२०८१ वैशाख १२ गते | 24th of April 2024

नेपाल तरुण दल दिल्ली शाखाको प्रशिक्षण भेला सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १३ गते १७:३५

नयाँ दिल्ली – नेपाल तरुण दल ,भारत दिल्ली शाखाको आयोजनामा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रम आज भव्यताका साथमा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित हुनको लागि शनिबार बिहानै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत र नेपाली कांग्रेसका प्रवक्ता विश्वो प्रकाश शर्मा नया दिल्ली तर्फ प्रस्थान गर्नुभएको थियो । देशभर यति बेला निकै जोश जाँगरका साथ लागिपरिरहेको तरुण दल विदेश शाखामा समेत उत्तिनै उर्जाशील तरिकाले अगाडी बढेको देखिन्छ । निकै कम समयमा तरुण दल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको नेतृत्वले तरुण दललाई ठुलो उपलब्धि दिएको छ जसको कारण नेपाली जनतामा कांग्रेस प्रतिको विश्वास आज प्रगाड बन्दै गएको पनि देखिन्छ ।

भारतको दिल्ली शाखाको प्रशिक्षण भेलामा समेत उपस्थित हुनेको संख्या धेरै नै रहेको थियो । नेपाल भन्दा बाहिर रहेर पनि नेपाली राजनीति क्रममा यसरी सक्रिय हुनु आफैमा चुनौतीपूर्ण देखिन्छ । तर पनि नेपाल तरुण दल ,भारत दिल्ली शाखाका अध्यक्ष राहुल रेग्मीले आफ्नो कुशल क्षेमता देखाई भारतमा समेत नेपाल तरुण दललाई बलियो बनाएर राखेको देखिन्छ जसको कारण भारतमा पनि धेरैको मनमा नेपाली कांग्रेस प्रति आस्था देखिन्छ । भेलामा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वो प्रकाश शर्माले तरुण दलको यस अभियानको प्रशंसा गर्दै साच्चै नै कांग्रेसलाई माथि उठाउनेमा तरुण दलको भूमिका प्रमुख रहेको बताउनुभएको छ । यस्तै उहाले पार्टीमा तरुण दलको यस कदमको सहि मुल्यांकन हुने र अरु भातृ संस्थाहरुले पनि तरुण दलको नेतृत्वबाट सिक्न आवश्यक रहेको समेत उहाले बताउनुभयो ।


यस्तै भेलामा आफ्नो भनाई राख्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले तरुण दलको यो कदमले पार्टी भित्र एकताको माहोल सिर्जना गर्ने बताउनुभयो । यस्तै अब सबै एकजुट भएर अगाडी बढ्ने समय आएको र पार्टी बलियो बनाउनको लागि नेपाल तरुण दलले जस्तो सुकै संगर्ष, त्याग र बलिदान समेत दिन पछि नहट्ने समेत उहाले बताउनुभयो । यस्तै उहाले वर्तमान सरकारले प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसलाई हेपाहा प्रवृति देखाउदै गरेको भन्दै समयमा सचेत नभए पतन हुन सक्ने चेतावनी समेत दिनुभएको छ । यस्तै पार्टी माथि कुनै पनि किसिमको असर पर्ने व्यवहार के.पी ओली सरकारले गरे त्यसको कडा प्रतिकारमा नेपाल तरुण दल अगाडी आउने समेत उहाले बताउनुभएको छ ।

यस्तै उहाले आज देशैभर एक साथ नेपाल तरुण दल केन्द्रीय समितिको निर्देशन अनुसार देशै भरिका ७५३ वटै नगरपालिका र गाँउपालिकाहरुमा तरुण भेला तथा प्रशिक्षण कार्यक्रम सफलताका साथ सम्पन्न गरि देशलाई तरुण मय बनाई तरुण दल केन्द्रीय समितिलाई सहयोग गर्नुभएकोमा सम्पुर्ण नगरपालिका र गाँउपालिकाहरुका अध्यक्ष ,उपाध्यक्ष ,सचिव लगायत सम्पुर्ण तरुण साथिहरु प्रति आभार व्यक्त गर्नुभएको छ । यस्तै उहाले अब जेठ १९ गते हुन गईरहेको वडा स्तरीय तरुण दल प्रशिक्षण भेला समेत निकै सफल तरिकाले सम्पन्न गर्न सबै तरुण दल जिल्ला कार्य समितिहरु र तरुण नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *