२०८१ वैशाख ७ गते | 19th of April 2024

डा. केसीको समर्थनमा उत्रेका मानवअधिकारकर्मीहरु पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २६ गते १०:४२

काठमाडौँ – सरकारले तोकेको निषेधित क्षेत्र तोड्न पुगेका २५ जनालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २५ जना रहेका छन् । सरकारले स्वतन्त्रतापूर्वक भेला हुन पाउने अधिकार हनन गर्न खोजेको भन्दै पहाडीसहितका प्रदर्शनकारी सिंहदरबारको दक्षिण गेट अगाडि पुगेर धर्नामा बसेका थिए ।

त्यसपछि त्यहाँ तैनाथ प्रहरीको टोलीले पहाडीसहित २५ जनालाई नियन्त्रणमा लिएको हो । यसअघि कांग्रेसको भातृसंगठन नेविसंघले माइतीघरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्दै आएको छ । 

स्वास्थ्य र शिक्षामा बढ्दो माफियाकरण हट्नुपर्नेसहित माग गर्दै दक्षिण गेट अगाडि धर्नामा बसेको अवस्थाम प्रहरीले पक्राउ गरेको मानवअधिकार तथा शान्ति समाजका महासचिव उत्तम पुडासैनीले बताएका छन् ।

पहाडीसँगै पक्राउ पर्नेमा शान्ति समाजका अध्यक्ष गगांधर अधिकारी र संस्थापक सदस्य कृष्ण कडेलसहित २५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *