२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

साहित्यकार गोविन्द गिरी प्रेरणाको २४औं कृति ‘लिभिङ टुगेदर’ प्रकाशित हुँदै

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २८ गते १७:५१

काठमाडौं – नेपाली साहित्यका विविध विधामा चार दशकदेखि नित्य निरन्तर साहित्य लेखनमा समर्पित साहित्यकार गोविन्द गिरी प्रेरणाको नयाँ कृति कृति “लिभिङ टुगेदर” प्रकाशनको अन्तिम चरणमा पुगेको थाहा भएको छ । साहित्यकार प्रेरणाको यो कृति उपन्यास हो र यो उनको २४औं कृति हो । उनका सम्पादित र अनुवाद गरी ३२ कृति प्रकाशित छन् । उपन्यासको रुपमा भने यो पाँचौं हो । यसअघि उनका “उत्खनन”, पाखण्ड पर्व”, “अन्तिम खाडल” तथा “मात्र एक रात” प्रकाशित छन् ।

विगत १४ वर्षदेखि अमेरिका वस्दै आएका प्रेरणा अमेरिकी नेपाली समाजमा साहित्यकार पत्रकार तथा समाजसेवीका रुपका परिचित छन् । उनको सम्पादनमा डिसी मेट्रो क्षेत्रवाट १० वर्ष ” विश्वपरिक्रमा ” छापा पत्रिका प्रकाशित भएर हाल विश्वपरिक्रमालाई अनलाइनमा लगेका छन् । उनको अध्यक्षतामा “अमेरिका नेपाल साहित्य प्रतिष्ठान” अमेरिकामा दर्ता भै साहित्यिक गतिविधि गर्दै आएको साहित्यिक संस्था हो । त्यसै गरी उनको अध्यक्षतामा “मनासस एभरेष्ट लायन्स क्लव ” पनि कार्यशील छ ।Image may contain: 1 person, smiling

प्रेरणाका अनुसार यो उपन्यास सन् २०१६ मा लेखिएको हो र यसलाई नेपालमा पछिल्लो समयमा राम्रा साहित्यिक कृतिहरु प्रकाशनमा जुटेको प्रतिष्ठित प्रकाशन ‘बी एन पुस्तक संसार’ ले प्रकाशन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']