1

एउटा अर्को सिद्धार्थ

382 पटक पढिएको

-लक्ष्मण सिटौला

तीस बर्ष जागीर खाएं, रिटायर्ड भएको भोलिपल्ट ब्यवहार सबै परिवार लाई सुम्पिएर घर छोडेर हिंडें, म ।

छोरा अस्ट्रेलिया पढ्न पठाउदा ऋण लागेको थियो । जागीर छोडदा धेर थोर उपदान आउथ्यो । त्यही पैसा निकालेर सापटि तिर्ने योजना मुताबिक जागीर छोडे । दुई छोरा थिए एउटा सिद्दार्थ अर्को अमित ।

सिद्दार्थ अस्ट्रेलिया गएपछि ममा अलिकति बिचलन आको थियो । छोराछोरीको माया केहो उ अस्ट्रेलिया गएपछि थाहा भो ।सन्तान सुख परिवारिक सुखद अनुभुती हो रहेछ । उ गैसकेपछी खोइ किन हो ममा एउटा बिरक्तिपनले जरा गाडयो ।

जागिरको अन्तिम दिन बिदा भएर आउँदा सब साथीहरूले बिदाइ गरे । कसैले खादा ओढाए । कसैले माला लगाइदिए , कसैले अबिर दलिदिए । सबैले मन दुखाए । तपाईं हुनुहुन्थ्यो र पो हामीलाई सजिलो थियो भने सब साथीहरूले । बिदाइको अन्तिम पलमा केही शब्द बोल्दै हाकिम साहेबले ढलोट बाट निर्मित शिद्दार्थ गौतमको मुर्ती मेरो हातमा थमाउनु भो र हात मिलाउदै भन्नू भो-
” गौतमजी तथापि तपाईं भोलि देखि अफिस आउनुहुन्न घरमा बस्दा बस्दा वाक्क दिक्क लाग्यो भने यो शिद्दार्थ लाई हेरेर बस्नी है ”

अहिले नै बोल्ला जस्तो शान्त शिद्दार्थको मुर्ति झोलामा हालेर अफिसबाट निस्किए म । घर पुग्दा साझ परिसकेको थियो । निदारमा पसिनाले बगाएको सिन्दुरको रातो धर्सो लत्पतिएको थियो ।

तीस बर्ष अनवरत काम गर्दा कहिले पनि पुरस्कृत र स्यावासी नपाएको म । आज जागीर छोडेर आएको दिन चै सिन्दुरे धर्सो !।

श्रीमतीले कहिले पनि देख्न पाइन उस्को लोग्नेले राम्रो काम गरे बापत मिल्ने पुरस्कार । तर आज जागिर छोडेर आउदा देखि लोग्नेको निदारभरी अबिर । जिन्दगीमा कहिले घुस खाइन । सबैभन्दा ठुलो कुरा कसैसग दुस्मनी पनि भएन । मैले गरेको राम्रो कामको पुरस्कार सधैं हाकिमले लिन्थे । अवजस चाहिँ मैले लिन्थे ।

जागीर पनि छोडियो । एउटा बोझ बिसाए । अब कहिले फर्किनु पर्दैन त्यो अफिसमा । सधैं सर भनेर कसैलाई बोलाउनु जरुरत छैन अब । सप्रीएको कामको जस हाकिम लिने । बिग्रेको कामको अबजस मैले लिने । यहि परम्परा हुन्छ कार्यलयमा । साना तहका कर्मचारीहरु दासको जिन्दगी भोग गर्छन । जागीर खाउन्जेल बिसुद्द जागिरे मात्रै भइयो । कुनै संघ संघसंगठनमा लागिएन। त्यसैले अवसर पनि पाइएन । दुखेसो छैन केही । मेरोमा आउने सेवाग्राहीलाइ कहिले पनि अँध्यारो मुख लगाएर पठाइन । त्यही हो मेरो खुसी ।कमाउन सकिन । तलब मात्रैले बचाए मेरो परिवारलाई । धेरै पैसा कमाउनु पर्छ भनेर मनमा कहिले पनि लागेन । घुस खाने हाकिम साबहरुका छोराछोरी बिग्रेका देखेको थिए । धनी भएर छोराछोरी बिगार्नु भन्दा गरीब भएर छोराछोरी सपार्नु नै राम्रो रे छ अहिले आएर बुझे ।

जिन्दगीको उत्तरार्ध तिर पुग्न लागेपछि जुगुप्साहरु मर्दैजादा रेछन। लोभ मरेपछि हिरा नै मिलेपनी किरा हुदोरहेछ । छोराछोरी हुर्किसकेका छन गरि खालान । जागीर सग गासिएको नाता पनि छुट्याे । घर बाट पनि निस्किए एउटा मीठो विश्रान्ति आखाभरी बोकेर । आमा हुनुहुन्न पहिले नै ईश्वरलाई प्यारो हुनुभो । अब मेरो बाटो कस्ले छेक्ने जब कि मैले नै मेरो बाटो फुकाइ सके ।

झोलामा केहि किताब थिए केही लुगाफाटो थिए । एउटा डायरि थियो । छोरा सिद्दार्थ सगै बनाएको पासपोर्ट थियो । एउटा परिचय पत्र बोक्नुपर्छ भन्ने लागेर पासपोर्ट सगै लिएर हिड्थे। तीस बर्ष काम गर्दा पाएको सम्झनाको चिनो थियो शिद्दार्थको मुर्ति । सबैभन्दा माया मलाई त्यही शिद्दार्थको थियो ।

बिगत केही बर्ष देखि मैले कपाल काटेको पनि थिइन । गुन्द्रुक जस्तो कपाल तह लगाउन एउटा काहियो पनि थियोे झोलामा । जिन्दगीको तीस बर्ष सम्म म मेरो कपाल जस्तै गुजुल्टाे परेर भित्र भित्र निस्सासिएर पो बाचेको रहेछु । दिमागमा अब बाकी बोझ केही थिएन । केवल जागीर जागीर मात्रै भन्दै बसिरहेको रहेछु । अब म अघाए । अति भो । मलाई फकिर भएर निलो आकाश तिर फर्किएर हिंड्न् मन लाग्यो । घर छोडे । हिड्ने बेलामा घरका कसैलाई भेटिन । छोराछोरी स्कुल गएका थिए ।
उनीहरू लाई एक बर्ष देखि मैले भन्दै आएको थिए कि जागीर छोडेको भोलिपल्ट म केही समयको लागि बाहिर जान्छु भनेर।
बेलुकी सबै हिसाबकिताब बुझाए श्रीमतीलाई । अर्को बोझ हलुको बनाए ।

शिद्दार्थ लाई झोलामा बोकेर म निस्किए भोलिपल्ट । मैले सोचे जिन्दगीको यो एउटा प्रयोग पनि थियो मेरा लागि । घर नभए पनि बाच्ने अभ्यासमा । पैसा नभए पनि हास्नी अभ्यासमा । अभावमा पनि रमाउन सक्ने अभ्यासमा । खाना नखाए पनि बाच्ने अभ्यासमा ।मानिस भन्दा टाढा भएर बाच्ने अभ्यासमा । जिन्दगी एउटा अभ्यास मात्रै त हो तर हामी जहि!ले पनि परम्परामा बाचिरह्यौ । रोग लाग्यो भने के होला , खान नपाए के होला , मानिसको सङ्गत नभए के होला, आदि इत्यादी कुराहरू मनमा आएन । म निस्किए। मध्यान्ह भएको थियो ।

झोला भिरे पछाडी । मात्रै म सग एक बोतल पानी थियो ।पैसा पनि थिएन खासै बोकिन । मुस्किलले दुई चार शय थियो होला । हिड्ने बेलामा अफिस बाट आएको अन्तिम तलबको चेक खल्तिमै थियो । त्यो लुगा घरमै छोडेर हिडे किनकि मैलो थियो । धुन खोज्लान चेक पानीले भिजाउला । पानी सगै धोएछन भने पनि पिर छैन । हिजो कारिन्दा थिए सबथोकको पिर थियो आज फिरेङ्गे छु के को चिन्ता । खल्ती खाली । बिचार खाली । बाटो खाली । मन खाली । सबै जन्जाल र भौतिक प्रपन्च बाट मुक्त भए पछि कतै कुनै कुराको अवशेष रहन्न । आनन्द आइरहेछ । एक्लै एक्लै फिरन्ते जोगि जस्तो । भोग बाट ,लिप्तता बाट ,जुगुप्सा बाट , सारा प्रपन्च बाट किनारा लागे । दुखको शेष केही रहेन अब । मानिसका सिर्फ दुई स्थान मात्रै बस्न लायक हो कि घर कि जङ्गल ।

मानिस बिरक्तिएर घरबार त्याग गर्ने हो । तर म बिरक्तिएको छैन।
यो त सिर्फ म मुक्तकामि हुनका लागि गरिएको अभ्यास हो । म भोलि घर फर्किन पनि सक्छु । म भोलि जङ्गलमै बिलय हुन पनि सक्छु । घर छोडेर म कुनै ज्ञान आर्जन गरुला भन्ने पनि छैन ।
ज्ञान् आर्जन गरेर हुने भए मान्छे किन यति धेरै आज्ञानी यति धेरै दयाहिन यति धेरै भ्रष्ट र पापी हुन्थे । बलात्कार हुदैनथ्यो होला , घुस खानि हुदैनथे होलान । सामानमा मिसावट हुदैनथ्यो होला।
दाइजो दिन पर्ने बाध्यताले छोरीका असख्य भ्रुणहरु आमाको पेटमै मारिदैनथे होलान । सत्ताको लोभका कारण हजारौं निर्दोष मान्छे मारिन्नथे होलान । ज्ञान त बुद्दले जस्तै आफै कमाउने हो । कमाउने त ज्ञान् हो तर मान्छे नमरिन्जेल सम्म केवल सम्पत्ती मात्रै कमाउछ ।

सपनामा म जहिले पनि उत्तर तिर गएको देख्थे । किन उत्तर तिर गएको मात्रै सपना देखेको हो भनेर मैले आमालाई सोधेको थिए आमा जिवित नै रहदा । आमाले उत्तरमा भन्नू हुन्थ्यो “उत्तरतिर भगवानहरुको बास हुन्छ राम्रै सपना देखेछौ ” भन्नुहुन्थ्यो । यो रहस्यमय कुरा सुन्दा म पुलकित हुन्थे । त्यति बेलै देखि मलाई उत्तरतिरको यात्रा गर्न मन लागेको थियो । हिमाल मलाई अतिनै प्रीय लाग्थ्यो । मलाई हिमालयले बोलाएर होला सधैं उतै मात्रै गएको देक्थे सपनाहरूमा । नभन्दै आजको मेरो यात्रा हिमालय तिरै भयो ।

शिद्दार्थलाइ बोकिरहेछु पिठिउमा। उ झोलामा चुपचापले बसेको छ । एउटा साथी छ मेरो हिमवतखन्डको यात्रामा । उसलाई भोक लागेको छैन । उ बोल्दै बोल्दैन । उ छ मसग छ। साथी उही हो मेरो तर चुपचापले बसेको छ । यस्तो लाग्यो शिद्दार्थलाइ धेरै थकाइ लागेको छ । उ लामो निन्द्रामा छ । यस्तो मीठो निन्द्रा उस्ले कहिले पनि सुत्न पाएको थिएन । करिब पाँच घन्टा लगातार हिडे पछि जङ्गलको छेउमा एउटा तामाङ बस्ती आयो । अध्यारोमा हिंड्न् पनि गार्हो भो । बेलुकीको पाहुना देखेर एकजना तमाङनीले उतै बसौ भनिन । हेर्दा खाइलाग्दी थिइन । लोग्ने थिएन घरमा । बच्चाहरु थिए दुइटा । लोग्नेले अर्कि ल्याएर बेग्लै बस्छ भनिनन तिन्ले । दुखी थिइन तिनी । सोचे मैले न म सुखी न उनीहरू सुखी न यो तामाङनी खुसी । सबै सबै दुखी मात्रै देख्छु।

भोलिपल्ट बिहानै हिंड्न् खोजे । ब्याग छामेको सबै कुरा छ तर मेरो शिद्दार्थ चै थिएन । बेलुकी सुत्नु अगाडि सम्म त थियो ।सिरानीमा राखेर सुतेथे शिद्दार्थलाइ । त्यो बैनीलाइ सोधपुछ गरे । था छैन भनिन ।

पिर पर्यो । छट्पटी भयो । अशान्त भयो मन । बाहिर पिढिमा सुतेको थिए । भित्र गएर हेरेको त पानी राख्ने गगरेटाे माथी टुसुक्क चुपचापले शान्त भएर बसेको देखे सिद्दार्थलाइ। भुराहरुको काम होला भनिन तिन्ले । शिद्दार्थ धन्न चोरी हुन बाट जोगियो । अब जे भनेपनी यिनै शिद्दार्थ साथी हुन मेरा । शिद्दार्थ लाई झोलामा राखेर हिडे ।

यति धेरै हिडेछु कि अब एक दिनमा म हिमाल नजिक पुग्छु । एक्लै थिए बाटोमा । बिन्दास थिए । मनमा रत्ती पनि डर थिएन
भोक लागेको थियो । खाने ठाँउ कतै थिएन । जंगली बाटो हुँदै जादा कतै कालिज देखिन्थे कतै मलसाप्रो कतै हिम चितुवा कतै स्याल देखिन्थे । शिद्दार्थ झोलामा आनन्दले बसिरहेका थिए। म एकोहोरो हिडिरहेको थिए ।

गोसाइँकुण्ड गाउँ पालिका लाङटाङ पुग्दा सुर्य एक बास मात्रै थिए डुब्नलाइ ।

एउटा गुम्बामा पुगे म ।

शिद्दार्थ पनि भोका जस्तो लाग्यो । ब्याग बाट झिके । शिद्दार्थलाई पसिना आएको थियो ।यसो छामे अलिक ज्वरो पनि आए जस्तो लाग्यो । बोल्दैनन शिद्धार्थ । म मात्रै बोल्छु उनी सग । हिमालय देखि छ्ल्केर आएको उज्यालोले गुम्बामा चम्किलो छाएको थियो । केही लामा दाइहरु थिए । त्रिपिटक अध्ययन गरिरहेका । दुइ आनिहरु पनि थिए । कपाल मुडोलो थियो तिनका । एकजना ध्यान मग्न थिए बिदेशी । रिचर्ड मन । तिनी गेरु बस्त्रमा थिए । हेर्दाहेर्दै उनी ध्यानको त्यो रहस्यमयी गहिराइमा पुगे कि तिनका आँखा बाट बलिन्द्र आसुका धारा बगिरहेका थिए ।

शान्त थियो बाताबरण । चिवर लगाएका दुई बुद्धमार्गी मेरो नजिक आए र सोधपुछ गरे । मैले परिचय दिए । सिद्दार्थलाई झोला बाट निकाले ।

एउटा अद्भुत प्रशान्ती छल्केको देखे मैले त्यो मुर्तिरुप शिद्दार्थमा । ओठ बाट शब्दका बाणिहरु चुहिएलान जस्तो । अरु सामान्य मुर्ती जस्तो थिएन यो मुर्ति । गुम्बाको शान्ति मा यो सिद्दार्थको मुर्तिले अरु थप आनन्द थप्यो । ध्यानाकषिर्त गर्यो सबको यो मुर्तिले । दावा ग्याल्मे लामा दाइ र रिचर्ड ध्यान बाट उठे । मैले सिद्दार्थको मुर्तिलाइ स्टेज अगाडि राखे । सबैले हेरे त्यो मूर्तिलाई ।
सिद्दार्थको बयस्क बेलाको मुहारको अनुकृती थियो मुर्ती । रिचर्डले छोए मूर्तिलाई । अनि उ मुसुक्क हास्यो । आनीहरु पनि दङ्ग परे । बेलुकी भोजनको समय सुरु भयो । रिचर्ड र मेरो राम्रो परिचय हुँदै गयो ।

एकाएक सिद्दार्थ प्रसिद्द भयो । सबको ध्यान
केन्द्रीत यहि सिदार्थमाथी । जब यो गुम्बामा सिद्दार्थको प्रवेश भयो सबको मन ध्यानमा स्थिर रह्यो । ” अप्पो दिप भव ” लेखिएको थियो मेरो सिद्दार्थको मुर्तीमा र अनि पीधमा ” सम्झनास्वरुप मायाको चिनू गौतमजीलाइ ” भनेर लेखिएको थियो ।कस्तो अचम्म थियो कि मलाई भगवान गौतम अति मन पर्ने भएकोले थर पनि गौतम राखेको थिए ।
मलाई थाहा थियोे कुनै बेला म गृह त्याग गर्छु भन्ने । मनमा छाएको बिरक्तिपन बाट मुक्ती पाउन म हिमाल यात्रामा निस्केको मान्छे आज गुम्बामा छु । यो मुर्तीमा म मेरो छोरा देख्छु । यो मुर्तिमा म मेरो हराएको शान्ति देख्छु । यो मुर्तिमा म लुम्बिनीको आलोक देख्छु । यहि मुर्ती हो मैले जिन्दगीभर जागिर खादा पाएको असली सम्मान ।

रिचर्ड नेपाली बुझ्थ्यो । उ अस्ट्रेलिया बाट यता घुम्न आएको रहेछ । उस्को घर अस्ट्रेलियाको नर्थ सिडनी रहेछ । उ बुद्द मार्गी भएको धेरै बर्ष बितिसकेको थियो । धेरै चोटि लुम्बिनी आउँदा जादा उस्ले सिङ्गो नेपाल र नेपालीलाइ माया गर्न थालेको रहेछ । पहिरन साधारण तर उस्को ब्यवहार वचन बुद्दमय थियो । मैले मेरो छोरो सिद्दार्थ पनि अध्ययन गर्न अस्ट्रेलिया गएको छ भने । यो गुम्बा बनाउन उस्ले ठुलो सहयोग गरेको रहेछ । त्यसैले सबले रिचर्डलाई मान्दारहेछन

घर सगको मेरो सम्बन्ध बिछेद भएको छ । म गुम्बामा रमाउन थाले । एक दिन बिहानै गुम्बा बाट मेरो सिदार्थ हरायो । सिद्दार्थ चोरी भयो भनेर आनिले एका बिहानै भनिन । ध्यान सबैको सिद्धार्थ तिर गयो । रिचर्ड पनि अचम्मित भयो । सबैले अर्चना गर्ने सिद्दार्थ कसरी हरायो यस्तो लाग्यो कि सिद्दार्थ हराउदा सबको मुटु हराएको छ।

बेलुकी प्रार्थना सभा सक्ता सम्म कोठामै थियो सिद्दार्थ । तर भोलिपल्ट एका बिहान नै सिद्दार्थ,यथास्थानमा थिएन। सिद्दार्थको व्यापक खोजी भयो । गुम्बाको सबै कोठा हेरियो भेटिएन सिद्दार्थ । रिचर्ड र म बाहिर गाउँ तिर गयौं । सोधी खोजी गर्यौ कसैले भनेन सिद्दार्थ हामी सग छ भनेर । सिद्दार्थ हराको तीन दिन भयो तर भेट्न् सकिन मैले मेरो सिद्दार्थ । अनर्थ भो । म भित्र रहेको शान्ती भङ्ग भो । रिचर्ड पनि झोक्राएको देखे । गुम्बा पवित्र स्थल बाट नै सिद्दार्थ हराए पछि हामी कति इमानदार रहेछौत सबले एकले आर्का माथी सन्खा गर्न थाले । दुई आनीहरु माथि सन्खा छ भन्छ रिचर्ड मलाई तर कसरी सन्खा गर्नुर । सिद्दार्थको खानतलासी जारी रह्यो । तल तामाङ्ग गाउँ जादा एकजना गाउँको दादागिरी सग उस्को झगडा परेछ। उस्ले सिद्दार्थको मुर्ती हरायो गुम्बाबाट तिमिले कतै देख्यौ भने गुम्बामा खबर गरन भनेर अनुरोध गर्दा मरणासन्न हुनेगरी पिटेछ । बेलुकी रिचर्डलाई ज्वरो आयो । करिब पन्ध्र दिन थला पर्यो रिचर्ड । त्यो अवधीमा उस्को सम्पुर्ण सेवा गरे मैले । मेरो रात दिनको निन्द्रा हरण भयो सिद्दार्थ हराएपछी ।

सिद्दार्थको त्यो मुस्कान सम्झिन्छु । सिद्दार्थको त्यो सम्यक आँखा सम्झिन्छु । आफ्नो छोराको बिम्ब देख्थे म हरेक पल त्यो शान्त मुर्तिस्वरुपमा । एउटा जाबो मुर्ती हराउँदैमा किन चिन्तित गौतम बाजे भन्थी आनी र अरु लामाहरु । रिचर्ड लाई निको भयो ।
एक दिन साझ प्राथना सभा बाट भित्र भोजन कोठामा जादा रिचर्डले मलाई ” गौतम ! सत्य हराएको यो गुम्बामा अब मलाई धेरै दिन बस्न मन लागेन म अस्ट्रेलिया जान्छु तिमि पनि म सगै जानी भए हिड ” भन्यो ।

म पनि छोराको यादमा तड्पिरहेको थिए । यता सिद्दार्थ हराउनु उता रिचर्डले अस्ट्रेलिया हिड भन्नू कस्तो सन्जोग हो यो !

गुम्बा भित्रका सबै लामा र आनी अनि म र रिचर्ड दुखित थियौ । त्यो सिद्दार्थको असमान्य मुर्ती थियो । हाम्रा सबै बल बुद्धि सिद्दार्थ खोज्नमा लाग्यो तर पाउन सकिएन ।

जुन केटा सग रिचर्डको फाइट परेको थियो त्यही केटाले एक साझ सिद्दार्थ बोकेर आयो । उस्को आखामा आँसु थियो । उस्ले आफ्नो प्रायश्चित स्वीकार गर्यो । बेलुकी प्रार्थना सभामा उ पनि उपस्तित भएको रहेछ । उसलाई लागेछ यो मुर्ती सुनको हो र बेचेर पैसा कमाउने तर मुर्ती घरमा लगेपछि उस्की श्रीमतीले बुद्ध मुर्ती चोर्नु भनेको घोर अपराधमा फस्नु हो र यो बाट पारिवारिक अनिस्ट आइलाग्छ भनिछन । र दुई दिन पछि बुद्ध मुर्ती बोकेर आयो र भन्यो म बाट भुल भयो ।

मेरो सिद्दार्थ मलाई मिलेपछि म यति धेरै खुसी भएकि बिहानको हिमाल जस्तै उज्यालो भए म । सारा गुम्बाका मानिसहरू खुसी भए । रिचर्ड झन धेरै खुसी भयो । सिद्दार्थको ओठ बाट निस्केको मृदुल मुस्कान हामीतिर बिस्फारित भयो । हामीमा छायको अन्योलताको अन्त भयो । मुर्ती चोर्ने गाउँका दादागिरी पनि गुम्बाको शरणार्थी बन्यो । अब हरेक दिनको ध्यान सभामा उ पनि आमन्त्रित भयो ।

रिचर्डले मेरा लागि भिषाको प्रबन्ध गर्यो ।

हामी दुवै अस्ट्रेलिया गयौ । जिन्दगीमा पहिलो चोटि हवाई यात्रा गरे मैले । छोरो गएको पनि डेढ बर्ष बितिसकेको थियो । उसलाई पनि आफ्नो बाबुलाइ भेट्ने उत्कट इछ्या थियो । करिब चौध घन्टा उडिसकेपछि हामी अस्ट्रेलियाको सिडनि पुग्यौं । एउटा फरक सन्सारमा पुगे म । हिमालय पर्वत तिरै जिन्दगी बिताउछु भनेर हिड्ने मान्छे म सभ्यताको त्यो उत्कृष्ट सहरमा पुगे जाहा मानव सभ्यताको उच्च आधुनिकता भेटिन्थ्यो । छोराको खोजी भयो । तर उस्को मोबाइल स्वीच अफ थियो ।

त्यो दिन रिचर्डले आफ्नो अपार्टमा लिएर गयो । उस्को घरमा एउटा अलग शान्ति भेटे मैले । शान्त समुन्द्रको किनारमा अवस्थित एउटा सानो तीन कोठाको घर । नेपाली स्टाईलले बनाएको रहेछ । रातो माटोको जस्तो कलर लगाएको ।पिढि आगन सानो बगैचा । ढोकामा कलस राखेको । एउटा पुर्वीय सभ्यताको आलोक पाए त्याहा । आगन नजिक बगिरहन्थ्यो सामुन्द्रीक चिसो हावा । बार्दली पनि थियो । पालिमा लालटिन झुन्डिएको थियो । आगनको पर्खालमा लहरै पुजिएका बुद्धका मुर्तिहरु देख्दा यस्तो लाग्यो कि अब यतै ध्यान गरु ।

उस्ले एउटा कोठामा बिपस्याना ध्यान गर्ने स्थान बनाएको रहेछ ।
उस्को त्यो घर एउटा नेपालीको घर जस्तै लाग्यो मलाई ।
आगनीमा तुलसीको मस्ठ थियो । उस्ले भन्यो तुलसीको पात बाट धेरै अक्सिजन प्राप्त हुन्छ हामीलाई । ध्यान गर्दा पनि उ तुलसीको बोट नजिक जान्थ्यो उ । एउटा बिदेशीको नेपाली धर्म सस्कार र शान्ति प्रतिको अविरल मोह देखेर मलाई अचम्म लाग्यो ।

भोलिपल्ट उस्लेनै छोरा सिद्दार्थको मोबाइलमा फोन लगायो । घण्टी गयो । फोन उथ्यो । उस्ले परिचय दियो । म बोले सिद्दार्थ सग । सिद्दार्थ खुसी भयो । त्यही दिन सिद्दार्थ मलाई भेट्न् नर्थ सिडनि आयो ।

छोरा देखेर म अचम्मित भए । जस्तो जुन रुप र चेहरामा पठाएको थिए मैले सिद्दार्थलाइ अस्ट्रेलिया त्यो केही बाकी थिएन । बिहानको घाम जस्तो भरिलो र चम्किलो मुहार थ्यो उस्को तर आज केही बाकी थिएन । उसलाई किन यस्तो भयौ बाबू भनेर मैले सोधपुछ गरे उस्ले जवाफ दिदै गयो । उस्का ओठ कापिरहेका थिए । रिचर्डले पनि उसलाई यथार्थ कुरा भन्न अनुरोध गर्यो । उस्ले भन्यो … बाबा जब म अस्ट्रेलिया आए मलाई थाहा छ अब म जसरी नि पैसा कमाएर तपाईंको ऋण तिर्नेछु । पढाई मेरो प्राथमिकतामा परेन । म दुई ठाँउमा जागिर खान थाले । कलेजले पूरा समय नपढेको भनेर निकालिदियो । त्यसपछि म इलेगल भए ।

एउटाी केटी साथी बनिन । उनी सग चै पि आर पनि थियो पढाई पनि थियो । मैले पनि आफू लिगल हुनको लागि उनीलाई नक्कली माया गर्न थाले । उनी मेरो मायामा फसिन ।हामी दुई सगै बस्न थाल्यौ । उन्ले मलाई पुरै बिस्वास गरिन । मेरा नेपाली साथीहरू त्यस्तै थिए सब मोज मस्ती गर्ने कमाएको पैसा सक्काउने । म अब उ बाट मात्रै सन्तोष हुन सकिन किनकि मलाई छिटोभन्दा छिटो पि आर चाहिएको थियो । मैले अर्कि केटी सग पनि सङ्गत गर्न थाले ।

मैले पहिलो केटीलाई दोस्रो केटीको बारेमा केहि थाहा नै दिएको थिइन । एक दिन अचानक कोठामै ल्याएको बेलामा पहिलो गर्लफ्रेन्दले रङ्गेहात समातिन । पहिलो केटी मलाई छोडेर गइन मलाई बिश्वास घाती भन्दै । अब दोस्रो केटी बनिन मेरो साथी। हामी कमाएको पैसा मोज गर्नी रक्सी खाने पार्टी गर्ने पोकर खेल्ने गर्न थाल्यौ । हामी दुवै इलिगल बसिरहेका छौ । जुन उदेश्यले तपाईंले मलाई ऋण गरेर मलाई यहाँ पठाउनु भो त्यो प्रगति मैले गर्न सकिन । पहिलात मलाई तपाईंले ऋण गरेर यहाँ पठाउनुभएको त्यो ऋण मैले तिरेर मात्रै अनि पढाई अगाडि बढाउछु भनेर लाग्दा म चुक्न पुगे । म असन्तुष्ट हुँदै गए । केटी साथी फेर्ने बानी बस्यो । आज म सग न शिक्षा छ न पैसा नै छ ।
मैले भयंकर गल्ती गरे बुवा । अब प्रायस्चित गर्छु । म सुधार्छु आफुलाइ बुबा …न मैले हजूरको ऋण नै तिर्न सके न राम्रो सग शिक्षा आर्जन नै गर्न सके । मान्छेलाई स्वतन्त्रता बढी भयो भने उ बिग्रदोरहेछ । थुप्रै बिग्रेका छन नेपाली बिद्यार्थीहरु यहाँ । लिभ इन रीलेसिनसिप भन्छन महिनै पिछे केटा केटी फेरिरहने आदत बसेको छ कतिको । नेपालमा नमिलेको अनौठो स्वतन्त्रता मिल्छ यहाँ आएपछि अनि त्यही स्वतन्त्रता बन्छ प्रगतिको तगारो …

सिद्दार्थका आखाबाट आँसु बगिरहेका थिए ।
रिचर्ड पनि यो घटनाले ससन्कित भयो । म रोए । मेरा आँखा बाट आसुको भेल बगे । मेरो छोरो सिद्दार्थ अस्ट्रेलिया गएर बिद्या आर्जन गर्छ देशको इज्जत राख्छ परिवारको इज्जत राख्छ पैसा कमाउछ हाम्रो गरीब हटने छ भन्ने सपनाहरू देखेथे मैले । एक बर्ष सम्म पनि उस्को प्रगतिको कुरा नसुने पछि उसैको ऋण तिर्न मैले अवकाश लिए । उस्को ऋण तिरे । बिरक्तिएर घर नै छोडेर हिडे । शान्ति खोज्दै उत्तर हिमालय तिर लागे । गुम्बामा बसे । रिचर्ड जस्तो आत्मि्य साथी भेटे तर तिम्रो यो चाल छोरा म कसरी मन बुझाउन सक्छु … बाकी कुरा तिम्रो हो । भविस्य बिगार्ने सपार्नु तिम्रो कुरा । अर्ति दिए सिद्दार्थलाइ । झोला भित्र भएको सिद्दार्थको मुर्ती ढाेगाएर मैले उसलाई बाचा गर्न लगाए कि अब आइन्दा कु बाटोमा हिड्ने छैन भनेर । उस्ले सिद्दार्थलाइ नमन गर्यो ।

केटीको फोन आयो उ गयो ।

म भित्रको त्यो आशा शुन्य भयो । सपनाहरू बिथोलिए । म पुन मेरै सिद्दार्थको मुर्ती तिर फर्केर ध्यान गर्न थाले रात बित्यो । रिचर्ड पनि ध्यानस्त भयो ।

भोलिपल्ट सबेरै उठे । समुन्द्री छालको शान्त उभार नजिक गए । रिचर्ड ब्युझिएको थिएन । सिद्दार्थलाइ ढोगेर निस्किए । नीलो समुन्द्री किनारमा पुगे । एउटा प्रमोधिताको अनन्त शान्ति देखे मैले पानीको निलीमामा ।

यतै समुन्द्रको छालमै हराउ जस्तो लाग्यो । सम्झिए नेपालको हिमालय । तुलनामा समुन्नत समुन्द्र पनि हिमालय पग्लिएरै आएकोत हो नि यो भन्दा मेरै हिमालय धेरै
महान जस्तो लाग्यो । मन चै भड्कि रहेको थियो ।
रिचर्डको मै बसे म । छोरा सग बस्ने कुरा पनि भएन अब । म कति दुखी रहेछु जस्तो लाग्यो । रिचर्डलाई मेरो गरिबी थाहा छ ।
रिचर्ड मलाई हरेक कुरामा सहयोग गर्छ । उ मलाई चिन्ता नगर भन्छ तर म सम्यमित हुन सकेको थिइन छोराको कारणले ।

उ ध्यान गर्थ्यो । म आफ्नै सिद्दार्थ तिर फर्केर रोइरहेको हुन्थे ।
आफ्नो रगतले बनेको छोराको नाउँ पनि सिद्दार्थ र यो मुर्ती पनि सिद्दार्थ । खै नाम सिद्दार्थ भएर के हुदोरहेछर! । आफैलाइ प्रस्न गर्थे म । सिद्दार्थ सग एकान्तमा कुरा गर्थे । अमुर्त सिद्दार्थ म सग बोलेजस्तो लाग्थ्यो । केहि दिन देखि मलाई ज्वरो आइरहेको थियो । आफ्नो ताकत सकिदै गए जस्तो अनुभुती हुन थालिरहेको थियो। म् कमजोरी हुँदै गए । रिचर्डले मेरो लागि धेरै गरिसकेको थियो । एक दिन गलित हुँदै ओछ्यानबाट मैले भने –
” तिमीले मेरा लागि धेरै पैसा खर्च गरिसक्यौ यो ऋण म कसरी तिरु त्यसैले कुनै क्युरियो पसले लाई यो मेरो सिद्दार्थ बेचिदेउ ताकी तिम्रो ऋण तिरु ।”

रिचर्डले सिद्दार्थलाइ लिएर गयो । बेलुकी फर्किदा उस्ले केही पैसा मलाई दियो । सिद्दार्थलाइ बन्दगी राखेको छु भन्यो। यो पैसाले केही थप!उपचार गरुला भन्यो रिचर्डले । बेलुकी म सग अब सिद्दार्थ थिएन । ममा झन बिरक्ती पन आयो । उस्ले घुमाउन लिएर गयो । उपचार पछि म निको भए । सिद्दार्थ बन्दकीमा परेको थियो । कुनै बेला छोराले लिएर जाला भन्ने सोचे।

मलाई अब अस्ट्रेलिया बस्न मन लागेन । रिचर्डको सम्मान र आथित्यताको म रिनि भैसकेको थिए । छोरा सग पनि सम्पर्क थिएन । फ्लाईट को टिकट किनेर ल्याइदियो रिचर्डले । भोलिपल्ट उ मलाई छोडन एयर्पोट गयो । र जाने बेलामा उस्ले-

” गौतम तिम्रो सिद्दार्थ तिमीनै लिएर जाउ । यति राम्रा सिद्दार्थलाइ सुहाउने शान्तिप्रीय देश नेपाल मात्रै हो ” भन्दै मलाई मेरो सिद्दार्थ पुन बन्दगी राखेको पसल बाट फिर्ता ल्याएर दियो । म फेरि अर्को थप रिनि भएर नेपाल फर्किए ।

नेपाल फर्कदा म सग अरु खासै केही थिएन यहि सिद्दार्थ लिएर गएको यहि सिद्दार्थ बोकेर आए । आउँदा भन्सार चेक जाँच भयो । मुर्तिलाइ एक्स्रे मेसिनमा हालियो । एक छिन पछी सिद्दार्थको मुर्ती पुरै सुन बाट निर्मित भएको प्रमाणित भयो । ममाथि अनुसन्धान सुरु भयो । म अचम्मित भए । मलाई प्रहरीले हथकडि लगाए । म जेलमा गए । सपना हो कि बिपना हो यो आफैलाइ चिमोठटनु थाले । मलाई जागिर छोडदा उपहार मिलेको सिद्दार्थको मुर्ती कसरी सुनको हुन्छ भनेर प्रहरीलाई भन्छु कुरा कसैले पनि सुन्दैनन ।

रिचर्डले मलाई हिड्ने बेलामा मेरै सिद्दार्थ मलाई बन्दकी बाट फिर्ता ल्याएर दिएको भनेको थियो। त्यो द्र्स्य सम्झिए । अनेक अनुसन्धान भए । लैजादा पनि एक्सरे मेसिनमा हालेर लिएर गएको त्यो बेलामा यो मुर्ती सुनको नहुने तर अहिले चै कसरी सुन हुन सक्छ एउटै मुर्ती भन्ने प्रमाण पेश गरे । मूर्तिलाई पहिला जादा एक्सरे गरेको सेकुरीटि टयाग पनि छ । सम्स्या समाधान हुन सकेन । मैले सोचे रिचर्ड ले मलाई फसायो । उ सुन तस्करी पो थियो कि भनेर सोच्न थाले । भित्र भित्र उसलाई गाली गर्न थाले म जस्तो अभागी लाई किन यो अपराध कर्ममा फसाएको होला भनेर । आफैलाइ धिक्कारे । मेरो मनले रिचर्डलाई सराप्न थाल्यो। आखिर गरिब जहाँ गए पनि सुखी छैन यहि सोचिरहे म ।

रिचर्डको रेकर्ड हेरियो । उ पटकपटक नेपाल आएको देखियो । नराम्रो धन्दामा उस्को सम्लग्नता पनि देखिएन । म जेलमै छु ।
अनुसन्धानका लागि उसलाई नेपाल झिकाइयो । उ मलाई भेट्न् जेल आयो । उस्का आँखा बाट अस्रुधारा बगिरहेको थियो । प्रहरिको अगाडि उस्ले साबिती बयान दियो-

” मलाई गौतमको कम्जोर आर्थिक अवस्था देखेर माया लाग्यो । छोरालाई अस्ट्रेलिया पठाउदा उस्को ऋण तिर्न जागिर नै छोडेको थियो । जागिर छोडदा सम्झना स्वरुप मिलेको त्यो पित्तलको मुर्तिलाइ मैले आफू सग राखेर उस्को आर्थिक रूपमा बलियो होस भनेर सुनको सिद्दार्थ बनाएर पठाए ताकी यो बेचेर अब बाकी जिन्दगी उस्ले आराम सग बिताओस । बस मेरो यहि अपराध हो अब के गर्न पर्छ त्यस्को सजायको भागिदार म हुन तयार छु ”

रिचर्ड लाई देखेर मलाई रुन मन लाग्यो । म माथिको उस्को सद्भावना र माया कति गहिरो रहेछ । एउटा असल मित्रको दुखमा अर्को असल मित्र कसरी दुखी हुदोरहेछ मलाई बोध भयो ।

सुन सरकारी ढुकुटीमा दाखिला भयो । खास गलत उदेश्य बाट सुन ल्याएको प्रमानित नभए पनि पन्ध्रौं दिनको जेल जिन्दगी भोगेर हामी दुवै जेल मुक्त भयौ र पुन गुम्बामा गयौं बुद्द शरणमा शान्ति सत पथमा । ॐ शान्ति ॐ अप्पो दिप भव :

सूचना :- यो कथालाई मैले चलचित्र निर्माण गर्ने उदेश्यबाट प्रेरित भइ लेखेको हु । यस कथामा बिश्वमा बढ्दै गैरहेको भौतिक लिप्सा ,मानवताको हार, धर्म र शान्तिको क्ष्ययिकरण र असल मित्रताको बाटो बारे ब्यक्त गरेको छु । यश कथामा चलचित्र निर्माणका लागि बिश्वमा रहेका नेपाली (जो सग पुजि छ ) दाजुभाइ दिदीबहिनीहरुलाइ आह्वान गर्दछु । बहसका लागि खुलामञ्चका सम्पादक श्री गोकुल ढकालज्यूलाइ वा मलाई सम्पर्क गर्दा पनि हुन्छ
laxmanrajsitaula@gmail.com

तपाईको प्रतिक्रिया

- लक्ष्मण सिटौला केटीले ब्रा र पेन्टी देखाएर फोटो सुट गरिन भने यसलाई ग्ल्यामर्स भनिन्छ ।.. ...

काठमान्डौं - राजधानीको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिर प्राथमिक विद्यालयको.. ...

न्यूयोर्क - नेवा: नख: न्यूयाेर्कका उपाध्यक्ष बिष्णु मान प्रधानले सभामा उपस्थित सम्पूर्ण.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...