२०८१ वैशाख ६ गते | 18th of April 2024

साढे ३ अर्बले हेर्दै विश्वकप फुटबल उद्घाटन

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ३१ गते ११:२९

काठमाडौं – आजबाट सुरु हुने रसिया विश्वकप फुटबल विश्वभरबाट ३५० करोड मानिसले हेर्ने भएका छन् । २१ औं संस्करणको विश्वकप नेपाली समय अनुसार आज राति ८ः४५ बजे समूह ए अन्तरगतको खेल मस्कोको लुझिन्की रंगशालामा हुनेछ ।

पहिलो उद्घाटन खेलमा आयोजक रसिया र एसियाली राष्ट्र साउदी अरेबियाबीच हुनेछ । खेल हुनुअघि पाँच सयभन्दा बढि कलाकारहरुले सांगितिक प्रस्तुति दिनेछन् । उक्त उद्घाटन समारोह विश्वभरबाट ३ अर्ब ५० करोड मानिसहरुले लाईभ हेर्न पाउनेछन् । अर्थात विश्वकपको उद्घाटन खेल विश्वको आधा जनसंख्याले हेर्नेछ ।

यसबाट फिफालाई ६ अर्ब ८ करोड डलर आम्दानी हुनेछ । उद्घाटन समारोहमा महान फुटबलर पेले अस्वस्थ्यताका कारण अनुपस्थित रहेनछन् । उनको ठाउँमा रोनाल्डो हुनेछन् । ३२ दिनसम्म चल्ने यो प्रतियोगिता ११ शहरका १२ रंगशालामा ६४ खेल हुनेछन् ।

उद्घाटन समारोहमा ईग्ल्याण्डका पप स्टार राबी विलियम्स, गायक जुआन डिएगो फ्लोरेज, स्पेनका ओपेरा गायक प्लासिडो डोमिगो तथा रुसका ओपेरा गायक गरीफुल्लिननाको प्रस्तुति रहनेछ । यो समारोह तथा प्रतियोगिताको समयमा ३० हजार सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्नेछन् । लडाकू विमान पनि हुनसक्ने सम्भावित घटनाको लागि तयारीमा रहनेछ ।

२१ औं संस्करणको विश्वकपका २१ रोचक तथ्य (भिडियोसहित)

२. रसिया विश्वकपमा सहभागि भएका राष्ट्रहरु मध्ये यूरोपवाट १४, दक्षिण अमेरिका र अफ्रिकावाट ५–५ टिम रहेका छन् भने एशियावाट ५ र मध्य अमेरिकावाट ३ राष्ट्र गरेर कुल ३२ राष्ट्रहरु फाइनल चरणमा रहेका छन् ।

३. ईंग्ल्याण्डका विभिन्न क्लबहरुवाट प्रोफेसनल फुटबल खेल्ने १ सय २४ जना खेलाडीहरु यो विश्वकपमा विभिन्न टिमहरुमा रहेका छन् । यदी स्वान्से र वेल्सलाई पनि जोड्ने हो भने यो संख्या १ सय ३० जना खेलाडीमा पुग्छ । विश्वकपमा खेल्ने खेलाडीहरु मध्ये स्पेनका विभिन्न क्लवमा खेल्ने ७८ जना र जर्मनीको बिभिन्न क्लवमा खेल्ने ६७ जना खेलाडीले यो विश्वकपमा आफ्नो नेसनल टिमवाट सिट सुरक्षित गरेका छन् ।

४. प्रिमियर लिगको सन् २०१७–१८ को सिजनमा खेल्ने १ सय ७ जना खेलाडीहरु यो विश्वकप फाइनलमा आफ्नो नेसनल टिमवाट खेल्दैछन् । यो विश्वकपमा खेल्ने ७ सय ३६ खेलाडीहरुले क्लव लेभलको फुटबल खेलेर बार्षिक २ खर्ब २५ अर्ब ७६ करोड ५० लाख रुपैंया“ कमाउछन् । यो तलबलाई औसतमा हेर्ने हो भने एउटा खेलाडीले बार्षिक ३० करोड ४५ लाख रुपैंया आम्दानी गर्छ । तर यो रकम कुनै चर्चित खेलाडीको ब्यक्तिगत आम्दानीसंग तुलना गर्दा कम हुन्छ भने र पानामा टिममा रहेका केही खेलाडीहरुसंग तुलना गरेमा बढी पनि हुन्छ ।

५. २० औं संस्करणको विश्वकप प्रतियोगिता अहिलेसम्म आयोजना सम्पन्न भएपनि यो विश्वकप ८ राष्ट्रले मात्र जित्न सकेका छन् । सन् १९३० देखि यो विश्वकप यूरोपको तर्फवाट जर्मनी र ईटालीले ४–४ पटक, फ्रान्स, ईंग्ल्याण्ड र स्पेनले १–१ पटक जितेका छन् । यसैगरी दक्षिण अमेरिकाको तर्फवाट ब्राजिलले ५ पटक, अर्जेन्टिना र उरुग्वेले २–२ पटक जितेका छन् ।

६. रसिया विश्वकपका लागि अझै पनि ६४ खेलको २९ लाख २६ हजार टिकटहरु बिक्रिमा रहेको छ । ११ शहरको १२ वटा रंगशालामा आयोजना हुने यो विश्वकपमा २५ लाख ८२ हजार टिकट दर्शकका लागि छुट्याईएको छ । यो वाहेक १ लाख ६७ हजार टिकट प्रायोजक र टिमका पदाधिकारीहरुलाई, ८७ हजार टिकट संचारकर्मीलाई, ५८ हजार टिकट विशेष अतिथि र फिफाका पदाधिकारीहरुलाई छुट्याईएको छ ।

७. यो विश्वकपमा खेल्ने सर्वाधिक कान्छो खेलाडी भनेकै अष्ट्रेलियाका ड्यानियल आर्जानी रहेका छन् । विश्वकपको मैदानमा उत्रिदा उनको उमेर १९ बर्ष १ सय ६१ दिनको हुनेछ । अष्ट्रेलियाको मेलवर्न सिटी क्लववाट खेल्ने ड्यानियललाई हालै सिनियर टिममा ल्याइएको हो । सन् १९९० को विश्वकपमा सहभागि भएका कुनै पनि खेलाडी १९ बर्षका रहेका थिएनन् ।

८. यो विश्वकपमा ड्यानियल आर्जानी भन्दा केही दिनले जेठा तर १९ बर्ष पुरा नभएका ६ जना अरु खेलाडीहरु पनि रहेका छन् । जसमा फ्रान्सका क्यालियन बाप्पे, मोरक्कोका आर्चफ हकिमी, नाईजेरियाका फ्रान्सिस उजो, सेनेगलका मुसा वागु र ईंग्ल्याण्डका ट्रेन्ट एलेक्जेण्डर आर्नोल्ड पनि रहेका छन् ।

९. रसिया विश्वकपमा खेल्ने खेलाडीहरु मध्ये सबैभन्दा जेठा ईजिप्टका गोलकिपर इसाम एल हाडेरी रहेका छन् । सन् १९७३ मा जन्मिएका उनी ४५ बर्षका हुन् । उनी अर्का जेठो खेलाडीको रुपमा रहेका मेक्सिकोका डिफेण्डर राफेल माक्र्विज भन्दा ६ बर्ष जेठा रहेका छन् ।

१०. अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै खेल्ने अनुभवको संख्या पनि ईजिप्टका इसाम एल हाडेरीकै नाममा रहेको छ । उनले अहिलेसम्म १ सय ५७ वटा अन्तराष्ट्रिय प्रतियोगिताहरु खेलेका छन् । यो वल्र्डकपमा खेल्ने ९ जना खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव नै छैन जसमा दुई जना ईंग्ल्याण्डका खेलाडीहरु ट्रेन्ट एलेक्जेण्डर आर्नोल्ड र निक पोप रहेका छन् ।

११. रसिया विश्वकपमा खेल्ने खेलाडीहरु मध्ये क्रोएसियाका गोलकिपर सर्वाधिक अग्ला खेलाडी रहेका छन् । लोभ्रे कालिनिकको उचाई ६ फिट ५ ईन्च रहेको छ ।

१२. यही विश्वकपमा खेल्ने खेलाडीहरु मध्ये स्विजरल्याण्डका खेलाडी सर्वाधिक कम उचाईका खेलाडीको रुपमा रहेका छन् । हेर्डान साक्विरीको उचाई केबल ५ फिट ४ ईन्च मात्र रहेको छ ।

१३. यो विश्वकपमा खेल्ने खेलाडीहरु मध्ये सर्वाधिक बढी तौल भएका खेलाडीमा पानामाका रोमान टोरेस रहेका छन् । उनको तौल ९९ किलोग्राम रहेको छ ।

१४. यही विश्वकपमा खेल्ने खेलाडीहरु मध्ये सर्वाधिक कम तौलका खेलाडी भने जापानका मिडफिल्डर ताकासि इनुको रहेको छ । उनी ५९ किलोग्रामका मात्र रहेका छन् भने उनी पछि कम तौल भएको खेलाडी ईंग्ल्याण्डका जेसी लिंग्रेड रहेका छन् । उनी ६० किलोग्रामका रहेका छन् ।

१५. फिफाले फुटबलको टेलिभिजन अधिकार बिक्रि गरेर ३ खर्ब २४ अर्ब ३६ करोड ५० लाख रुपैंया आम्दानी गर्ने छ । जसमा फिफाले गर्ने आम्दानीको ठुलो हिस्सा भनेको विश्वकप फुटबल प्रतियोगिता नै हुने गरेको छ ।

१६. रसियाले यो विश्वकप प्रतियोगिता आयोजना गर्न भौतिक पूर्वाधार निर्माण गर्न, यातायात ब्यवस्था राम्रो गर्न, रेल र हवाई यातायातको सुधार गर्न मात्र ६ खर्ब १६ अर्ब २५ करोड रुपैंया खर्च गरेको छ ।

१७. एउटै क्लववाट विश्वकपमा धेरै खेलाडीहरु सहभागिता गराउने किर्तिमान् म्यानचेष्टर सिटीले भंग गरिदिएको छ । म्यानचेष्टर सिटीवाट खेल्ने १६ जना खेलाडीहरुले यो विश्वकपमा विभिन्न टिमहरुवाट खेल्दै छन् । जसमा ईंग्ल्याण्डको तर्फवाट ४ जना, ब्राजिलको तर्फवाट ४ जना, अर्जेन्टिनाको तर्फवाट २ जना रहेका छन् ।

यसैगरी सिटीका २ खेलाडीले बेल्जियमको तर्फवाट र जर्मनी, फ्रान्स, स्पेन र पोर्चुगलको तर्फवाट १–१ जना खेलाडीले विश्वकपमा सहभागिता जनाएका छन् । यसअघि यो कीर्तिमान आर्सनलको नाममा रहेको थियो । सन् २००६ को विश्वकपमा आर्सनल क्लवका १५ जना खेलाडीहरुले विभिन्न टिमवाट विश्वकपमा खेलेका थिए ।

१८. अघिल्लो विश्वकपमा अक्टोपसले खेलको भविश्यवाणी गरेको थियो भने यसपटक सेतो विरालोले त्यो काम गर्ने छ । ‘अकीलिस’ नामको यो विरालो बहिरो छ । तर उसले गरेको भविष्यवाणी पुरा हुदै आएको छ ।

१९. रसियालाई सन् २०१० मा फिफामा भएको भोटिङ मार्फत् आयोजनाको अधिकार दिईएको थियो । २२ सदस्यिय भोटिङ प्यानलले दिएको यो अधिकारमा रहेका ६ जना ब्यक्तिहरुलाई फिफाको छानविन समितीले दोषि ठहर गरेको थियो । यो अभियोगमा परेका कोही आजीवन फुटबलको क्षेत्रमा प्रतिबन्धमा परेका छन् भने, कोही पक्राउ परेका छन् भने कोहीलाई अझै पनि छानविनको दायरामा राखिएको छ ।

२०. यो विश्वकप जित्ने टिमले पुरस्कार वापत नगद पुरस्कार ४ अर्ब १० करोड ८६ लाख ९६ हजार ८ सय रुपैंया पाउछन् । यसैगरी उपविजेता हुने टिमले ३ अर्ब २ करोड ७६ लाख र तेस्रो हुने टिमले २ अर्ब ५९ करोड ५५ लाख रुपैंया नगद पुरस्कार पाउछन् भने चौथो हुने टिमले २ अर्ब ३७ करोड ८० लाख रुपैंया पाउछन् ।

२१. यो विश्वकपको क्वाटरफाइनलमा पुग्ने टिमलाई १ अर्ब ७२ करोड ५५ लाख रुपैंया दिईन्छ भने राउण्ड सिक्सटिनमा पुग्ने १६ टिमलाई जनही १ अर्ब ३० करोड ५० लाख रुपैंया दिईन्छ । पहिलो चरणको खेलवाट घर फर्किने टिमले पनि ८७ करोड रुपैंया पाएर जान्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *