२०८१ वैशाख १३ गते | 25th of April 2024

दशैँ अघि आऊला उपत्यकामा मेलम्चीको पानी !

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ११ गते १२:२७

काठमाडौै – भूकम्प र नाकाबन्दीबाट भएको क्षति उपलब्ध गराउन माग गर्दै निर्माण कार्य ठप्प पारेको ठेकेदार कम्पनी सीएसी र सरकारबीच मेलम्ची खानेपानी आयोजना दशैं अगाडि नै सम्पन्न गर्ने सहमति भएको छ । शुक्रबार मेलम्ची खानेपानीको निर्माणको जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्पनी सीएमसी र सरकारी प्रतीनीधि बीच भएको बर्तामा सो समझदारी भएको हो ।

मन्त्रालयको निरन्तरको प्रयासपछि मेलम्चीको खानेपानी दशैं अघिनै काठमाडौंमा ल्याउन ठेकेदार कम्पनी सहमत भएको खानेपानी तथा सरसफाई मन्त्री विना मगरले जानकारी दिनुभयो । सोमबार मन्त्रालयका पत्रकार सम्मेलन गरी मन्त्री मगरले निर्माण कम्पनीले दशैं अघिनै काठमाडौंमा पानी आउने गरी आगामी सेप्टेम्बर ३० अर्थात असोज १४ गते भित्र मेलम्चीको पानी सुन्दरीजलमा पठाउने सहमति गरेको बताउनुभयो ।

सहमतिअनुसार कम्पनीको म्याद २ सय १२ दिन थप गरिएको छ । मन्त्री मगरले थपिएको म्यादभित्र पनि मेलम्चीको पानी काठमाडौं ल्याउने काम नभए निर्माणको जिम्मेवारी पाएको सिएमसी कम्पनीमाथि कडा कार्वाही गर्ने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री मगरल बहुप्रतिक्षित मेलम्चीको खानेपानीलाई तमासाको विषय बनाउन नहुने भन्दैे तोकिएको समयभित्र मेलम्ची खानेपानी काठमाडौं नआए सम्बन्धित निकायमाथि कडा कदम चालिने बताउनुभयो ।

सरकारले बागमतीको पानी उपत्यकावासीलाई उपलब्ध गराउन सुन्दरीजलमा प्लान्ट निर्माण कार्यलाई पनि अन्तिम चरणमा पु¥याएको छ । मन्त्री मगरले दैनिक ४ हजार करोड लिटर पानी उपलब्ध गराउने गरी सुन्दरीजलमा प्लान्ट स्थापनाको कामलाई अन्तिम चरणमा पुर्याइएको जानकारी दिनुभयो । त्यसका लागि यही असार १५ गतेबाट फ्लसिङको काम सुरु गर्ने मन्त्रालयको योजना छ । तत्पश्चात बागमतीको पानी पनि काठमाडौंमा वितरण हुने मन्त्री मगरले जानकारी दिइन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा २०५८ सालमा सुरु भएको सो आयोजना २०६५ सालभित्र सम्पन्न गरिसक्ने भनिए पनि सो समयभित्र निर्माण कार्य सम्पन्न हुन नसक्दा यसको लागत बढेर ३५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

भूकम्प र नाकाबन्दीको क्षतिपूर्तिको माग गर्दै इटालियन ठेकेदार कम्पनी सीएसीले निर्माण कार्यनै ठप्प पारेको थियो । तर मन्त्री मगरको अथक प्रयासपछि कम्पनीका प्रतिनिधि र मन्त्रालयबीच दशै अघिनै काठमाडौंमा पानी ल्याउने पूर्व सहमति अनुसारनै काम अघि बढाउने सहमति गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *