२०८१ वैशाख ११ गते | 23rd of April 2024

एकतामा देउवा र पौडेलको जोड : मेची-महाकाली यात्रामा कांग्रेस

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ८ गते ११:२०

हेटौंडा –  गुट उपगुटको दलदलमा फसेको प्रतिपक्षी नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएका छन्। उनले सभापति शेरबहादुर देउवाको मन जित्नेगरी पार्टीमा देखिएका तिक्तताहरु छोडेर एकतावद्ध भएर अगाडि बढ्ने प्रयास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

आफू सदैव एकताको पक्षपाती रहेको जिकिर गर्दै आफू कुनै पनि गुटबन्दीमा नलागेको र आफ्नो कुनै गुट नभएको स्पष्ट पार्दै पौडेलले हेटौंडामा आयोजित कांग्रेसका जिल्ला सभापतिहरुको राष्टि«य भेलाको समापन समारोहमा भने, ‘मेरो अहिले पनि कुनै गुट छैन् । मैले त दृष्टि नपुगेकाहरुको आवाजलाई मैले कहिलेकाँही सहयोग गरिदिन्छु।’

पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई समान व्यवहार नगर्दा हेपाईमा परेकाहरुसँग आफू उभिएको आशय व्यक्त गर्दै पार्टीलाई मिलाएर लैजानुको विकल्प नभएको र आपसमा नमिलेका कुराहरु एकआपसमा बसेर मिलाउन सकिने पनि प्रष्ट पारे ।

मेची–महाकाली अभियान सञ्चालन गर्ने

जिल्ला सभापतिहरुको भेलामा एकताको सन्देश दिएका पौडेलले कांग्रेसलाई नयाँ जीवन प्रदान गर्न मेची–महाकाली अभियान सञ्चालन गर्ने प्रतिज्ञा गरेका छन् । कांग्रेसलाई नयाँ जीवन प्रदान गर्न मेची–महाकाली अभियान सञ्चालन गर्ने प्रतिज्ञा गरेका हुन् ।

पार्टीलाई सजग गराउन थालिने अभियानका क्रममा सवैलाई समेटेर जाने र कसैको पनि टिप्पणी नगरेर जिल्ला जिल्ला पुग्ने उनको भनाई थियो। “कांग्रेसलाई सजग गर्ने, नयाँ जीवन दिने एउटा अभियान लिएर म मेची महाकालीका सवै ठाउँमा जान्छु । र म कुनै साथीको टिप्पणी नगरीकन पोजेटिभ ढंगबाट पार्टीलाई सशक्त बनाउने कुरा मात्रै गरेर अगाडि बढ्छु,” नेता पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *