२०८१ वैशाख १४ गते | 26th of April 2024

विश्वकपका पाहुनालाई तनाव भुलाउन तम्तयार सेक्सरोबोटहरु

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २२ गते ९:१४

एजेन्सी – रुस विश्वकप सुरु हुन कम समय बाँकी रहेका बेला विश्वकप ज्वरोले धेरैमा च्यापिसकेको छ। बहुप्रतिक्षित खेलकुद इभेन्टमा ठूलो ब्यापारिक कारोबार समेत हुने गर्दछ।

आयोजक राष्ट्र र त्यहाँका व्यापारीहरुलाई त झन यो दिन दुई गुना अनि रात चौगुना ब्यापार गर्ने मौका हो। सोही क्रममा मानिसहरुले विभिन्न थरिका ब्यापारहरु सुरु गरिरहेका छन्। यसक्रममा विश्वकपका आगन्तुकलाई लक्षित गर्दै भर्खरै मस्कोमा खुलेको रोबोट वेश्यालयले धेरैको ध्यान खिचेको छ।

मस्कोमा व्यस्त बजारमा खुलेको ‘द डल्स होटल’ले रोबेटिक सेक्स सेवा सुरु गरेको हो। त्यसलाई ‘सेक्सबोट्स’ को नाम दिइएको छ। उक्त होटलको आधुनिक सुविधा कोठामा बसे वापत एक घण्टाको २४ डलर देखि ४० डलरसम्म तिर्नुपर्छ भने सेक्सबोट्सलाई बोलाए वापत थप ८० डलर तिर्नुपर्छ।

महिलाको आकारका यी सेक्सबोट्सलाई आर्टिफिसियल मस्तिष्कका साथ लचकदार न्यायो शरिरसहित निर्माण गरिएको छ। यौनकर्मी महिला रोबोटले विश्वकपमा आगन्तुकको समर्थन गरेको टोलीको हारपछिको तनाव भुलाउन तथा जितमा खुशी साट्न सहयोगी भूमिका खेल्ने विश्वासका साथ यो अवधारणा ल्याइएको होटलले जनाएको छ।

होटलमा मालिक डिमत्री एलेक्जेन्ड्रोभका अनुसार विश्वकपका आगन्तुकसँगै रुसका मानिसहरुका लागि पनि यो वैध र सुरक्षित सेक्स स्थान हो। ‘रुसकै पनि ३६ प्रतिशत मानिसहरु आफ्नो यौन जीवनसँग सन्तुष्ट छैनन्,’ उनले भने, ‘उनीहरुको यौनजीवन सुधार गर्ने गन्तव्यका रुपमा पनि यो स्थान सहयोगी बन्नेछ।’

आ–आफ्नै आकार र स्वभाव

यौनकर्मी रोबोटहरुलाई लोलिता, सासा, नतासा, अलिसा र इसिलेल नाम दिइएको छ। उनीहरुलाई विभिन्न आकार र गुणहरुका आधारमा फरक-फरक बनाइएको छ। जसकारण आगन्तुकहरु आफूलाई आवश्यकता परेका यौनकर्मी र आफ्नो व्यवहारसँग मिल्नेहरुको अर्डर गर्न सक्छन्।

४५–२०–३१ आकारको बनावटकी लोलितामा स्वच्छन्दता, आत्म निर्भर तथा आराम रुचाउने गुणहरु राखिएका छन्। उनी कहिलै पनि कुनै कुरालाई गम्भीर रुपमा लिदिनन्। जहिले पनि जे गर्न पनि तयार हुने स्वभावकी छिन्।

सासाको शारीरिक बनावट ३१–२०–३३ को बनाइएको छ। उनी ‘बिजनेस माइन्डेड’ कि छिन्। उनी सबैचीजहरु आफ्नो कन्ट्रोलमा होस् भन्ने चाहान्छिन्। बिजनेस क्षेत्रका मान्छेहरुका रोजाईमा उनी पर्ने होटलको विश्वास छ।

नतासा परम्परागत स्त्री मा हुनुपर्ने भनिएका गुणहरु राखिएर बनाइएको छ। कोमलता, लज्जापन, आज्ञाकारी र मिठो मुस्कानसहितका गुणहरु भएकाले उनमा पूर्णरुपमा स्त्रीत्व झल्कन्छ। उनको शारिरिक बनावट ३५–२०–३४ को रहेको छ।

अलिसालाई भने मायाँ परिवर्तन गरिरहने र प्रयोग गरिरहने रुचाउने स्वभावकी बनाइएको छ। उनको शारिरिक बनावट भने ३०–२०–२९ को रहेको छ।

यस्तै, इसिललेलाई हेरेपछि मानिसलाई सुन्दर फूलको आभास हुने खालको बनाइएको छ। उनले आखाँलाई शितलता प्रदान गर्छिन्। उनको शारिरिक आकार ३५–१६–३४ को छ।

यी सेक्सबोट्ससँग यौनसम्बन्ध राखेका एकजना रसियन युवा डेनिसले आफ्नो अनुभव बताउँदै भनेका छन्, ‘यी गुडियाहरु साच्चैका यथार्थ लाग्ने खालका छन्। महिलाहरुसँग सम्भोग गरेजस्तै अनुभव उनीहरुसँग पनि हुन्छ। चिल्लो पार्ने वस्तुको प्रयोग भने अलि बढी गर्नुपर्छ। उनीहरुबाट विश्वकपका आगन्तुहरु पनि पक्कै प्रभावित हुनेछन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *