२०८१ वैशाख ८ गते | 20th of April 2024

प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजे काँग्रेस हातमा दही जमाएर बस्दैन : महामन्त्री कोइराला

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ९ गते १९:५९

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेस स्वतन्त्रतालगायत मौलिक हकलाई नियन्त्रण गर्न खोजे आफ्नो पार्टी आन्दोलनमा उत्रने बताएका छन् ।

साँखुबाट प्रकाशित भइरहेको ‘लावण्य सन्देश’ साप्ताहिकको आठौं वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेससँग इतिहास, सिद्धान्त र निष्ठावान् कार्यकर्ता भएकाले नागरिकका मौलिक हकमाथि अंकुश लगाउन खोजिए त्यसविरुद्ध काँग्रेसले सशक्त आन्दोलन गर्ने धारणा राखे ।

‘प्रेस स्वतन्त्रता जनताको अधिकार हो, त्यसमाथि हुने कुनै पनि प्रकारको प्रहार र नियन्त्रण काँगे्रसका लागि स्वीकार्य हुने छैन, प्रेस स्वतन्त्रताबिना अरु कुनै पनि स्वतन्त्रता पनि रहन सक्दैन’– महामन्त्री डा कोइरालाले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले राजनीतिक पूर्वाग्रहका आधारमा लोककल्याणकारी विज्ञापन रोक्न खोजिए त्यसविरुद्ध महासंघ पनि संघर्षमा जाने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियन एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारिता क्षेत्रका चुनौती सामना गर्न स्वतन्त्रताप्रेमी एकजुट हुनुपर्ने बताए ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले पे्रस स्वतन्त्रतामाथि सरकारका तर्फबाट हुन थालेको अनुदार काम, दबाव र नियन्त्रणमुखी प्रयास पत्रकारका लागि सह्य हुँदैन भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *