२०८१ वैशाख ८ गते | 20th of April 2024

लस एन्जलस भलिबल टीमलाई अर्को सफलता

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १५ गते ९:३८

लस एन्जलस – म्याडिसन, विस्कन्सिनमा आयोजित भलिबल प्रतियोगितामा उप-विजेता बनेर लस एन्जलस भलिबल टीमले अर्को सफलत हात पारेको छ । यही मे २६ र २७ तारिख म्याडिसनमा सम्पन्न प्रथम नेपाली अन्तर राज्य भलिबल प्रतियोगितामा सहभागी हुन यती टाढा पुगेको लस एन्जलस भलिबल टीम प्रतियोगितामा उप्-विजेता हुन सफल भएको छ ।

मेमोरियल दिनको अवसर पारेर नेपाल अमेरिकी मैत्री संघ र एनआरएन विस्किन्कन्सिन च्याप्टरको आयोजनामा सम्पन्न कार्यक्रममा क्यालिफोर्निया, विस्किन्सिन, ईलोनोईज, मिनीसोटा, मिचिगन र ओहायोका दुई टीमको सहभागिता रहेको थियो । लिग सिस्टममा खेलाईएको उक्त प्रतियोगिताको फाइनल खेल Ohio State र California State को विचमा भएको थियो । अत्यन्त रोचक र प्रतिस्पर्धात्मक रहेको फाइनल खेलमा Ohio ले California लाई हराउन सफल भएको थियो ।

Image may contain: 6 people, including Chitra Bhandari and Ganga Basnet, people smiling, people standing and outdoor

विजयी खेलाडिहरुलाई नगद, ट्रफि तथा मेडल प्रदान गरिएको थियो । California State को तर्फवाट LA Volleyball टिममा गंगा व. वस्नेत, उत्तमजंग थापा, ओम कार्की, चित्र भण्डारी, विदुर खड्का र टिका लामा लगायतका खेलाडिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा नर्दन क्यालिफोर्निया निवासी पुर्व नेपाली राष्ट्रिय टोलीका खेलाडि रमन श्रेष्ठलाई सम्मान पनि गरिएको थियो ।

रविन्द्र उप्रेती र अर्जुन खड्काको संयोजन तथा सम्पूर्ण Madison वासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा उल्लेख्य संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको व्यवस्थापन अत्यन्त उत्कृष्ट रहेको कुरा खेलाडी गंगाबहादुर बस्नेतले जनाउनुभएको छ ।

Image may contain: 7 people, including Chitra Bhandari and Ganga Basnet, people smiling, people standing, shoes, sky and outdoor

ब्यस्तताका बाबजुद दुरदराजमा पुगेर प्रवासमा ख्लेखुद मार्फत आफ्ना उर्जा, सकृयता र सेवाभाव राख्ने उप-विजेता हाम्रो लस एन्जलस भलिबल टीमलाई हार्दिक बधाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *