२०८१ वैशाख ७ गते | 19th of April 2024

यौन उत्पीडन पीडित भन्दै डालसमा एक नेपाली युवतीद्धारा प्रहरीमा उजुरी

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २६ गते १:४६

डालास – आफ्नो कार्यस्थलमा माथि माथि यौन उत्पीडन ( सेक्सुअल ह्यारसमेन्ट) भएको भन्दै अमेरिकाको टेक्सासस्थित डालसमा एक नेपाली युवतीले स्थानीय प्रहरीमा उजुरी दिएकी छन् ।

उजुरीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको सम्बद्ध स्रोतले जनाएको छ ।

डालसका कार्यस्थलहरुमा नेपाली युवतीहरूमाथि भएका भनिएका यौन उत्पीडनका घटनाहरूमध्ये ६ वटा घटना आफ्नो “नोटीसमा” आएको र त्यसमध्ये एउटा घटना प्रहरीसम्म पुगेको नेपाली समाज टेक्सासले जनाएको छ ।घटनाको अनुसन्धान भइरहेको र सम्वेदनशील विषय पनि भएकोले प्रहरीमा परेको उजुरी तथा बाँकी अन्य घटनाहरूका सम्बन्धमा विस्तृत विवरण भने दिइएको छैन ।

यौन उत्पीडनका विषयमा जानकारी र जनचेतना अभिबृद्धि गर्ने उदेश्यले बिहीबार आयोजित अन्तर्क्रियामा नेपाली समाज टेक्सासकी महिला संयोजक आइशा ओझाले अहिलेसम्म, कार्यस्थलहरुमा नेपाली युवतीहरूमाथि भएका यौन उत्पीडनका ६ घटना, समाजको जानकारीमा आएको र त्यसमध्ये एउटा घटना प्रहरीसम्म पुगेको बताइन ।

त्यस्ता यौन उत्पीडनका घटनाहरूमा आफूहरूले सम्मान गर्दै आएका कतिपय “वेल नोन–सोसाइटी लिडर”(समाजमा चिर परिचित)को नाम समेत मुछिएको थाह पाउँदा सुरुमा आफूलाई डर लागेको उल्लेख गर्दै संयोजक ओृझाले भनिन “जो सुकै भए पनि दोषीहरूलाई कारबाही नभएसम्म हामी चुप लागेर बस्दैनौँ । हामीले सुरु गरेको यो मिसन, रोकिने छैन ।”

केही साता अघि सेतोपाटीले “यौन उत्पीडनका अपुष्ट खबरहरूले डालस नेपाली समुदाय तरंगित , पीडितलाई खुलेर बाहिर आउन आग्रह” शीर्षकको समाचार प्रकाशित गरेपछि यस विषयलाई लिएर डालसको नेपाली समुदायमा गम्भीर चासो र चिन्ता बढेको थियो ।

यो बिचमा, पीडितहरू अगाडी आउने क्रम पनि बढेको छ, सेतोपाटीमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *