२०८१ वैशाख ७ गते | 19th of April 2024

गण्डकी प्रदेश बन्द : राजधानीलगायत ११ वटै जिल्लाकाे जनजीवन कष्टकर

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २५ गते १८:०४

कास्की – अाज साेमबार गण्डकी प्रदेशमा अाह्वान गरिएकाे बन्दका कारण जनजीवन कष्टकर भएकाे छ । सार्वजनिक गाडी नचल्दा यात्रुलाई समस्या भएको छ ।

तमुवान–मगरात संघर्ष समितिले गरेको प्रदेश बन्दका कारण प्रदेश राजधानीसहित गण्डकी प्रदेशका ११ जिल्लामा सार्वजनिक गाडी चलेका छैनन् । गाडी नचल्दा सर्वसाधारकाे अावागमनमा सास्ती भएकाे छ ।

राजधानी पोखराबाट धौरागिरी बाग्लुङ, मुस्ताङ, पर्वत म्यादी तनहुँ, स्याङजा, लमजुङ, गोरखा र कास्कीकै ग्रामीण भेगका लागि छुट्ने सार्वजनिक गाडी नचल्दा यात्रु मर्कामा परेका छन् । पोखरालगायत क्षेत्रमा शिक्षण संस्था र बजार, पसल पनि ठप्प छन् ।

प्रदेशसभाले साविक ४ नम्बर प्रदेशको नाम गण्डकी राखेपछि जातीय संघ संस्थाले त्यसकाे विराेधमा बन्द हड्ताल र अान्दाेलन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *