२०८१ वैशाख ७ गते | 19th of April 2024

सरकारको सय दिनको अवधि निराशाजनक – प्रदीप पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १२ गते १९:३७

काठमान्डौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारको एक सय दिनको अवधि निराशाजनक रहेको टिप्पणी गर्नु भएको छ । इतिहासकै शक्तिशाली भनेर चर्चा गरिएको वर्तमान सरकारले जनताको पक्षमा खासै केही गर्न नसकेको पौडेलले बताउनुभयो । नेपाल प्रजातान्त्रीक फार्मेसी संघले शनिवार राजधानीमा गरेको कार्यक्रममा पौडेलले लगातार इन्धनको मूल्यमा वृद्धि गरी सरकारले जनताको ढाड सेक्ने काम गरेको आरोप लगाउनुभयो । लगातार इन्धनको मूल्य वृद्धि हुँदा सबै क्षेत्रमा मंहगी बढेको छ, आम जनताको दैनिकी कष्टकर हुँदा समेत सरकार रमिते बनेको छ पौडेलले भन्नुभयो ।

नाकाबन्दीको समयमा राष्ट्रवादको राप ओकलेर आफनो दललाई पछिल्लो चुनाव जिताएका केपी ओलीको असली राष्ट्रवाद मोदी भ्रमणबाट छताछुल्ल भएको पौडेलको आरोप थियो । नेपाली सेना विदेशी पाहुनालाई सुरक्षा दिन सक्षम छैन भन्ने प्रमाण पनि वर्तमान सरकारले दिएको उहाँले बताउनुभयो । लामो समय सम्म न्यायलयलाई पूर्णता दिन असफल भएको वर्तमान सरकार माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएर ज्ञानेन्द्र पथमा उन्मुख भएको उहाँको भनाइ थियो । कुनै योजना तथा तयारी विना महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेर वर्तमान सरकारले जनताको आखाँमा छारो हाल्ने काम गरेको उहाँले बताउनुभयो । लोकतान्त्रीक पद्धतिलाई बलियो बनाउनु पर्नेमा प्रधानमन्त्री स्वमं मात्र बलियो हुने खेलमा लागेको भन्दै उहाँले पार्टी विशेषलाई नभएर सिंगो देशलाई शक्तिशाली बनाउन सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *