२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

अमेरिकी राजनितीमा नेपालीको जीत

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७५ असार १३ गते ३:०९

मेरिल्यान्ड – मूलधारको राजनीतिमा समाहित हुनुभएका नेपाली मूलका हयारी भण्डारीले मेरिल्याण्डको डिष्टिक ८ वाट डेमोक्रयाट पार्टीको तर्फवाट स्टेट डेलिगेटस पदको प्राईमेरी निर्वाचनमा सफलता हात पार्नु भएको छ । मंगलवार सम्पन्न निर्वाचनमा डेमोक्रयाट पार्टीका एरिक व्रम्हवेल, ज्याक्सन र हयारीले आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट निर्वाचनमा भाग लिने छन् । आगामी नोभेम्वर महिनामा हुने निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट स्टेट डेलिगेटसमा उहाँको उम्मेद्वारी कायम भएको छ ।

यो सँगै अमेरिकामा निर्वाचनको माध्यमवाट प्राईमेरी निर्वाचनमा विजय भएर उक्त पदमा चुनाव लडने हयारी पहिलो व्यक्ति वन्नु भएको छ । हयारीको उक्त क्षेत्र व्लुस्टेट अर्थात डेमोक्रयाट पार्टीको वर्चस्व रहेको स्थान समेत हो । नेपालको पर्वतमा जन्मिनुभएका हयारी आगामी निर्वाचनमा विजयी भए अमेरिकाको राजनीतिमा कार्यालय मा काम गर्ने नेपालीमूलका पहिलो राजनीतिज्ञ हुनुहुनेछ । प्राईमेरी निर्वाचनमा विजयी भएपछि कुरा गर्दे हयारीले भन्नुभयो- “यो हामीहरु सवैको लागि गौरवको विषय हो, अव हाम्रो ध्यान राष्टिय चुनावमा केन्द्रित हुनेछ ।” 

उहाँले अगाडि थप्नुभयो -“हामीहरु को यो सफलताले अमेरिकामा नेपालीहरुलाई मूलधारको राजनीतिमा प्रवेश गराउने विषयमा एउटा कोसे ढुंगा को रुपमा मैले लिएको छु । साथै हामीहरुको यस महान अभियानमा होस्टेमा हैंसे गर्नुहुने सम्पूर्ण नेपालीहरुलाई ,मतदाताहरु र डेमोक्रयाट पार्टीलाई हार्दिक धन्यवाद दिन चाहन्छु “, ग्लोबनेपालले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']