२०८१ वैशाख १४ गते | 26th of April 2024

विज्ञ भेला तथा एनआरएन साधारण सभामा सहभागीताका लागि आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २२ गते ८:४६

सान-फ्रान्सिस्को – गैर आवासिय नेपाली संघ र एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिकाको संयुक्त पहलमा जुन १६ र १७ मा विदेशमा वसेर आफ्नो क्षेत्रमा दक्षता हासिल गर्नु भएका बौद्धिक व्यक्तित्वको सहभागितामा विज्ञ सम्मेलन र त्यस लगत्तै एनआरएन अमेरिकाको साधारण सभा हुदैं छ । यी दुवै कार्यक्रममा सकृय सहभागिताका लागि हामी सवै गैर आवासिय नेपाली समुदायलाई आग्रह गर्छौ ।

यस कार्यक्रममा नेपाल सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथि हुनु हुने छ । कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्ट, आईसीसीका पदाधिकारीहरु लगायत विभिन्न देशवाट एनआरएनएका पदाधिकारीहरु सहभागिता जनाउनु हुने छ । विदेशमा वस्ने नेपाली बौद्धिक समुदाय, सरकारका वरिष्ठ अधिकारी र एनआरएनएका पदाधिकारीहरु सम्मिलित हुने यो आफैंमा महत्वपुर्ण अवसर हो ।
नेपालको विकास र समृद्धिमा विदेशमा कार्यरत नेपाली बौद्धिक समुदाय कसरी संलग्न हुन सक्छ भन्ने विषयमा सम्मेलनको पहिलो दिन छलफल हुने छ । यस पछि एनआरएन अमेरिकाको साधारण सभा हुने छ । कयौं क्षेत्रका विज्ञहरुले यस सम्मेलनमा सहभागिता हुने सहमति जनाईसक्नु भएको छ । नेपालमा गर्न सकिने र तत्कालका आवश्यकता देखिएका स्वास्थ्य, पुर्वाधार, विकास, जस्ता क्षेत्रका विज्ञहरुले आफ्ना धारणाहरु राख्नुहुने छ । नेपाल संघिय संरचनामा प्रवेश गरिरहेको अहिलेको अवस्थामा यो सम्मेलनमा आउने विचारहरु उपयोगी हुने छन् भन्ने हाम्रो विश्वास छ ।

एनआरएन अमेरिकाको साधारण सभा नियमित प्रकृया लगायत भावी रणनीतिको योजना वनाउन महत्वपुर्ण अवसर हुने हामीले ठानेका छौं । आईसीसी र एनसीसीको संयुक्त रुपमा हुन लागेको यो कार्यक्रम आफुंमा महत्वपुर्ण छ । यसैले यस भेलामा सहभागिताका लागि हामी यहांहरु सवै नेपाली समुदायलाई आग्रह गर्दछौं ।

यस भेला एनआरएन समुदाय विच आपसी संजाल विस्तार गर्ने मौका पनि हो । यसैले पनि हामी यहांहरु सवै एनआरएन साथिहरुलाई सम्मेलनमा सहभागिताका लागि आग्रह पनि गर्छौ ।

यो सम्मेलन क्यालिफोर्निया सनफ्रान्सिस्को स्थित होटल डलव ट्रिमा हुने छ । सम्मेलनका वारेमा थप जानकारी चाहिए सम्पर्क गर्न सक्नुहुने छ ।

गौरी जोशी
क्षेत्रिय संयोजक
अमेरिकाज क्षेत्र

डा केशव पौडेल
अध्यक्ष एनआरएन अमेरिका

उमा कार्की थापा 
सम्मेलन संयोजक तथा उपाध्यक्ष एनआरएन अमेरिका

डिल्ली भट्टराई
संयोजक विज्ञ भेला तथा आईसीसी सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *