२०८१ वैशाख १३ गते | 25th of April 2024

अन्नपूर्ण गाउँपालिकामा काँग्रेसका युवराज बिजयी (सबैको मत सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ३ गते ६:२२

पोखरा, ३ जेठ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार युवराज कुवँर विजयी भएका छन् । कास्कीका ४ गाउँपालिका मध्ये तीन वटा एमाले र एउटा मात्रै काँग्रेसले जितेको हो । कुवँरले निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार बिष्णु केसीलाई २ सय ६४ मतान्तरले पराजीत गरेका हुन् । कुवँरले ४ हजार ६ सय ७२ मत पाउँदा एमालेका केसीले ४ हजार ४ सय ८ मत पाए । उपाध्यक्षमा एमालेकी सगुन गुरुङ निर्वाचित भईन् । सगुनले काँग्रेस उम्मेदवार खेम कुमारी गुरुङलाई १ सय १५ मतले पराजीत गरेकी हुन् । सगुनको ४ हजार ५ सय ८६ मत आउँदा खेम कुमारीको ४ हजार ४ सय ६९ मत छ ।
अन्नपूर्णको अधिकांश वडा काँग्रेसको प्यानल बिजयी भएको छ । काँग्रेसले १, ४, ५, ६, ८ र ९ नम्बर वडामा जित हात पारेको छ भने एमालेले २, ३, ७, १० र ११ नम्बर वडामा जित हात पा¥यो । १ नम्बर वडामा काँग्रेसको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा भरतबहादुर कुवँरले ४ सय ५७ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी एमालेका केदारनाथ अधिकारीले ४ सय ३ मत पाए । खुला सदस्यतर्फ इन्द्र प्रसाद सुवेदी, नवराज श्रेष्ठ, महिला सदस्यमा गंगादेवी केसी तथा दलित महिला सदस्यमा राजकुमारी परियार बिजयी भएकी छिन् ।
वडा नम्बर २ मा एमालेका उम्मेदवार बिजयी भएका छन् । वडाध्यक्षमा चुडामणी अधिकारीले ४ सय ९० मतका साथ बिजयी हुँदा प्रतिश्पर्धी काँग्रेसका शोभाखर अधिकारीले ४ सय ३२ मत पाए । खुल्ला सदस्यमा एमालेका देवराज भण्डारी र काँग्रेसका खगराज अधिकारी बिजयी भए भने महिला सदस्यमा काँग्रेसकै भगवती भण्डारी तथा दलित महिला सदस्यमा नौली सुनार बिजयी भईन् । ३ नम्बर वडामा एमाले प्यानल बिजयी भयो । चन्द्र बहादुर गुरुङले ७ सय ७ मत पाउँदा निकटतम प्रतिश्पर्धी काँग्रेसका गम बहादुर गुरुङको ३ सय २१ मत छ । खुला सदस्यमा डिल्लीराम पौडेल, बिकास गुरुङ, महिला सदस्यमा उजेली खत्री र दलित महिला सदस्यमा रुपा परियार निर्वाचित भईन् ।
४ नम्बर वडामा काँग्रेसको प्यानल बिजयी भयो । वडाध्यक्षमा भरत बहादुर केसीले ७ सय ७० मत पाउँदा एमाले उम्मेदवार ताईकाजी गुरुङको ५ सय ४५ मत छ । सदस्यमा अमर बहादुर केसी, अनिल कुमार गुरुङ, महिला सदस्यमा उजेली पाध्या तथा दलित महिला सदस्यमा बिमला सुनार बिजयी भएकी छिन् । वडा नम्बर ५ मा पनि काँग्रेसको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा जीवनाथ पौडेलले ४ सय २४ मत पाउँदा एमाले उम्मेदवार अर्जुन केसीको २ सय ८१ मत छ । खुला सदस्यमा सह बहादुर कामी र जस बहादुर विक, महिला सदस्यमा भगवती केसी तथा दलित महिला सदस्यमा बालिका सार्की निर्वाचित भएकी छिन् ।
६ नम्बर वडामा पनि काँग्रेसको प्यानल छ । चित्र बहादुर गुरुङले ४ सय १२ मत पाउँदा एमाले उम्मेदवार लिला अधिकारीले ३ सय ८१ म्त पाएका छन् । खुला सदस्यतर्फत राम बहादुर गुरुङ, अम्बर बहादुर केसी, महिला सदस्यमा लक्ष्मी देवकोटा, दलित महिला सदस्यमा सेती विक चयन भईन् । ७ नम्बर वडामा एमाले प्यानल बिजयी भयो । एमाले उम्मेदवार घनश्याम चापागाईँको ४ सय ३ मत आउँदा प्रतिश्पर्धी काँग्रेस उम्मेदवार हरिमान गुरुङले २ सय ७० मत ल्याए । सदस्यमा कर्ण बहादुर क्षेत्री, कृष्ण बहादुर मगर, महिला सदस्यमा छत्र कुमारी गुरुङ र दलित महिला सदस्यमा चिजा कुमारी कामी बिजयी भईन् ।
वडा नम्बर ८ मा काँग्रेस प्यानल बिजयी भएको छ । काँग्रेस उम्मेदवार बिजय गुरुङको ४ सय ७६ मत आउँदा एमाले उम्मेदवार धर्मदत्त पौडेलको ३ सय ३२ मत छ । सदस्यमा टेक बहादुर गुरुङ, अमृत गुरुङ, महिला सदस्य भीम कुमारी क्षेत्री, दलित महिला सदस्यमा गौमाया नेपाली निर्वाचित भईन् । वडा नम्बर ९ मा पनि काँग्रेस प्यानल विजयी भएको छ । बल बहादुर क्षेत्रीले २ सय १५ मत ल्याउँदा प्रतिश्पर्धी पृथ्वी लाल जैसीको १ सय ८८ मत छ । सदस्यमा नजरमान गुरुङ, गन बहादुर पुन, महिला सदस्य गम माया पुन र दलित महिला सदस्यमा सुकमाया दमै निर्वाचित भएकी छिन् । १० र ११ नम्बर वडामा एमालेको प्यानल बिजयी भयो ।
१० को अध्यक्षमा एमाले उम्मेदवार कुमार प्रसाद गुरुङले ४ सय ३४ मत पाउँदा काँग्रेस उम्मेदवार ध्रुवा गुरुङ घलेले ३ सय ४४ मत पाए । सदस्यमा मिना कुमारी राना र अर्जुन विक, महिला सदस्य रिता क्षेत्री, दलित महिला सदस्य कमला सार्की बिजयी भएकी छिन् । ११ नम्बरमा अध्यक्ष हिम बहादुर गुरुङले ४ सय १५ मत ल्याउँदा प्रतिश्पर्धी काँग्रेस उम्मेदवार भुवनेश्वर गुरुङको ४ सय मत छ । सदस्यमा रुद्र बहादुर क्षेत्री, इन्द्रमणी जैसी, महिला सदस्य जगन मायाँ गुरुङ र दलित महिला सदस्य एमाले उम्मेदवार बिजयी भईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *