२०८१ वैशाख ८ गते | 20th of April 2024

नेजा अधिवेशनको लागि तयारी बैठक शियाटलमा सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ११ गते ८:०१

वासिङटन – नेपाल सियाटल सोसाइटी लगायत वासिङटन राज्यमा रहेका नेपाली सङ्घ संस्थाका प्रतिनिधिको उपस्थितमा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)ले जुलाई २१ र २२ मा हुने अधिवेशनको तयारी बैठक आइतबार सियाटलमा सम्पन्न भएको छ । गोरखा दरबारमा आयोजित कार्यक्रममा स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरूले सियाटलमा गर्न लागिएसम्पन्न भएको छ । नेजाको छैटौँ अधिवेशन तथा १२ औँ साधारण सभाको स्वागत गरेका छन् । 

नेपाल सियाटल सोसाइटीका संस्थापक अध्यक्ष एवं वासिङ्टन स्टेटका आयुक्त मोहन गुरुङ, वाणिज्यदुत एसी शेर्पा, नेपाल सियाटल सोसाइटीका अध्यक्ष माधव भण्डारीले अधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा दशरथ वुढाथोकी, बुद्धि कुँवर, पशुपति पाण्डे, पूर्व अध्यक्ष गणेश शिवाकोटी, मनिष ढकाल, हुने गुरुङले कार्यक्रम तयारीका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो । 

विभिन्न सहरमा रहेका नेपाली समुदायसँग नेजालाई जोड्दै जाने पूर्व घोषित नीति अनुसार नेजाले सियाटलमा अधिवेशन गर्न लागेको अधिवेशन तयारी समितिका संयोजक ध्रुव कुँवरले जानकारी गराउनु भयो । 

कार्यक्रममा नेजाका महासचिव तोया दाहाल, कोषाध्यक्ष शैलेश पोखरेलले संस्थाले नेपाली समुदायसँग जोडीएर गरिरहेका काम र उद्देश्य प्रस्ट पार्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *