२०८१ वैशाख ६ गते | 18th of April 2024

न्यूयोर्कमा नदिया लिवाङ्गको कविता संग्रह ‘नदिया लहर’ विमोचन

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ११ गते ८:१२

न्यूयोर्क – अमेरिकाको न्युयोर्कमा साहित्यकार नदिया लिवाङ्गकोे पहिलो कविता संग्रह ‘नदिया लहर’ विमोचन भएको छ । वाणिज्यदूत कृशु क्षेत्रीले एक समारोह बीच कविता संग्रहको विमोचन गर्नुभएको हो ।

लामो समयदेखि कविता र गीत कोरिरहेका लिवाङ्गका कविताहरु विभिन्न सञ्चार माध्यमहरुमा पनि प्रकाशन भइरहेकोमा यस पटक ती प्रकाशित र अप्रकाशित सबै कविताहरुको संग्रह निकालेको लिवाङ्गले बताउनुभयो ।

 

‘हरेक मानिसहरु मेरो विचारमा कवि हुन्, फरक यति हो कसैले त्यसलाई शब्दमा व्यक्त गर्छन् कसैले गर्दैनन् ,’ लिवाङ्गले  भन्नुभयो ।

कार्यक्रममा बोल्दै वाणिज्यदूत क्षेत्रीले साहित्यकार लिवाङ्गको कविताहरुको प्रशंसा गर्दै कवितामा छुट्टै भावहरु समेटिएको उल्लेख गर्नुभयो ।

५६ वटा कविता रहेको संग्रहबाट आफु उत्साहित रहेको बताउँदै लिवाङ्गले आफ्नो हरेक पाइलामा साथ दिने पतिका कारण आफ्नो साहित्यिक पाटो अझ फैलिएको बताउनुभयो ।

‘मेरो श्रीमान् विश्व थापाको साथको कारण आज यो संभव भएको हो,’ लिवाङ्गले  भन्नुभयो ।

कार्यक्रममा साहित्यकार लिवाङ्गको कविता ‘एउटी छोरीको प्रतिज्ञा’ लाई भिडियोमा उतारिएको थियो जुन कार्यक्रममा उपस्थित दर्शकहरुले निकै नै रुचाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *