२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएन विज्ञ सम्मेलनमा बिभिन्न सात बिषयमा छलफल हुने

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ३१ गते ११:१६

सान्-फ्रान्सिस्को – गैर आवासीय नेपाली संघ (एनआरएन) अन्र्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको संयुक्त आयोजनामा यही जुन १६ र १७ तारिखमा अमेरिका क्यालिफोर्नीयाको सान फ्रान्सीस्कोमा आयोजना हुन लागेको बिज्ञ सम्मेलनका अवसरमा बिभिन्न सात बिषयमा छलफल हुने भएको छ ।

शिक्षा, स्वास्थ्य विज्ञान, कृषि र कृषि अर्थतन्त्र, समाजिक सेवा, शहरी विकास योजना, विज्ञान तथा प्रविधि, पर्यटन तथा वातावरण गरि सात बिषयमा गहन बिज्ञहरु सहितको गहन छलफल तथा कार्यपत्र प्रस्तुत हुने बिज्ञ सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र तथा कार्यक्रमको संयोजन गर्नुभएका डा. रुद्र अर्यालले बताउनुभयो । कार्यपत्र प्रस्तुती, प्यानल छलफल, टिप्पणीमा करिव ३० जना विज्ञ सहभागी हुनुहुने बताइएको छ ।

१६ तारिख बिज्ञ सम्मेलन तथा १७ तारिख एनआरएन अमेरिकाको साधारण सभा हुनेछ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाल सरकारका पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहभागी हुने कार्यक्रम रहेको छ भने पुर्ब पराराष्ट्र मन्त्री तथा अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता रेवातीरमण भुषाल लगायतका बिभिन्न उच्च अधिकारी संगै एनआरएन आइसीसीका अध्यक्ष भबन भट्ट, पुर्ब अध्यक्ष जिवा लामिछाने, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य, महासचिव बद्रि केसी पनि कार्यक्रममा सहभागी हुन लागेको एनआरएन अमेरिकाज क्षेत्रका संयोजक आरसी गौरीराज जोशीले बताउनुभयो ।

बिज्ञ सम्मेलन मार्फत समृद्ध नेपालका लागी गैर आवासीय नेपालीले गर्न सक्ने योगदानलाई बिषयमा गहन छलफल हुने तथा एनआरएन अमेरिकाको साधारण सभा मार्फत आगामी योजनाका बारेमा छलफल हुने बिज्ञप्ति मार्फत जनाइएको छ ।

प्रेस विज्ञप्ति :

जुन १४, २०१८ गैर आवासिय नेपाली संघ र गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका द्धारा संयुक्त रुपमा आयोजित विज्ञ सम्मेलनमा सात विषयमा केन्द्रित भई कार्यपत्र प्रस्तुत र छलफल हुने भएको छ । शिक्षा, स्वास्थ्य विज्ञान, कृषि र कृषि अर्थतन्त्र, समाजिक सेवा, शहरी विकास योजना, विज्ञान तथा प्रविधि, पर्यटन तथा वातावरणसंग सम्वन्धित विषयमा कार्यपत्र प्रस्तुत हुने छ । कार्यपत्र प्रस्तुती, प्यानल छलफल, टिप्पणीमा करिव ३० जना विज्ञ सहभागी हुनुहुने छ । विज्ञसम्मेलनमा प्रस्तुत हुने विषयगत कार्यपत्र र कार्यक्रमको संयोजन गर्नुभएका डा रुद्र अर्यालले नेपालको विगत, वर्तमान र भविष्यको आवश्यकतालाई केन्द्र राखेर कार्यपत्र प्रस्तुत हुने वताउनुभएको छ ।

विदेशमा कार्यरत नेपाली डायोस्पोरा नेपालसंग कसरी जोडिन सक्छ यसको खाका सहित कार्यपत्र प्रस्तुत हुने छ डा अर्यालले भन्नुभयो । उदाहरणका रुपमा कृषिसंग सम्वन्धि विदेशमा कार्यरत विज्ञहरुले आफुले गरिरहेको अनुसन्धान नेपालको विद्यमान अवस्था र यो कसरी त्यहां लैजान सकिन्छ यसवारेमा पनि धारणा राख्नुहुने छ । यो सम्मेलन तयारीका क्रममा अहिलेसम्म एनआरएन संस्थासंग नजोडिनुभएका कयौं आफ्नो क्षेत्रका विज्ञहरुसंग पनि सम्पर्क भयो डा अर्यालले भन्नुभयो हामीलाई पनि कार्यपत्र वनाउने क्रममा एक आपसमा मिलेर काम गर्ने मौका मिलेको छ डा अर्याल भन्नुहुन्छ यसले हामी विच आपसी सहयोग लेनदेनको वातावरण पनि वनेको छ ।

नेपालको स्वास्थ्य क्षेत्रको सुधारका वारेमा स्ट्यानफोर्ड विश्वविद्यालयका प्रोफेसर पाउल एस एयरब्लाउज, जनस्वाथ्यमा डा श्याम थापा, शहरी विकासमा डा अम्बिका अधिकारी, पर्यटन विकासका वारेमा प्रध्यापक ज्ञानु न्यौपाने लगायतले कार्यपत्र प्रस्तुत गर्दै हुनुहुन्छ । अहिले कुन नेपाली कुन क्षेत्रमा अनुसन्धान वा काम गर्दै हुनुहुदों रहेछ भन्ने पनि केही मात्रामा भनेपनि थाहा भयो डा अर्यालले भन्नुभयो सम्मेलनवाट आजको भोलि रिजल्ट आउने भन्ने होइन तर, सामान्य अवधारणावाट भविष्यमा ठुलो अवधारणामा जान सकिन्छ । विज्ञसम्मेलन पनि एनआरएन अमेरिकाको साधारण सभा हुदैं छ । साधारण सभामा एनआरएन अमेरिकाको भावि रणनीतिका वारेमा छलफल हुने छ ।

विज्ञ सम्मेलन र साधारण सभा यही शनिवार र आइतवार क्यालिर्फोनियाको सनफ्रान्सिस्कोमा आयोजना हुदैं छ । उक्त कार्यक्रम नेपाल सरकारका मन्त्री रविन्द्र अधिकारी, पुर्व पराराष्ट्र तथा अर्थमन्त्री डा प्रकाशचन्द्र लोहनी, लगायत अन्य राजनीतिक नेताको सहभागि हुनुहुने छ । यस्तै कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्ट, पुर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव डा बद्री केसी, लगायत थुपै देशमा वस्नुहुने एनआरएन समुदायका सहभागिता हुनुहुदैं छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *