२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपालगन्ज–दिल्ली उडानका लागि बुद्ध एयरको तयारी

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २१ गते १८:११

नेपालगन्ज – बुद्ध एयरले नेपालगञ्जदेखि भारतको नयाँ दिल्लीका लागि अन्तर्राष्ट्रिय उडानको तयारी थालेको छ ।

त्यसका लागि बुद्ध एयरले नेपाल सरकारलाई भारतसँग आवश्यक नीतिगत तहमा र प्राविधिक प्रक्रियाका विषयमा छलफल अघि बढाउन आग्रह गरेको छ । उडान तयारीका सम्बन्धमा आज बुद्ध एयरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालगञ्ज–दिल्लीका लागि दैनिक तीन उडान गर्न सकिने जनाएको छ ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नेपालगञ्ज–दिल्ली उडानका लागि सरकारलाई गत सोमबार निवेदन दिइएको बताए । उनका अनुसार, बुद्ध एयरले बिहान ७ बजे, अपराह्न १ बजे र साँझ ७ बजे गरी दैनिक तीन उडान गर्ने तयारी गरेको छ । दैनिक २०० यात्रुले उडान भर्ने पनि प्रबन्ध निर्देशक बस्नेतले बताए ।

नेपालगञ्ज–दिल्ली उडानका लागि नेपालगञ्जको राँझा विमानस्थलको अहिलेको टर्मिनललाई अन्तर्राष्ट्रियस्तरको बनाइनुपर्ने, सुरक्षा संरचना थप गरिनुपर्ने र अध्यागमनको व्यवस्था गरिनुपर्ने बताइएको छ । यी सबै काम सक्न करीब आठ महिना लाग्न सक्ने बुद्ध एयरले जनाएको छ ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *