२०८१ वैशाख १३ गते | 25th of April 2024

जनयुद्धमा मैले एक जना पनि मान्छे मारेको छैन – डा. बाबुराम भट्टराई

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २७ गते २२:५३

काठमाडौँ – लामो समयको लोकतान्त्रिक आन्दोलनले देशमा लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भयो । संविधान जारी पश्चात अब अहिले सम्म हामी आएको यो बाटोबाट धेरै आगाडी बढ्न नसकिने भन्दै डा. बाबुराम भट्टराईले पार्टी बाट राजीनामा दिएर हिडेका थिए । त्यस लगतै अबको नेपाललाई आवश्क पार्टी भनेको विकासको एजेण्ड बोक्ने पार्टी नै अहिलेको अपरिहार्य पार्टी रहेको भन्दै उनले नयाँ शक्ति पार्टी निर्माण गरेका थिए।

उनको एजेन्डा भनेको छोटो अवधिमै गरिबी र बेरोजगारी अन्त्य गर्ने र तेस्रो स्तरमा भासिएको देशलाई मध्यम स्तर हुँदै उच्च स्तरमा पु¥याउने हो । विकास र समृद्धि कसरी हुन्छ भन्ने विषयमा गम्भीर बहस तथा छलफल हुनु आवश्यक छ । एक अन्तरर्वाताको क्रममा दस बर्षे जनयुद्धको समयमा आफुले कुनैपनि मानिसको हत्या नगरेको र कुनैपनि मानिसको हत्या भएको हेर्न समेत नसक्ने बताएका छन् । त्यसैले अबको युग भनेको हत्या र हिम्साको युग होइन विकास र समृद्धिको युग भएको बताएका छन् ।

विकास र समृद्धिका अवधारणाहरू फरक–फरक छन् । हाम्रो देशको सापेक्षतामा त्यसका लागि लागू हुने नीति र बाटो पनि फरक हुन्छन् । नियन्त्रित समाजवाद अर्थात साम्यवाद हो । यसले सबैथोक राज्यले नियन्त्रण गरेर राज्यकै योजनाअनुसार मात्र विकास हुन्छ र विकास गर्न सकिन्छ भन्ने अवधारणालाई आत्मसात गर्नु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *