२०८१ वैशाख १३ गते | 25th of April 2024

सडक बनाउन माग गर्दै जोरपाटीमा व्यङग्यात्मक कवि गोष्ठी, हिलाम्य सडकमा रोपाई

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १५ गते १६:२१

काठमान्डौं – बौद्ध–जोरपाटी–दक्षिणढोका–थली–साँखु सडक खण्डको मर्मत सम्भारका लागि सडक चौडा बनाउने काम शुरु भएको करिव दुई बर्ष हुँदा समेत निर्माण काम पुरा हुन नसक्दा स्थानीय ठूलो मारमा परेका छन् । यस सडक खण्डको दुरावस्थाका कारण दैनिक ओहोरदोहोर गर्ने लाखौं जनता तथा स्थानीय प्रताडित भइरहँदा समेत सरोकारवाला कसैले न्यूनतम मानवीय संवेदनशीलतालाई ख्याल गरेका छैनन् । यसैबीच चावहिल–जोरपाटी–साँखु सडक खण्ड समयमा निर्माण गर्न सरोकारवाला निकायलाई दबाब दिने उद्येश्यले शुक्रबार जोरपाटी ओरालोमा व्यङग्यात्मक सडक कबिता बाचन कार्यक्रम गरियो । कार्यक्रम अभिनव साहित्य समाज, सुरभी साहित्य प्रतिष्ठान, घुम्ती कबि गोष्ठी, तरेली साहित्य प्रतिष्ठान लगायतको संयुक्त आयोजना भएको हो । 

कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष बेदमणि घिमिरेले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभयो । कार्यक्रममा साहित्यकार पूर्ण प्रसाद पन्त ,ओम प्रसाद कोइराला, डा.सुबास प्याकुरेल, बाजुराम पौडेल, लगायत अन्य कविले आफ्नो कबिता र गीत मार्फत हिलाम्मे सडक माथि व्यंग्य गर्नु भएको थियो । कवित तथा गीत मार्फत उनीहरुले जनप्रतिनिधि तथा प्रशासन विरुद्ध कडा आक्रोश पोखेका थिए । सामाजिक अभियन्ता कुमार राज सुवेदीले चाबहिल, बौद्ध, जोरपाटी ,साँखु सुन्दरीजल सडकको अति दूररावस्थाको बिषयमा नागरिक दवाब अभियान संचालन गरिएको बताउनुभयो । पीडित जनताको धैर्यताको बाँध पनि फुट्नै लागिसकेको अवस्थामा चाँडो सडक निर्माण गर्नको लागि दबाबका अन्य कार्यक्रम अघि ल्याउने समेत सुवेदीले बताउनुभयो । वर्षौ बितिसक्दा पनि सडक निर्माण नगरी राज्यले जनतामाथि ठूलो अपराध गरेको सुवेदीको भनाइ थियो । सडकको दुरावस्थाप्रति राज्यको ध्यानाकर्षण गर्न हिलाम्य सडकमा सुवेदीकै नेतृत्वमा रोपाई समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *