२०८१ वैशाख १५ गते | 27th of April 2024

गोकर्णेश्वर– ६ मा नि:शुल्क स्वास्थ्य शिविर आयोजना, सयौं लाभान्वित

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १२ गते १९:१८

काठमान्डौं – नेपाल क्यान्सर हस्पिटल र नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा शनिवार राजधानीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित चामुण्डा पार्टी प्यालेसमा आयोजित शिविरमा महिलामा बढी हुने स्तन तथा पाठेघरको मुखमा हुने क्यान्सरको निशुल्क परीक्षण गरिएको थियो । 

शिविरमा ४ सय भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा लक्ष्मी नारायण महिला समूहको आयोजनामा भएको शिविरमा कोइराला मेडिकल हलको तर्फबाट निशुल्क औषधि वितरण गरिएको थियो । शिविरको उद्घाटन एक कार्यक्रमबीच पूर्व मन्त्री तथा नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतले गर्नु भएको थियो । महामारीको रुप लिइरहेको क्यान्सर रोग विरुद्ध यस्ता शिविरहरु निरन्तर आयोजना गर्नुपर्ने पूर्वमन्त्री बस्नेतले बताउनुभयो । 

सांसद सरिता न्यौपानेले स्थानीय स्तरमा प्रभावकारी जनचेतना सिर्जना गर्न यस्ता शिविरहरु महत्वपूर्ण हुने बताउनुभयो । लक्ष्मी नारायण महिला समूहकी अध्यक्ष इन्दिरा दाहालको सभापतित्वमा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्यालले आगामी दिनमा पनि यस्ता खाले शिविर आयोजना गरिने बताउनुभयो । समूहकी सचिव गीता अर्यालले शिविरमा जाँच गराउनेलाई कोइराला मेडिकल हल तथा कान्तिपुर अप्टिकलले उपलब्ध गराउने सेवामा विशेष छुट दिइने जानकारी दिनुभयो । शिविरमा कोइराला मेडिकल हलको तर्फबाट प्राविधिक सहयोग पनि उपलब्ध गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *