२०८१ वैशाख १४ गते | 26th of April 2024

एनआरएन विज्ञ भेला र साधारण सभा निर्धारित कार्यक्रमानुसार नै हुने

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ३१ गते ११:४८

सान्-फ्रान्सिस्को – आउँदो शनिवार र आइतबार (जुन १६ -१७ ) हुने एनआरएन विज्ञ भेला तथा वार्षिक साधारण सभा निर्धारित कार्यक्रम अनुसार नै सम्पन्न हुने एनआरएनले जनाएको छ।

विज्ञ भेला र साधारण सभामा सहभागी हुनका निम्ति अमेरिका भरि बाट जन चासो अत्यन्त बढिरहेको परिवेशमा सो कार्यक्रमलाई प्रभाव पार्ने गरी केही व्यक्तिहरूले एनआरएन अमेरिकाका विरुद्ध मुद्दा दायर गरेको र कार्यक्रम नहुने अफवाह फैलाइरहेको स्थितिमा एनआरएनले एक विज्ञप्ति प्रकाशित गर्दै कुनै पनि प्रकारका अफवाहमा नलाग्न अनुरोध गर्दै सबै कार्यक्रमहरू यथावत रहेको जानकारी गराएको हो।

एनआरएनका क्षेत्रीय संयोजक गौरी जोशी र एनआरएन अमेरिकाका सभापति डा. केशव पौडेलद्वारा सयुक्क्त रूपमा हस्ताक्षरित सो विज्ञप्तिमा दुषित विचार र व्यक्तिगत कुण्ठाबाट ग्रसितहरूले निराधार विषयलाई आधार बनाई अमेरिका बासी हजारौँ नेपाली दाजु भाइ दिदी बहिनीहरूको अधिकारमाथि प्रहार गर्नका लागी मुद्दा दायर तथा सम्मेलन रोकिएका जस्ता हल्लालाई प्रोत्साहन दिएको उल्लेख छ। 

” संस्थाको दिगो स्थायित्व, समाजको समुन्नति, मातृभूमिको सम्बृद्धि र सदस्यहरूको सर्वोपरि हक र हितमा कुठाराघात गर्ने यस्ता दुश्प्रयास र गलत अभ्यासको संस्थाका सबै सदस्य, शुभेच्छुक, अभियन्ता, अग्रज र अगुवाहरू यही जून १६ र १७ मा सनफ्रान्सिस्कोको उपस्थित भई, सक्रिय सहभागिता जनाई साधारण सभा र विज्ञ सम्मेलनलाई भव्य र सभ्यरूपमा सफल पारी गलत प्रक्रियालाई असफल पार्नु हुनेछ भन्ने कुरामा विश्वस्त छौँ: विज्ञप्तिमा भनिएको छ।

यक्तिगत स्वार्थ भन्दा माथि उठी संस्थाको सर्वोपरि स्वार्थको लागि सदस्यहरूको चिन्ता, चासो, असहमति र उपायहरू छंन् भन्ने तथ्यलाई स्मरण गराउँदै विज्ञप्तिमा ‘गलत प्रचार,प्रयास र अभ्यासमा विश्वास नगरी संस्थाको पूर्व निर्धारित मिति, समय र, स्थानमा हुने साधारण सभा र आई सी सी को विज्ञ सम्मेलनको लागि आफ्नो पूर्व निर्धारित योजना अनुरूप सहभागिता जनाई दिन सम्पूर्ण अमेरिकाबासी नेपाली दाजु भाइ तथा दिदी बहिनी लाई आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *