेपालीहरुबाट कन्सुलेटको माग भईरहेकोले आफु सकारात्मक भएर अध्यन गरिरहेको बताउनुभएको छ ।

मन्त्री ज्ञवालीका अनुसार सरकारले कन्सुलेट स्थापना गर्नु पुर्व मुख्य दुई कुरालाई आधार मानेर अध्यन गर्ने बताउनुभएको छ । सरकारले कुनै पनि नयां ठांउमा कन्सुलेट स्थापना गर्दा सरकारलाई स्थानिय क्षेत्रमा आर्थिक साझेदारीको सम्भावना र दोश्रो त्यंहा रहेका नेपालीहरुको आवश्यकतालाई आधार मानेर निर्णय लिने बताउनुभयो । मन्त्री ज्ञवालीसंग अमेरिकामा रहेका नेपालीका साथै बिदेशमा रहेका नेपाली र नेपालको बिदेश सम्बन्धका बारेमा गरिएको बिस्तृत अन्र्तवार्ता कार्यक्रम यु स्टाट अगेनमा प्रस्तुत हुदैछ ।
भिडियो हेर्न यंहा क्लीक गर्नुहोस् :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *