२०८१ वैशाख १३ गते | 25th of April 2024

प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा महासंघका अध्यक्ष श्रेष्ठ र सल्लाहकार शर्मा सहभागी

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ६ गते ५:३५

काठमान्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलवारदेखि शुरु औपचारिक राजकीय चीन भ्रमणमा नेपाली निर्माण व्यवसायी महासंघको टोलीलाई पनि समावेश गरिएको छ । भ्रमण टोलीमा महासंघको तर्फबाट अध्यक्ष विष्णुभाई श्रेष्ठ सहित महासंघका पूर्व अध्यक्ष समेत रहनु भएका सल्लाहकार रमेश शर्मा सम्मिलित हुनुहुन्छ ।

श्रेष्ठ र शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघ कार्यालयका प्रमुख प्रेमसिंह ऐर र जनसम्पर्क अधिकृत रामचन्द्र गिरीले बिदाई गर्नुभयो । महासंघ टोलीले प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधारको क्षेत्रमा चीनले हासिल गरेको अभूतपूर्व सफलताको स्थलगत अध्ययन गर्नेछ । भ्रमणका क्रममा आफूले चीनका निर्माण व्यवसायी र अन्य सरोकारवालासँग नेपालमा चीनियाँ लगानी भित्र्याउनका लागि आग्रह गर्ने अध्यक्ष विष्णुभाई श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *