२०८१ वैशाख १३ गते | 25th of April 2024

क्यानाडामा नेपालको उच्च शिक्षा बिकासमा डायस्पोराको भूमिकाबारे नेपाली शिक्षाविदहरुको सम्मेलन

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २७ गते २२:३०

क्यानाडा – ग्लोबल पोलिसी फोरम यु.के., द एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज र क्यानाडा फाउन्डेसन फर नेपालका साथै नेपाली राजदुताबास अटवा,क्यानाडा र एन आर एन ए, एन. सी. सी. क्यानाडाको संयुक्त आयोजनामा ‘नेपालमा उच्च शिक्षाको विकाशको लागि नेपाली डायस्पोराको भूमिका’ सम्बन्धि संमेलन ७ जुलाई, २०१८ का दिन टोरंटो विश्वविद्यालयको वाइक्लिफ कलेज, क्यानडामा आयोजना गरिएको छ । |

टोरंटो संमेलनमा क्यानाडा, संयुक्त राज्य अमेरिका र यूरोपबाट आएका विभिन्न विषयका धेरै विज्ञहरुले नेपालमा उच्च शिक्षाको विकाशको लागि नेपाली डायस्पोराको के कस्तो भूमिका रहन सक्छ भन्ने बारे आ-आफ्नो विशेषज्ञताको क्षेत्रमा कार्यपत्रहरु प्रस्तुत गर्नेछन्।
विभिन्न कार्यपत्रहरुको प्रस्तुतिसंगै टोरंटो सम्मेलनले इच्छुक नेपाली डायस्पोराका विज्ञहरुलाई कसरी नेपालको उच्च शिक्षामा बढी भन्दा बढी सहयोग पुर्याउन सकिन्छ भन्ने सम्बन्धमा छलफल गर्न र उपयुक्त रणनीतिको तर्जुमा गर्न सहयोग पुर्याउने छ | नेपालमा उच्च शिक्षा कार्यक्रमको स्तर-उन्नति गर्नकोलागि तर्जुमा गरिएको रणनीति लागु गर्दा आबश्यक पर्ने अनुसन्धान, पाठ्यक्रम विकास, व्यवस्थापन, र दूर शिक्षा सम्बन्धि क्षेत्रमा नेपालमा रहेका विश्व-बिध्यालयहरु र शैक्षिक संस्थाहरु र बिदेशमा रहेका विश्व-बिध्यालयहरु र शैक्षिक संस्थाहरु बीच के कसरी सहयोगको आदान-प्रदान हुन सक्छ भन्ने बारे पनि गहन छलफल गरिने छ। 

हालसम्म सन्मेलनका लागि कन्फर्म गरिसक्नु भएका वक्ताहरूमा क्यानाडाका लागि नेपाली राजदूत महामहिम काली प्रसाद पोखरेल, क्यानाडाका फेडरल सांसद डा. गेंग ट्यान, यु.के.को लीड्स यूनिभर्सिटीका प्रोफेसर सुर्य सुवेदी, न्यू ब्रन्सविक यूनिभर्सिटी क्यानाडाका प्रोफेसर बासु शर्मा, क्यालिफोर्निया स्टेट यूनिभर्सिटीका प्रोफेसर जीत जोशी, अरिजोना स्टेट युनिभर्सिटीका डा. अम्बिका प्रसाद अधिकारी,रेजाइना यूनिभर्सिटी क्यानाडाका प्रोफेसर द्रोण रसाइली, फ्लोरिडा यूनिभर्सिटी अमेरिकाका प्रोफेसर शिव गौतम र अमेरिकाको कनेक्टिकट यूनिभर्सिटीका प्रोफेसर बिद्या रंजित लगायत हुनुहुन्छ । यस सम्मेलनको आयोजक समितिमा डा. अम्बिका प्रसाद अधिकारी(अध्यक्ष), डा. तुलसी धरेल, डा. गोविन्द दाहाल, श्री नवराज गुरुङ र श्री गोपीकृष्ण काफ्ले हुनुहुन्छ ।

सन्मेलनबारेअरु थप जानकारीको लागि: http://canpec.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *