1

आईआईआईसीएफको बैठकमा सहभागी हुन महासंघ प्रतिनिधिमण्डल मकाउ प्रस्थान

146 पटक पढिएको

काठमान्डौं – अन्तर्राष्ट्रिय पूर्वाधार लगानी तथा निर्माण मञ्च (आइआइआइसीफ) को बैठकमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल मंगलवार राति मकाउ गएको छ । महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल ३५ सदस्यीय रहेको छ । प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका उप–महासचिव तथा प्रवक्ता विष्णु बुढाथोकी, जनसम्पर्र्क अधिकृत रामचन्द्र गिरी लगायतले बिदाई गर्नुभयो । बैठकमा निर्माण क्षेत्रको वर्तमान अवस्था तथा भविष्यबारे विज्ञहरु बीच व्यापक छलफल हुने महासंघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

बैठकलाई प्रतिनिधिमण्डलको नेतृत्वकर्ताको हैसियतमा अध्यक्ष श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महाभूकम्पपछि नेपालमा अहिले पुर्ननिर्माण तथा नवनिर्माणको काम भइरहेकाले नेपाली निर्माण व्यवसायीहरुलाई बैठक महत्वपूर्ण हुने श्रेष्ठले बताउनुभयो । अन्तर्राष्ट्रिय स्तरका निर्माण व्यवसायीसँग नेपाली निर्माण व्यवसायीको सम्बन्ध बलियो बनाउन समेत बैठक फलदायी हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । मकाउ बैठकमा भाग लिएपछि नेपाली प्रतिनिधिमण्डले हङकङको समेत भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा हङकङले हासिल गरेको सफलताको स्थलगत अध्ययन गर्नेछ । प्रतिनिधिमण्डलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत रहेको निर्माण व्यवसाय प्रर्बद्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष केशव कुमार शर्र्मा, उपसचिव बिष्णु शर्मा लगायतको सहभागिता रहनेछ । महासंघले वर्षेनी आइआइआइसीफको बैठकमा सहभागिता जनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

हे नारान ! आरन र एनआरएन !!

-गोकुल ढकाल टेनेसीमा हस्ताक्षर सहित मुद्दाका खातका 'फर्जी अभियोग' आरोप पत्र सामावेश गर्दै.. ...

एनआरएन सम्मेलनका पाहुनालाई लिमोजिन

सान-फ्रान्सिस्को -  यहि जुन १६ र १७ तरिक सानफ्रानसिन्सकोमा हुने कार्यक्रममा आउने अतिथिको.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...