२०८१ वैशाख १२ गते | 24th of April 2024

विज्ञ भेला र साधारणसभा ऐतिहासिक: डा. पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २९ गते १७:२७

सान-फ्रान्सिस्को – क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा आयोजना हुन लागेको विज्ञ भेलासगैं हुन लागेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको साधारणसभालाई ऐतिहासिक अवसरको रुपमा लिइएको एनआरएनए अमेरिकाले जनाएको छ । आउदो जुन १६ र १७ मा विज्ञ भेला तथा साधारणसभा हुदैंछ ।

एनआरएनए आइसिसीले विश्व विज्ञ भेला अघिको क्षेत्रीय विज्ञ भेलाको पहिलो कार्यक्रम उत्तर अमेरिका क्षेत्रमा गर्नु स्वागतयोग्य भएको त्यसको आतिथ्यता एनआरएनए अमेरिकाले गर्न पाउनु सुखद् पक्ष भएको एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले बताउनुभएको छ ।
विशेष महत्वको विश्व विज्ञ भेला अन्र्तगतको पहिलो कार्यक्रम नैं अमेरिकामा आयोजना गरीे एनआरएनए अमेरिकाप्रति पनि विश्वास जनाएकोमा
एनआरएनए आइसिसीप्रति उहाले आभार समेत व्यक्त गर्नुभएको छ ।

अमेरिकामा आफ्नो क्षेत्रमा विशिष्टिकृत योगदान दिनुभएका र ख्याती कमाउनुभएका व्यक्तित्वहरु रहनुभएको प्रसंग उल्लेख गर्दै अध्यक्ष डा. पौडेलले उहाहरुको ज्ञान,सिप, अनुभव , क्षमता र योग्यतालाई नेपालको विकास र सम्वृद्दिमा जोड्न सक्दा लाभ हासिल गर्न सकिने बताउनुभयो । उहाले अमेरिकालाई अवसरको देश समेत भनिने चित्रण गर्दै विश्व न्यूजसगको कुराकानीमा धेरैं क्षमतावान् व्यक्तित्वहरुहरुलाई विज्ञ भेलाले एउटैं मञ्चमा जोड्ने काम गर्ने बताउनुभयो ।

यस्तैं, यही विज्ञ भेलाकै समयमा एनआरएनए अमेरिकाको साधारणसभा समेत गर्न लागिएको उल्लेख गर्दै साधारणसभामा एनआरएनए आइसिसीको नेतृत्व लगायत पदाधिकारी समेत रहनुलाई ऐतिहासिक अवसरको रुपमा लिइएको जनाउनुभएको छ ।

उहाले सबैंलाई साधारणसभामा सहभागि भई सफल पार्न अनुरोध समेत गर्नुभएको छ । यता, साधारणसभा संयोजक एवं एनआरएनए अमेरिकाकी उपाध्यक्ष उमा कार्कीले साधारण सभाको व्यवस्थापकीय तयारी पुरा भएको बताउनुभएको छ ।

साभार : विश्वन्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *