२०८१ वैशाख ८ गते | 20th of April 2024

माछापुच्छ्रेमा एमालेका कर्ण बिजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ३ गते ४:३९

पोखरा, ३ जेठ ।
कास्कीको माछापुच्छ्रेमा गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार कर्ण गुरुङ बिजयी भएका छन् । गुरुङले निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार खुशीमान गुरुङलाई १ हजार ७ मतान्तरले पराजीत गरे । कर्णको ५ हजार ६ सय ७ मत आउँदा खुशीमानको ४ हजार ६ सय मत छ ।
उपप्रमुखमा एमालेकै कृष्णकुमारी दवाडी पौडेलले जितेकी छन् । नेपाली कांग्रेसकी टेकनशोभा गुरुङलाई १ हजार ६ मतले पछि पार्दै पौडेल उपप्रमुखमा विजय बनेकी हुन् । पौडेलले ५ हजार ५ सय ७९ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी टेकनशोभाले ४ हजार ४ सय ७३ पाइन् ।
माछापुच्छ्रे गाउँपालिकाको ७ वडामा एमालेले वडाध्यक्षसहित प्यानल नै जितेको छ । ३, ४, ५, ६, ७, ८ र ९ मा एमालेले प्यानलै जितेको हो । वडा नम्बर १ मा कांग्रेसले वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र एक खुल्ला सदस्य जितेको छ । १ मा कांग्रेसले एक खुल्ला सदस्य जितेको छ । वडा नम्बर २ मा नेकपा एमालेले वडाध्यक्षसहित महिला सदस्य र दलित महिला सदस्य जितेको छ । २ नम्बर वडामा कांग्रेसले २ खुल्ला सदस्य जितेको छ ।
माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका वीरेन्द्र गुरुङ बिजयी भएका छन् । गुरुङले ४९२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका आशकुमार गुरुङको ४७४ मत प्राप्त गरे ।
महिला सदस्यमा कांग्रेसकी जमुना पुन र दलित महिला सदस्यमा श्याममाया सुनार तथा खुला सदस्यमा एमालेका सूर्य गुरुङ विजयी भए । अर्को एक खुल्ला सदस्यमा नेपाली कांग्रेसका कैले मगर गोलाप्रथाबाट विजयी भए । कैले मगर र कांग्रेसकै निरबहादुर गुरुङले समान ४८६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट विजयी घोषणा गरिएको हो । वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एमालेका विक्रम गुरुङ विजयी भएका छन् ।
वडा नम्बर ३ को वडाध्यक्षमा नेकपा एमालेका सूर्यप्रसाद लम्सालहितको प्यानल विजयी भएको छ । वडा नम्बर ४ को वडाध्यक्षमा पूर्णबहादुर शाहीसहित एमालेको प्यानलले जितेको छ । ५ नम्बर वडाको अध्यक्षमा नेकपा एमालेका जुमबहादुर गुरुङसहितको प्यानलले जित्यो । वडा नम्बर ६ को वडाध्यक्षमा हरिश्चन्द्र ढुङ्गानासहित एमाले प्यानल बिजयी भएको छ । बिजयी ढुङ्गानाले ८१२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छविरमण पौडेलले ४१६ मत प्राप्त गरे ।
महिला सदस्यमा बसन्ती सुबेदी, दलित महिला सदस्यमा लक्ष्मी दमै तथा खुल्ला सदस्यमा नन्दलाल गौतम र लोकराज अधिकारी बिजयी भए । वडा नम्बर ७ को वडाध्यक्षमा समबहादुर गुरुङसहित एमालेको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा बिजयी गुरुङले ५९४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बैकुण्ठप्रसाद भण्डारीले ३९२ मत प्राप्त गरे । महिला सदस्यमा एमालेका रेनुका परियार, दलित महिला सदस्यमा देवकुमारी कामी तथा खुल्ला सदस्यमा बाबुराम भण्डारी र कृष्ण भण्डारी बिजयी भए ।
वडा नम्बर ८ को वडाध्यक्षमा कृष्णप्रसाद दवाडीसहित एमाले प्यानल बिजयी भएको छ । बिजयी दवाडीले ६२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर गुरुङले ५५३ मत प्राप्त गरे । महिला सदस्यमा पुष्पकुमारी गुरुङ, दलित महिला सदस्यमा शान्ती नेपाली तथा खुल्ला सदस्यमा नविन रानामगर र गिरीधारी दाहाल बिजयी भए । वडा नम्बर ९ को वडाध्यक्षमा दुर्गाबहादुर क्षेत्रीसहित एमाले प्यानल बिजयी भएको छ । बिजयी क्षेत्रीले ३५२ मत प्राप्त गरे भने उनका निटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मेखबहादुर गुरुङले ३०६ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *