२०८१ वैशाख १३ गते | 25th of April 2024

‘गुलाफ पनि कांडा लिएर बांचेको हुन्छ’ – कुमारी आमाको प्रसंग

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २० गते १७:४४

-लक्ष्मण सिटौला
महाभारतमा कुमारी आमा कुन्ती ( शुरसेनकी छोरी) को कथा छ ।कुन्तीले ऋषि दुर्वासाको बसिकरण मन्त्र पाएकी थिइन । त्यो मन्त्रमा यस्तो शक्ति थियो कि कुन्तीले जुनसुकै पुरुषलाई वा देवतालाई चाहिन भने आफ्नो बशमा ल्याउन सक्थिन । एकदिन सबेरै कुन्ती बाहिर निस्किएर सुन्दर प्राकृतिको आनन्द लिइरहेकि थिईन । आकाश गङ्गामा उदाएको त्यो बिहानी पखको सुरम्य सुर्यले उनको ध्यान खिच्यो । त्यो सुर्य उनलाइ यति राम्रो लाग्यो कि आफै मोहित भइन र पृथ्वीमा बोलाईन ।

बसिकरण मन्त्रको प्रभावले सुर्य ऋषिरुप धारण गरि पृथ्वीतलमा ओर्लिएर कुन्ती सामु आए । सुर्यले नम्र पुर्वक भने- “कुन्ती तिमीले मलाई प्रेमले सम्झियौ म आए भन म तिम्रो के सेवा गरु !” कुन्तीले भनिन-” हजूरजस्तो महान र बिश्वको सर्वोच्च शक्तिमान देव अगाडि पाँउदा म अत्यन्तै पुलकित छु ” ।

दुवैले प्रेम पुर्वक आलिङ्गन गरेर शसरिर मिलन गरे।

बासनातुर आलिङ्गन बाट छुट्टीएपछी कुन्तीलाइ आफ्नो गल्तिको महसुस भयो र उन्ले सुर्यलाई भनिन- ” सुर्यदेव तपाईं र मेरो मिलनबाट बच्चा जन्मिदैछ । म कुमारी हु र कुमारी आमाको पेट बाट जन्मिएको बच्चा अवैध हुन्छ। समाज यो कुरालाई मान्न तयार छैन । अब म यो समाजलाई मुख देखाउन पनि लायक हुने छैन भन्नुस अब म के गरु ” ?

कुन्तीको बिलाप सुनेर सुर्यदेवले आफ्नो कानमा लगाएको कुण्डल दिदै भने ” यो कुण्डल उस्को कानमा लगाएर एउटा बाकसमा राखेर बच्चालाई नदीमा बगाइदिनु म उस्को रक्षा गर्नेछु ”

पछि कर्ण जन्मिए र समाजबाट जोगिनका लागि सुर्यले भने जस्तै गरेर कुन्ती माताले आफ्नो बच्चालाइ एउटा बाकसमा राखेर बगाइदिइन । अस्व नदीबाट बग्दै त्यो बाकस गङ्गा नदी हुँदै सुतराज्य पुग्यो ।

कुन्ती शान्त भइन । कुमारी आमा कुन्ती बाचुन्जेल कर्णको मायाको घाउले बिछिप्त भइरहिन । कर्णले बाचुन्जेल आफुलाइ जन्मजात नदीमा फालिदिएको गुनासो गरिरहे आमा सग। समाजको त्रासले बिहे नगर्दै आमा बनेकी कुन्ती जस्ताले पनि आफ्नो मुटुको टुक्रालाई नदीमा बगाउन बाद्ध भइन। कुन्तीको आँखा त्यही घाउको कारण कहिले ओभानो हुन सकेन । प्रायस्चित जति गरे पनि कुन्तीको त्यो घाउ कहिले पुरियन ।
भन्नुहोस् अहिले बिहे बिनानै सन्तान जन्माउन पाउनु पर्ने कानुन ल्याउन लागि पर्नु हुने कति प्रतिशत महिला कुन्ती बन्न तयार हुनुहुन्छ । पहिला समाज परिवर्तन गर्नुहोस ताकी बाच्न सहज होस । नत्र कसरी संभावना होला पिता बिनाको सन्तान लिएर खुसीले बाच्न ?

मेरो शरीर मेरो अधिकार भनेर कुर्लिने नारीहरु तपाईं शहरमा बसेर दुई चार जना पुरुषलाई बसिकरणको मन्त्रमा पार्नु भो होला तपाईं शिक्षित हुनुहोला तपाईंको मनग्य आम्दानी पनि होला र पुरुष भए पनि ठिक नभए पनि ठिकको अवस्थामा हुनुहोला र भन्दै हुनुहुन्छ कि ” मेरो शरीर मेरो अधिकार ” लोग्ने बिना पनि बच्चा पाउने अधिकार पाउनुपर्छ भनेर कुर्लदै हुनुहुन्छ तर ८१ प्रतिशत जनता गाउँमा बस्छन र गाउँमा महिलाको हालत के छ त्यो पनि बुझ्नुहोला । बिना बाबुको सन्तान पायौ भने तिमी बाचेको समाजले तिमीलाई बेश्या भन्छ त्यो सहन तयार छौ?

यति धेरै अधिकार पनि नखोज कि जहाँ मानव अस्तित्व नै सन्कटमा परोस । मेरो शरीर मेरो अधिकार भन्ने निहुमा के तिमीले नाङ्गो हिड्न पनि पाउनुपर्छ भनेको हो ? अबोध पशु गाइले पनि आफ्नो योनि पुछारले छोपेकी हुन्छे कहिले याद गरेकी छौ ?

किराले पनि आफ्नो लाज र सन्कोच ढाकेको हुन्छ । चरिले पनि लुकेर सहवास गर्छे । भाले फेरि फेरि उडदिन उ । पोथी गौथली भाले मरेको शोकमा नदीमा डुबेर मर्छिन यो कुरा थाहा छ !

तिमी पुरुष बिनाको समाज कल्पना गरिरहेछ्यौ उता ,छाउ गोठमा सर्पले टाेकेर महिलाहरु मरिरहेका छन । तिमी बिहे नै नगरी बच्चा पाउनुपर्छ भनी जुलुस निकालिरहेछ्यौ उता गाउँमा नारीलाइ बोक्सी भनेर मलमुत्र ख्वाइरहेकाछन । यता काठमाडौमा तिमी मेरो शरीर मेरो अधिकार भनी रहेछ्यौ उता कागती गाउँमा १२ बर्षकि नानीको बाल बिवाहा हुदैछ । खोइ तिमीले अरु नारीहरुको आर्तनाद बुझेकी !

बिना पुरुषको आमा बन्न पाउनु पर्ने अधिकार खोजिरहदा पुरुषले पनि बिना स्त्री बाबू बन्न पाउने अधिकार खोजे भने सेरेगेसी आमा ( भाडाकी आमा ) बन्न कति गरिब र बिपन्न महिला तयार होलान त्यो पनि ख्याल गर । नयाँ चोलो फरिया फेर्न र मासुभात खान दशै नै कुर्नुपर्ने बाद्ध्यता छ गाउँघरमा । त्यतिबेला तिम्रो ” मेरो शरीर मेरो अधिकारको” युरोपेली डलर बाट आयातीत नारा के होला त्यो पनि बिचार गर ।

कर्णको गुनासो कुन्तीले आजिवन सुन्न परेजस्तै तिम्रो छोराले पनि तिम्लाइ आजिवन गुनासो नगरोस र यदि गुनासो गर्यो भने त्यस्को उत्तर दिन तिमी तयार रहनु । तिमीले बाबू देखाउन सकिनौ भने तिम्रो छोराले तिमीलाई बेश्या भन्छ के तिमी तयार छौ छोराले बेस्या भनेको सुन्न ?

स्त्रीलाइ बेश्या बन्न सहयोग गर्छ यो नाराले । तिम्रो छोराले तिमीलाई सोधपुछ गर्छ कस्को अबैध पेट बोकेर मलाई जन्मायौ आमा भनेर ? त्यतिबेला के जवाफ दिन्छ्यौ ? मैले भाडाको बाबू प्रयोग गरेर तिमीलाइ जन्माए छोरा भनेर जवाफ दिनको लागि तयार हुनु त्यतिबेला । समाज परिवर्तन र महिला अधिकारका नाउँमा नैतिकता नै संकटमा पर्ने मुद्दा किन उठाउनु ? कतिजना महिला भाडाको लोग्ने प्रयोग गर्न राजी छन त्यस्को डाटा छ तिमी सग ?

पुरुषले पनि भोलि खोज्न सक्छन पाठेघर भाडामा लिएर सन्तान जन्माउने आमा । पुरुष नचाहने तर सेक्स टाेय प्रयोग गरेर यौन आनन्द लिने अनि बिर्य बैंकबाट शुक्रकिट किन्ने हैसियतमा कति नेपाली महिला पुगेका छन त्यस्को हिसाब किताब छ तिमी सग?
बच्चा जन्माउने अधिकार सिर्फ तिम्रै हो लौत पुरुष सुक्राणु बिना बच्चा जन्मायर देखाउन एक चोटि सकिन्छ भने र पुरुष प्रती यति धेरै घृणा नै जन्मिएको हो भने ।

तिम्रो सपना पूरा गर्न पहिला नेपाललाई शतप्रतिशत साक्षर बनाउ। बोक्सी आरोप र छाउपडि प्रथा मात्रै अन्त्य गर्ने कोसिस गर । तिमी नै हौ महिनावारी हुदा छुइ हुन्छ भनेर भान्सामा नजाने एक गिलास पानी सारेर खान पनि लोग्नेलाइ वा भाइलाई वा आमाबुबालाइ प्रयोग गर्ने ।

महिनामा पाँच दिन आराम पाइने निउमा तिमी नै हौ छुइ प्रथाको बिरोध नगर्ने अनि बिचरो पुरुषलाई मात्रै गाली किन ? बिवाहा प्रथा ठिक छैन भनेर प्रमाणिात गर्न खोजेको हो? मन मिलुन्जेल आनन्द लाग्ने त्यही सेक्स, मन टुटेको अवस्थामा प्रेमीलाइ बलात्कारको मुद्दामा जेल हाल्ने र सम्पतिमा अधिकार जमाउने खेल मात्रै नखेलिदिए हुन्छ यो समाज सुधार गर्नका लागि ।

पुरुषका छाती मात्रै के ढुङ्गाबाट निर्मित हुन र ?
तिम्रै जस्तो हो नि आँखाबाट बग्ने नुलिलो आँसु पुरुषका पनि । के तिनका आँसु चाहिँ खोल्साको पानी हो र? बिना बिवाहा बच्चाको अवधारणाले कानुनी मान्यता पाउनुपर्ने जिकिर गर्नु भनेको स्त्रीले यौन स्वतन्त्रता मागे जस्तो भएनर ? के हाम्रो समाजले आदिम सभ्यता निम्त्याएको हो र ? बिना बिहे बिना रोकतोक जुनसुकै पुरुष सग पनि यौन सम्बन्ध राख्न पाउथी आदिम स्त्रीले । बच्चा पाइन भने कविलाको भिडमा मिसिन्थ्यो । बाबुको खोजी नहुने त्यो आदिम कविला युगलाइ फेरि फर्काउनु चाहेको हो र तिमीले?

रह्यो तिम्रो निजत्वको कुरा तिम्रो ,अधिकारको कुरा । हो एउटा बच्चा कहिले जन्माउने, कुन उमेरमा जन्माउने , आफुले कहिले र कुन उमेरमा बिहे गर्ने , अर्थात बिहे पनि गर्ने कि नगर्ने ,को सग बिहे गर्ने, त्यो तिम्रो निजि कुरा हो । तर तिमी बसेको समाज तिम्रै छायांको प्रतिबिम्ब पनित हो नि । तिमी जे हौ तिम्रो समाज पनि त्यही हो । तिम्रो हरेक आनि बानिको छायां बिम्बित हुन्छ त्यहा । समाजको सभ्यता भत्काउन तिमी मात्रै तयार भएर पुग्दैन तिमीले अरुलाइ पनि तयार गराउन सक्नुपर्छ । बिधवा बिवाहालाई यो समाजले आजको दिन सम्म स्वेच्छाले स्वीकारेको छैन भने कसरी कुमारी आमालाइ समाजले स्वीकृत गर्ला ?

कोमल गुलाफले पनि काडा साथमा लिएर बाचेकी हुन्छे । र कहिले बिद्रोह गरिन उस्ले काडा सग । कहिले पनि काडालाइ कुनै गुनासो र आरोप लगाइन किनकि गुलाफलाइ गुलाफ नै भएर बाचिरहनुछ धरतीमा एेजेरु भएर होइन । एेजेरु भएर बाच्न चाहने चिलाउनेको ठुटामा उम्रने झारलाईत कौवाले पनि चिथोर्छ । कौवा हुने कि कोइली हुने, कोहिनुर हुनेकी कोइला हुने, मयुर हुनेकी पातेफिस्टाे हुने हात तिम्रै हो ।

यहाँ प्रेमत बर्जित छ भने तिमी कुमारी आमाको कल्पना कसरी साकार गर्न सक्छ्यौ ? कुनै जोडी पार्कमा सगै बसेर गफ गर्दा प्रहरीको लाठि बर्सिन्छ यहाँ । कुनै मायामा परेका जोडी गाउँघरको पानी पधेरोमा वा चौतारीमा वा मेलापातमा भेटिए भने यहि समाज हो तथानाम गाली गर्छन । पुरुषले स्त्रीलाइ छुदा पनि फलानी केटीत बिग्री भनेर सत्तोसराप गर्ने यो समाजको अगाडि कसरी कुन्तीले उठाएको जस्तो पहाडको पहिरो टाउकोमा बोक्छ्यौ तिमीले ?

तिम्रो शरीर तिम्रै अधिकार हो। आफ्नो शरीरमा आफ्नै अधिकार हुन्छ। यो एक्कासौ सदिमा कोहि कसैको अधीन र आधिपत्यमा छैन नजिक हुनेत बाधिनेत मायाले पो होत होइनर ?।

बलात्कारको मुद्दालाई र दोषिलाइ सजाय कडा पार्न तिर आवाज उठाउने होकि बरु । अधिकारको कुरा गर्दा कर्तव्यबोधको कुरा किन छायांमा पर्छ ? प्रकृतिले रोपिदिएकी तिम्रो कर कोमलतामा , शुभ्र आखाको भृकुटीमा मायाले कोहि हेर्न नआइदिए त्यो मोहनी रुपको महत्त्व के ? प्रकृति र पुरुष छ र त यो जगत जगमग छ फेरि किन भन्छ्यौ पुरुष चाहिन्न भनेर । पैतिस प्रतिशत असक्षित जनता छन नेपालमा त्यो पैतिश प्रतिशतको आवाजको पनि सुनुवाइ हुनुपर्छ ।

बिना बाबुको परिवार त्यो अपुर्ण परिवार हो । त्यस्ले बाल मनोबिज्ञानलाई नराम्रो असर गर्छ । एउटा बच्चा जब बाबू र आमाको प्रेमबाट प्राप्त जीवन हो भने त्याहा बाबू आमा दुवैको महत्त्व रहन्छ । प्राकृतिक मृत्यु बाट खडकिएको अभाव लाई समाजले सामान्य रूपमा लिन्छ तर कुमारी आमा बाट प्राप्त ससन्तान माथी सधैं प्रस्न आइरहन्छ ।

युरोप अमेरिकामा समेत यो सस्कारलाइ राम्रो रुपमा लिइदैन । जीवनको अन्तिम पल सम्म पनि एउटाी आमा प्रती सदैव नकारात्मक धारणा पैदा हुन्छ । वंश परम्परा टुक्राटुक्रा हुन्छ । पुरुष नभए बम्शनै नहोला वा नधानियलात ? हो आज पनि बिधवाहरु सम्मानले बाचेकै छन । पितृसत्तात्मक सोचलाइ उल्टो घुमाएर मातृसत्ता कायम भयो भने मात्रै यो संभावना रहला । बम्श परम्परा बिस्थापित गर्नुपर्ने हुन्छ, यो गर्नलाई ।

यो देशलाई पुरुष प्रधान होइन महिला प्रधान देश बनाउनुस अनि मात्रै बाबू बिनाको सन्तान बैध हुन सक्छन । तथ्यांक अनुसार १५/२२ बर्ष उमेर समुहका महिला प्रतिशत पुरुष भन्दा टाेटल जनसंख्यामा ६ लाख बढी हुन आएको हुदा अलिकति सामाजिक बिचलन आएको हो । र त्यसैको प्रतिफल हो यो नारा पनि । बहुबिवहालाइ अहिलेको कानुन र सम्बिधानले पुर्ण बर्जित गरेको छ । पुरुषको तुलनामा महिलाको संख्या धेरै हुनु र बहुबिवहा बर्जित हुदा थोरै बिकृती आउछनै । तर त्यस्लाइ शिक्षा, कानुन, आय आर्जन ,शसक्तिकरण ,अवसरको प्राप्ती ,देशको आर्थिक उन्नतिले नियमन नियन्त्रण गर्छ । प्राकृतिक रूपमा हुने सेक्सलाइ समाजले नियन्त्रण गर्छु भनेर सम्भावना रहन्न । यस्तो गरियो भने यस्ले अर्को बिकृत बाटो रोज्छ । स्त्री र पुरुष एक आर्काका पर्याय हुन यदि पुरुष बिनाको जिन्दगी स्त्रीले कल्पना गर्छिन भने यो अप्राकृतिक र अप्रासंगिक हो ।
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *