२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएन अमेरिका युथ लिडरशिप छात्रवृत्ति २०१८ का विजेताहरु घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २५ गते ०:१२

डालास – गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एन.आर.एन.ए) अमेरिकाद्वारा अमेरिकामा अध्ययनरत जेहेन्दार र नेतृत्व क्षमता भएका नेपाली विद्यार्थीहरूलाई लक्षित स्थापित गरिएको “युथ लिडरशिप अवार्ड २०१८” को चार जना बिजेताहरु घोषणा भएका छन्। बिजेता हुनेहरुमा नर्थ-र्इस्टबाट शिस्टटा पौडेल, साउथ रिजनबाट पुजन दहाल, मिड-वेस्टबाट अशिम बिक्रम अधिकारी र वेस्टबाट गणेश सापकोटा रहेका छन।

शिस्टाटा पौडेल : फेयरलिहाई डिकिन्सन विश्वविद्यालय (एफ.डी.यू ) न्यु-जर्सीमा इलेक्ट्रिकल ईन्जिनियरिङ् बिषयमा अध्यनरत जूनियर छात्रा हुन्। उनी अनर बिद्यार्थी हुनुका साथै “THE FUTURE WORLD LEADER ” अवार्ड बाट पनि सम्मानित भैसकेकी छिन् । अन्तराष्ट्रिय विद्यार्थी संघको सचिब र बहु-सास्कृतिक काउन्सिलको उपाध्यक्ष हुदै गर्दा उनले नेपाल र नेपालीलाई चिनाउनुका साथै अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने धेरै सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेकी थिइन | हाल उनी स्टुडेन्ट गवरमेन्ट एसोसिएशन ( एस.जी.ए) को उपा-अधक्ष्य जस्तो गरिमामय पदमा बसेर कार्यभार समालिरहेकी छिन् | यो संस्थाले विश्वविद्यालय भित्रका ६० भन्दा बढी संस्थाहरुको कार्यक्रम र गतिबिधिहरु निरीक्षण गर्दछ | 

पुजन दाहाल :  लुजियाना मोनरो विश्वविद्यालय (यू.एल.एम.) विश्वविद्यालयमा कम्प्युटर र सूचना विज्ञानका सिनियर बिद्यार्थी हुन् ।उनी नेपाली विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै नेपाली विद्यार्थी एसोसिएशन (एन.एस.ए) साथै स्टुडेन्ट गवरमेन्ट एसोसिएशन ( एस.जी.ए) र अरु थुप्रै बिद्यार्थी संघ संग सक्रिय रूपमा संलग्न छन् । हालै सम्पन्न निर्बाचनमा आगामी शैक्षिक वर्षको लागि ‘क्याम्पस एक्टिभिटी बोर्ड’को कोषाध्यक्षका रूपमा निर्वाचित भएका छन् । नेपाल विद्यार्थीहरू माझ परिचित उनि ‘विशिष्ट वारहक पुरस्कार’, ‘चार्ल्स मैकडोनाल्ड क्याम्पस अधिवेशन पुरस्कार’, र अन्य छात्रवृत्ति पुरस्कारहरु द्वारा सम्मानित पनि छन्।

गणेश सापकोटा : हाल आइडाहो स्टेट यूनिवर्सिटी (आई.एस.यू) मा बिजनेस बिषयमा अध्यनरत छन। स्टुडेन्ट गवरमेन्ट एसोसिएशन ( एस.जी.ए) को सीनेटरको रूपमा नियुक्त गणेश, व्यक्तिगत र समुहित प्रयास द्वारा विद्यार्थीहरुको सेवा गर्न प्रतिबद्ध छन। उनले नेपाल र आफु पढ्दै गरेको यूनिभर्सिटीको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघ को मुख्यालय न्यूयर्कमा “विन्टर यूथ सम्मेलन” मा पनि सहभागी भएका थिए ।

अशिम बिक्रम अधिकारी : मिनेसोटा स्टेट यूनिवर्सिटीका मेकानिकल ईन्जिनियरिङ् विद्यार्थी पनि अन्तर्राष्ट्रिय नेपाली विद्यार्थी एसोसिएशन, नेतृत्व संघ, अमेरिकन सोसायटी अफ मेकानिकल ईन्जिनियरहरू (ए.एस.एम.ई) लगायतका संस्थाहरुमा संग्लग्न छन। उनी हालै मिनेसोटा स्टेट यूनिवर्सिटी अन्तर्गतको इन्टरनेसनल सेन्टर द्वारा प्रधान गरिने प्रतिष्ठित छात्रवृत्ति पुरस्कारद्वारा पनि सम्मानित छन।

नगद एक हजार डलर सहितको युथ लिडरशिप अवार्डको लागि अमेरिकाको चारवटै भौगोलिक क्षेत्रका ४८ बिस्वविध्यालयबाट कुल ६२ जना सहभागी भएका थिए। छात्रवृत्ति समितिले जनवरी देखि आफ्नो काम सुरु गर्दै जुनको पहिलो साता नतिजा घोषणा गरेको हो र समितिमा सुमन कार्की, कुशल कुशल पोखरेल, सुलभ पौडेल, क्रितिना बाँस्कोटा, जुबिन राजभण्डारी, डा.प्रतिक के. सी., डा.समिता लिम्बु र राजेन्द्र जोशी रहनुका साथै निर्णायक कमिटीमा डा. निरज बस्नेत, डा. सुमन सत्याल र डा. बिनोद पाण्डे रहनुभएको थियो।

छनौट प्रक्रियाको क्रममा आएका सुझावहरु संकलन गरि कार्यसमितिमा पनि पठाइएको जानकारी एन.आर.एन. अमेरिकाका युवा संयोजक तथा युथ लिडरशिप अवार्ड २०१८ का परिकल्पनाकार स्वराज खातीले दिए। उनले भने-“हामीहरुले यो बर्ष पाइलट परियोजनाका रुपमा शुरु गरेको यो प्रोजेक्टलाई प्राप्त सुझाबहरूरुका आधारमा अझ परिमार्जित र बिस्तार गर्ने छौ।” संयोजक खातीले अर्को बर्ष सामुदायिक कलेजमा अध्यनरत बिद्यार्थीहरुलाई पनि यसै कार्येक्रममा समाबेश गर्ने र युथ लिडरशिप अवार्डको आर्थिक स्थिरता र निरन्तरताको लागि राष्ट्रिय समन्वय परिषद संग पहल गर्दै संस्थाको बार्षिक बजेटबाट नै केहि रकम युवा अभियान र कार्यक्रमहरुका लागि पनि छुट्याउनु पर्ने भन्ने प्रस्ताव येही आउदो बार्षिक सम्मेलनका लागि बिधान संसोधन समितिलाई पेश गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *